सान्जेन र रसुवागढी आयोजना छिटो सक्न प्राधिकरणको ताकेता

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले चिलिमे जलविद्युत् कम्पनीको अगुवाइमा निर्माणाधीन १११ मेगावाटको रसुवागढी, ४२.५ मेगावाटको सान्जेन र १४.८ मेगावाटको माथिल्लो सान्जेन जलविद्युत् आयोजनाको निर्माण छिटो सम्पन्न गर्न ताकेता गरेको छ । जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत सर्वसाधारणको पनि लगानीमा निर्माण भइरहेका यी आयोजना निर्माण सक्न हुन ढिलाइ भएपछि प्राधिकरणले आफ्नो तथा सहायक कम्पनीको समेत लगानी रहेका आयोजनाको […]

सम्बन्धित सामग्री

रसुवागढी र सान्जेन आयोजना आगामी आर्थिक वर्षमा सम्पन्न गरिने

आगामी आर्थिक वर्ष ७१५ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपिने भएको छ। आगामी आर्थिक वर्ष ७९/८० को बजेट प्रस्तुत गर्दै अर्थ मन्त्री जनार्दन शर्माले  आगामी आर्थिक वर्ष ७१५ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपिने बताएका हुन्। उनले आगामी आर्थिक वर्षमा १११ मेगावाटको रसुवागढी, ४२.५ मेगावाटको सान्जेन, तल्लो सान्जेन, सोलु, दुध कोशी, तल्लो सोलु, सुपर दोर्दी लगायतका आयोजना आगामी आर्थिक वर्ष सम्पन्न गरि आगामी आर्थिक वर्ष ७१५ मेगावाट बिजुली थप गरिने उनले बताए ।त्यस्तै उनले नेपाल विद्युत प्राधिकरणले प्रिमियममा आईपिओ निष्काशन गर्ने बताएका छन् ।  प्राधिकरणको क्रेडिट रेटिंग भईसकेकोले अब प्रिमियममा आईपिओ निष्काशन गर्ने प्रक्रिया बढाईने उनले बताए  ।त्यस्तै कोभिडका कारण प्रभावित भएका जलविद्युत आयोजनाको अनुमति पत्रको अवधि २ वर्ष थप गरिने भएको छ  । यस्तै सार्वजानिक निकायले विद्युतीय गाडी खरिद गर्नु पर्ने ब्यबस्था गरिने उनले बताए ।उनले एलपी ग्यास छोडौ, विद्युती जोडौ अभियान संचालन गरिने बताए । त्यस्तै उनले एलपी ग्यासको अनुदान हट्ने र ३ महिना भित्र सिंहदरबारबाट ग्यास हट्ने बताए । उनले उर्जाको लागि कुल ७५ अर्ब बिनियोजन गरिएको बताए । मन्त्री जनार्दन शर्माले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा बजेट सार्वजनिक गरिरहेका छन् । हरेक वर्ष जेठ १५ गते गणतन्त्र दिवसको अवसर पारेर बजेट सार्वजनिक गर्ने संवैधानिक अभ्यास छ ।

रसुवागढी नाकाबाट आयातमा सहज नहुँदा सामग्री उतै रोकिए

रसुवागढी नाकाबाट सामग्री आयातमा सहज नहुँदा माथिल्लो सान्जेन जलविद्युत् आयोजनाका सामग्री उतै रोकिएका छन्। विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण नाकाबाट दैनिक पाँचवटा चिनियाँ गाडीमा सामग्री आइरहेको छ।...

रसुवागढी, सान्जेन र माथिल्लो सान्जेनले स्थानीयलाई सेयर दिने

रसुवामा निर्माणाधीन रसुवागढी, माथिल्लो सान्जेन र सान्जेन जलविद्युत् आयोजनाले जिल्लावासीलाई सेयर निष्कासन

कस्ता छन् सेयर खुलाएका रसुवागढी र सान्जेन आयोजना ?

जनताको जलविद्युत कार्यक्रमअन्तर्गत दोस्रो चरणमा रसुवागढी र सान्जेन जलविद्युत कम्पनीले सेयर खुलाएका छन्। यस कार्यक्रमअन्तर्गत धमाधम सेयर खुल्दै गर्दा सर्वसाधारण लगानीकर्तामा अन्यौलता थपिएको छ।