धमाधम लालपूर्जा बाँड्दै भूमि मन्त्री श्रेष्ठ, चितवनपछि सिरहमा एक हजारलाई बाडिन् लालपूर्जा

माघ २६, काठमाडौं । भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले गाउँव्लकमा रहेका भूमि विहिनहरुलाई धमाधम लालपूर्जा बाँडेकी छिन् । केहि दिन अघि चितवनमा लालपूर्जा बाँडेकी मन्त्री श्रेष्ठले बुधवार सिरहामा १ हजार घरपरिवारलाई लालपूर्जा बाँडेकी छिन् । सिरहा जिल्ला मिर्चैया नगरपालिका वडा नं. १ र २ (साविक रामपुर विर्ता र मल्हनियाँ खोरी)मा विशेष नापी मार्फत नापी गरिएको गाउँब्लक जग्गाको पूर्जा वितरण कार्यक्रममा मन्त्री श्रेष्ठले मन्त्रालयको प्राथमिकतामा नपरेको गाउँब्लकमा लालपूर्जा वितरण कार्यलाई आफूले मन्त्रालय संहालेपछि पहिलो प्राथमिकता बनाएर काम गरिरहेको बताएकी छिन् । जग्गा धनी प्रमाण पूर्जा वितरण गर्दै मन्त्री श्रेष्ठले २०२१ साल यता नापी हुँदा गाउँब्लकका रुपमा लामो समयदेखि थन्किएर बसेको कामलाई आफूले पहिलो प्राथमिकतामा राखेर काम शुरु गरेको र यस वर्षभित्र लालपूर्जा वितरण गरिसक्ने लक्ष्यसहित अभियान नै सञ्चालन गरिरहेको पनि बताइन् । जमिन भएर पनि लालपूर्जा नहुदा भूमिविहिन बनिरहेकाहरुको समस्या देशैभरबाट अन्त्य गर्ने गरी सरकार लागिरहेको भन्दै अब कोहीपनि भूमिहिन भएर बस्नु नपर्ने पनि मन्त्री श्रेष्ठले बताइन् । संविधानमा भएका नागरिकको हक कार्यान्वयन गर्न र भूमिसँग जोडिएका समस्या समाधान गरी नागरिकले अनुभूति गर्ने गरी काम गर्न आफुु प्रतिबद्ध भएर लागेको भन्दै मन्त्री श्रेष्ठले लामो र झन्झटीला प्रक्रिया छोट्याएर छिटो भन्दा छिटो काम गर्ने गरी अगाडी बढिरहेको पनि बताइन् । मन्त्री श्रेष्ठले सेवा ग्राहीलाई सहयोग पुग्ने र छिटो काम हुनेगरी काम गर्न  कर्मचारीहरुलाई निर्देशन समेत दिएकी छिन् ।  सिरहामा आज, भोली र पर्सिमा गाउँब्लकमा रहेका एक हजार घर परिवारलाई लालपूर्जा वितरण गरिसक्ने कार्यक्रम रहेको छ । यसै क्रममा यसअघि मन्त्री श्रेष्ठले महोत्तरीको रामगोपालपुुर, सप्तरीको अग्नीसाइर कृष्णसवरण र तिरहुत गाउपालिका र चितवनको इच्छाकामना गाउँपालिकाको गाउँब्लकमा रहेकाहरुलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गर्नु भएको थियो ।  २०२१ साल यता देशका विभिन्न जिल्लामा नापी हुदा गाउँव्लकका रुपमा रही अफ्नो घर जग्गाको लालपूर्जा पाउन नसकेकाहरुलाई जग्गाधनी प्रमाणपूर्जा वितरण गर्न ढिलाई गर्न नहुनेमा मन्त्री श्रेष्ठले जोड दिदै आएकी छिन् । 

सम्बन्धित सामग्री

लालपूर्जा पाउँदाको खुसी…

तनहुँ –तनहुँको आँबुखैरेनी गाउँपालिका–२ खानीखोला निवासी सविना गुरुङलाई लालपूर्जा पाउँछु भन्ने कमै विश्वास थियो । यसअघि पनि विभिन्न सरकारको पालामा भूमि आयोग गठन भएर काम अगाडी बढेपनि त्यसले सार्थक रुप नपाउँदा उनलाई लालपूर्जा पाइन्छ होला र भन्ने लागेको थियो । तर आज हातमै लालपूर्जा पाएपछि उनमा खुसीको सीमा रहेन । “वर्षौदेखि भूमिहिन सुकुम्बासीको रुपमा रहनुपर्दा […]

बाँकेका सुकुम्बासीले पाएनन् लालपूर्जा

काठमाडौं । बाँकेका भूमिहीन दलित सुकुम्बासीहरुले अहिलेसम्म लालपूर्जा पाउन नसकेको गुनासो गरेका छन् । बाँकेका भूमिहीन, दलित सुकुम्वासी र अव्यवस्थित बसोवास गर्ने करिव ५७ हजार सुकुम्वासीहरुले अहिलेसम्म लालपूर्जा पाउन नसकेको गुनासो गरेका हुन् । वन ऐनको कारण राष्ट्रिय भूमि आयोगले भूमीहीन,दलित सुकुम्वासी र अव्यवस्थित सुकुम्बासीहरूलाई जग्गाको लालपूर्जा वितरण गर्न ढिलाई भएको जनाएको छ । जग्गा […]

एक वर्ष नपुग्दै ४९ हजारलाई लालपूर्जा दियौं : मन्त्री श्रेष्ठ

२८ भदौ, विराटनगर । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले एक वर्षमा ४९ हजार भूमिहीन दलित, भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोबासीलाई लालपूर्जा वितरण गरेको बताएकी छन् । मोरङको कानेपोखरी गाउँपालिका– ६ मा आयोजित लालपूर्जा वितरण कार्यक्रममा उनले गत वर्षको कात्तिकयता ४९ हजारलाई लालपूर्जा वितरण गरेको बताएकी छन् । उनले लालपूर्जा वितरणको काम कुनै पनि […]

पोखरामा ३९ भूमिहीन सुकुम्वासीलाई लालपूर्जा वितरण

कास्कीको पोखरामा आइतबार ३९ भूमिहीन सुकुम्वासीलाई जग्गाधनी दर्ता प्रमाण पूर्जा (लालपूर्जा) वितरण गरिएको छ । पोखरा महानगरपालिका वडा नं. १४, १९, २८ र ३१ का गरेर ३९ भूमिहीन सुकुम्वासीलाई लालपूर्जा वितरण गरिएको हो । सो क्रममा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले अलिहेको सरकारले राष्ट्रिय भूमिआयोग मार्फत वितरण भइरहेको लालपूर्जा खारेज नहुनेमा ढुक्क हुन आग्रह गरिन् । उनले सम्पूर्ण कानुनी प्रक्रिया पुरा गरेर भूमिहिन सकुम्वासीलाई लालपूर्जा वितरण गरिएको र यो अभियान निरन्तर जारी

कास्कीमा भूमिहीन र सुकुम्बासीलाई लालपूर्जा वितरण गरिने

कास्कीमा भदौ दोश्रा सातादेखि भूमिहीन र सुकुम्बासीलाई लालपूर्जा वितरण गरिने भएको छ। भूमि आयोग कास्कीले भदौ १३ गतेबाट भूमिहीन र सुकुमबासीलाई लालपूर्जा वितरण गर्ने तयारी गरेको हो।...

तनहुँमा एक सय एक परिवारलाई लालपूर्जा वितरण

तनहुँ – जिल्ला नापी कार्यालय तनहुँले ऋषिङ–४ भिरकोटका एक सय एक परिवारलाई गाउँ ब्लकअन्तर्गत लालपूर्जा वितरण गरेको छ । साविकको भिरकोट गाविसअन्तर्गत १७ गाउँ ब्लकमा नापी सम्पन्न भएपछि ती परिवारलाई लालपूर्जा वितरण गरिएको हो । गाउँ ब्लक नापी सम्पन्न भई दर्ता भइसकेका जग्गाधनीलाई लालपूर्जा वितरण गरिएको नापी कार्यालयका प्रमुख कृष्ण आचार्यले जानकारी दिए । ऋषिङ […]

नापी कार्यालय तनहुँद्वारा सय एक परिवारलाई लालपूर्जा वितरण

नापी कार्यालय तनहुँले ऋषिङ–४ भिरकोटका एक सय एक परिवारलाई गाउँ ब्लकअन्तर्गत लालपूर्जा वितरण गरेको छ । साविकको भिरकोट गाउँ विकास समितिअन्तर्गत १७ वटा गाउँ ब्लक नापी सम्पन्न भएपछि कार्यालयले उक्त परिवारलाई लालपूर्जा वितरण गरेको हो । गाउँ ब्लक नापी सम्पन्न भई दर्ता भइसकेका जग्गाधनीलाई लालपूर्जा वितरण गरिएको नापी कार्यालय तनहुँका प्रमुख कृष्ण आचार्यले जानकारी दिए ।     ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ र नापी कार्यालय प्रमुख आचार्यले संयुक्त रुपमा सर्वसाधारणला

मन्त्री श्रेष्ठद्वारा लालपूर्जा वितरण

भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले सुनसरीको भोटेकोशी गाउँपालिकामा रहेको गाउँब्लकका २८ घर परिवारलाई लालपुर्जा वितरण गरेकी छन् । मन्त्री श्रेष्ठले शुक्रबार ती घरपरिवारलाई लालपुर्जा वितरण गरेकी हुन् ।लालपूर्जा वितरण कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले अब जिल्लाका सबै गाउँब्लकमा लालपूर्जा वितरण प्रक्रिया अघि बढाइने बताइन् । मन्त्री श्रेष्ठले गाउँब्लकको जग्गा धनी प्रमाण पुर्जा वितरण अभियानमा भूमि भएर पनि भूमि विहिन बनिरहेकाहरु कोही पनि छुट्न नहुनेमा जोड  दिइन् ।&

भूमिहीनलाई चुनाव अगाडि नै लालपूर्जा

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भूमिहीन सुकुम्बासीहरुलाई चुनाव अगाडि लालपूर्जा वितरण गर्ने दाबी गरेका छन् ।

मुक्त कमैयाको पीडा : लालपूर्जा छ, जग्गा छैन

मुक्त भएका यी धेरै परिवारको हातमा लालपूर्जा त छ तर जग्गा भने छैन । हातमा भएको लालपूर्जाबमोजिमको जग्गाको पहिचान अहिलेसम्म हुन नसक्दा पूर्वकमैया अन्योलमा छन् ।