साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक करिब ८ अंक ओरालो लागेको छ । बजार खुलेसँगै तीव्र गतिमा ओरालो लागेको नेप्से, कारोबारको एक घन्टा अवधिपछि सामान्य उतार–चढावमा रहेको थियो । कारोबारको अन्तिम एक...पूरा पढ्नुहोस् »
एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले १२ बुँदेपछिका सबै सम्झौता च्यात्ने उद्घोष गरेको भोलिपल्ट आइतवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक करीब १३ अंकले घट्यो । एनेकपा माओवादी र नेप्सेबीच परस्पर विरोधी सम्बन्धलाई पुन: त्यसले प्रतिविम्बित गरेको छ । यद्यपि, सोमवार उल्लेखनीय रूपमा बढेको नेप्सेले लगानीकर्तामा रहेको मनोवैज्ञानिक त्रासलाई केही हदसम्म कम गरेको बुझ्न सकिन्छ । तर, मुलुकको अन्त्यहीन राजनीतिले अर्थतन्त्रलाई जुन गतिहीनता वा पश्चगमनको अवस्था ल्याएको छ, त्यसको प्रभाव नेप्सेमा नपर्ने कुरै छैन ।
यति हुँदाहुँदै पनि मुलुकको अस्थिर राजनीति र गतिहीन अर्थतन्त्रलाई मात्र हेरेर शेयर लगानीकर्ताहरू डराउनुपर्ने अवस्था छैन । विगत केही समयदेखि नेप्सेमा जुन दिगो किसिमको वृद्धिको संकेत देखिएको छ, जुन रूपमा अहिले शेयरबजारमा लगानीकर्ताहरूको वृद्धि भएको देखिएको छ त्यसले नेप्से अझै बढ्ने आशा गर्न सकिन्छ । त्यसैले शेयरमा लगानी गर्न वा नयाँ लगानीकर्ताहरू बजारमा प्रवेश गर्नका लागि यो उत्तम समय हो ।
शेयरबजार बढ्न वा घट्नमा मुलुकको राजनीतिक वातावरण, अर्थतन्त्रको अवस्थाका साथै मनोवैज्ञानिक र प्राविधिक कारणहरूको पनि हात रहेको हुन्छ । कुनै पनि शेयर परिसूचकको दिशा कस्तो हुन्छ भन्नेमा त्यस बजारमा कस्ता लगानीकर्ताहरू छन्, त्यसले पनि प्रभाव पार्छ ।
(सम्पादकीयबाट)
वर्ष ८, अंक १२५, मंगलवार, ९ माघ, २०६९

काठमाडौं । यो साता धितोपत्र दोस्रो बजारमा गत साताको तुलनामा करीब १० प्रतिशत कम कारोबार भएको छ । बजार सञ्चालक नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले दिएको जानकारी अनुसार गत साता २५ अर्ब ९९ करोड रुपैयाँभन्दा बढीको ७ करोड ५४ लाख ४ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएकोमा यो साता २३ अर्ब ४२ करोड रुपैयाँभन्दा बढीको ६ करोड ४५ लाख ४३ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको हो ।
गत साताको तुलनामा यो साता कारोबार रकम २ अर्ब ५७ करोड रुपैयाँभन्दा बढी र कारोबार कित्ता १ करोड ८ लाख ६० हजारभन्दा बढीले घटेको हो । औसतमा यो साता ४ अर्ब ६८ करोड ४१ लाख रुपैयाँभन्दा बढीको १ करोड २९ लाख ८ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको छ । गत साता औसतमा ५ अर्ब १९ करोड ९९ लाख रुपैयाँभन्दा बढीको १ करोड ५० लाख ८० हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको थियो । औसतमा यो साता गत साताको तुलनामा कारोबार रकम ५१ करोड ५८ लाख रुपैयाँभन्दा कम र कारोबार कित्ता २१ लाख ७२ हजारभन्दा कम भएको हो ।
समग्र धितोपत्र कारोबार मापक नेप्से परिसूचक पनि यो साता १७ दशमलव शून्य ८ अंक तल झरेको छ । गत साताको अन्तिम कारोबार दिन २ हजार ८४ दशमलव शून्य ९ विन्दुमा रहेको नेप्से परिसूचक यो साताको अन्तिम कारोबार दिन २ हजार ६७ दशमलव शून्य १ विन्दुमा झरेको हो ।
यो साता पाँच कारोबार दिनमा नेप्से परिसूचक शुरुका तीन कारोबार दिन निरन्तर बढेको थियो भने पछिल्लो दुई कारोबार दिन निरन्तर घटेको थियो । पहिलो कारोबार दिन १० दशमलव ३७ अंक, दोस्रो दिन १० दशमलव २६ अंक र तेस्रो कारोबार दिन १४ दशमलव ८८ अंक बढेको नेप्से चौथो कारोबार दिन २१ दशमलव ६७ अंक र पाँचौं कारोबार दिन ३० दशमलव ९२ अंक घटेको हो ।
लगानीकर्ता बजार अझै माथि जाने आशामा रहेको देखिए पनि बजारमा माग भने बढ्न नसकेको अवस्था छ । बैंकिङ प्रणालीमा पर्याप्त तरलता हुँदाहुँदै पनि लगानीको माग भने कम रहेको बैंकरहरू बताउँछन् । यस वर्ष सूचीकृत कम्पनीहरूको लाभांशमा आकर्षित हुने अवस्था नरहेकाले पनि बजारमा लगानी कम भएको बुझाई ब्रोकरहरूको छ ।
लगानीकर्ता उत्साहित नहुँदा सातामै कुल बजार पूँजीकरण २४ अर्ब ९७ करोड रुपैयाँभन्दा बढीले घटेको छ । गत साताको अन्तिम कारोबार दिन ३२ खर्ब ७३ अर्ब ३७ करोड रुपैयाँ रहेको कुल बजार पूँजीकरण यो साताको अन्तिम कारोबार दिन ३२ खर्ब ४८ अर्ब ३९ करोड रुपैयाँ कायम भएको हो ।
स्रोत : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ।
यो साता अन्य समूहका लगानीकर्ताले सर्वाधिक कमाए
यो साताको कारोबारमा तीन समूहगत परिसूचकहरू गत साताको तुलनामा बढेका छन् । अन्य समूहको परिसूचक गत साताको तुलनामा सर्वाधिक ३ दशमलव ८५ प्रतिशत बढेको हो । योसँगै व्यापारिक समूहको शून्य दशमलव ६४ प्रतिशत र जलविद्युत समूहको परिसूचक शून्य दशमलव शून्य ३ प्रतिशत बढेको छ ।
यो साता होटल तथा पर्यटन समूहको परिसूचक सर्वाधिक २ दशमलव ९७ प्रतिशत घटेको छ । त्यस्तै लघुवित्तको २ दशमलव ३४ प्रतिशत, म्युचुअल फण्डको २ दशमलव २३ प्रतिशत, बैंकिङको २ दशमलव १३ प्रतिशत, निर्जीवन बीमाको १ दशमलव ८४ प्रतिशत, विकास बैंकको १ दशमलव ६६ प्रतिशत, जीवन बीमाको १ दशमलव शून्य ८ प्रतिशत, उत्पादन तथा प्रशोधनको शून्य दशमलव ५५ प्रतिशत वित्तको शून्य दशमलव ४१ प्रतिशत र लगानी समूहको शून्य दशमलव शून्य ५ प्रतिशत परिसूचक घटेको छ ।
परिसूचकमा देखिएको परिवर्तनका आधारमा यो साता अन्य समूहका लगानीकर्ताले सर्वाधिक कमाएका छन् भने होटल तथा पर्यटन समूहका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् ।

२० पुस, काठमाडौं । यो साता आइतबारको सार्वजनिक विदाका कारण ४ दिन मात्रै सेयर बजार खुल्यो । बजार खुलेका ४ दिनमा नेप्से परिसूचक १ दिन बढ्यो भने बाँकी ३ दिन घट्यो । सोमबार करिब ९ र मंगलबार ३० अंक घटेको बजार बुधबार २८ अंक बढ्यो भने बिहीबार ८ अंक घट्यो । समग्रमा यो साता बजार […]
बिहीबार सेयर बजारको परिसूचक नेप्से ८ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २०३३ अंकमा कायम भएको छ । परिसूचक नेप्से बढ्दा पनि कारोबार रकम भने १ अर्ब ५४ करोड रुपैयाँमा खुम्चिएको छ ।
जेठ २१, काठमाडौं । धितोपत्र दोस्रो बजार यो साताको कारोबारमा निरन्तर पाँच कारोबार दिन घटेर २ हजार ७८ दशमलव ७० विन्दुमा झरेको छ ।
गत साताको अन्तिम कारोबार दिन २ हजार २२३ दशमलव ७८ विन्दुमा रहेको नेप्से परिसूचक यो साता १४५ दशमलव शून्य ८ अंक घटेको हो । गत साताको अन्तिम कारोबार दिनदेखिनै बजार निरन्तर घटिरहेको छ । गत साताको अन्तिम कारोबार दिन १५ दशमलव ८२ अंकले बजार घटेको थियो ।
यसै साता सरकारको आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएको थियो । बजेट सार्वजनिक भएको भोलिपल्ट सोमवारको कारोबारमा नेप्से परिसूचक ५० दशमलव ३३ अंकले घटेको हो ।
मंगलवार ३५ दशमलव ५३ अंक, बुधवार ७ दशमलव १९ अंक, बिहीवार १८ दशमलव २६ अंक र शुक्रवार ३३ दशमलव ७६ अंक बजार घटेको हो । नेप्से परिसूचकसँगै सेन्सेटिभ इन्डेक्स पनि यो साता घटेको छ । गत साता ४३३ दशमलव शून्य ७ विन्दुमा रहेको सेन्सेटिभ इन्डेक्स यो साता ४०३ दशमलव ४८ विन्दुमा झरेको हो ।
निरन्तर घटेको यो साता लगानीकर्ताहरूले रू. २ खर्ब ६ अर्ब ५४ करोड २८ लाख गुमाएका छन् । गत साता रू. ३१ खर्ब ६६ अर्ब २ करोड ९५ लाख रहेको कुल बजार पूँजीकरण यो साता रू. २९ खर्ब ५९ अर्ब ४८ करोड ६३ लाखमा झरेको हो ।
यो नेप्से परिसूचक, सेन्सेटिभ इन्डेक्स र कुल बजार पूँजीकरण घटेपनि कारोबार रकम र कारोबार कित्ता भने बढेको देखिन्छ । निरन्तर घटेको बजारमा आत्तिएर शेयर विक्री गर्ने बढ्दा बजारमा नकरात्मक प्रभाव परेको ब्रोकरहरु बताउँछन् ।
बजेटमा पूँजीबजार सुधारका नयाँ विषयको अपेक्षामा रहेका लगानीकर्ता धेरै जसो पुरानौ कुरा दोहोरिदा निराश बनेको ब्रोकरहरुको बुझाई छ । गत साता रू. ५ अर्ब ६९ करोड १७ लाखभन्दा बढीको १ करोड ६१ लख ७८ हजार १४४ कित्ता धितोपत्र खरीदविक्री भएकोमा यो साता रू. ६ अर्ब २० करोड ३९ लाखभन्दा बढीको १ करोड ७६ लाख ६१ ह्जार ७३५ कित्ता धितोपत्र खरीदविक्री भएको हो ।
निरन्तर घटेको बजारमा यो साता सबै समूहगत उपसूचकहरु समेत घटेका छन् । यो साता सर्वाधिक उपसूचक व्यापारिक समूहको घटेको छ । व्यापारिक समूहको उपसूचक सर्वाधिक ११ दशमलव ४३ प्रतिशत घटेको हो ।
त्यस्तै निर्जीवन बीमाको १० प्रतिशत, जीवन बीमाको ८ दशमलव ५१ प्रतिशत, अन्य समूहको ६ दशमलव ९२ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको ६ दशमलव ९० प्रतिशत, बैंकिङको ६ दशमलव ५४ प्रतिशत, लगानी समूहको ५ दशमलव ८९ प्रतिशत उपसूचक घटेको छ ।
यसैगरी लघुवित्त समूहको ५ दशमलव ५४ प्रतिशत, विकास बैंकको ५ दशमलव ४२ प्रतिशत वित्त समूहको ५ दशमलव २३ प्रतिशत, जलविद्युतको ४ दशमलव ९६ प्रतिशत, होटल्स तथा पर्यटनको ४ दशमलव २२ प्रतिशत र म्युचुअल फण्डको ३ दशमलव ६५ प्रतिशत उपसूचक घटेको छ ।