नेपाल बार एशोसिएसनले पनि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले निकास दिनुपर्ने निष्कर्ष निकालेको छ ।
सोमवार बार पदाधिकारीको आकस्मिक बैठकबाट उक्त निष्कर्ष निकालिएको हो । तर, त्यो निर्णय गर्नु अघि भोलि (मंगलवार) बारले सल्लाहकार कमिटीको समेत बैठक बोलाएको बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले जानकारी दिए ।
'उहाँले अहिलेको परिस्थितिमा निकास नै दिनुपर्छ भनेर आजको बैठकबाट हामीले निर्णय गरेका छौं, तर त्यो निर्णय गर्नुभन्दा पहिले भोलि सल्लाहकार कमिटीको समेत बैठक बसेपछि निर्णय गर्नेछौं,' वरिष्ठ अधिवक्तासमेत रहेका...