सञ्चालनमा आउँदै किसान र गरिबले सस्तो व्याजमा विनाधितो ऋण पाउने ५ खर्बको कोष

किसानलाई सस्तो व्याज र सहज रूपमा कर्जा दिनको लागि स्थापना गर्न लागिएको ५ खर्ब रुपैयाँ बराबरको लघुवित्त कोष स्थापना अन्तिम चरणमा पुगेको छ । चालु आर्थिक वर्षको बजेट मार्फत ल्याइएको सो कार्यक्रम कार्यान्वयनका लागि अर्थ मन्त्रालयले कार्यविधि स्वीकृत गरी कार्यान्वयनमा ल्याउन लागेको हो ।अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षका लागि ल्याएको बजेटको बुँदा नम्बर ३२ मा ५ खर्ब रुपैयाँ बराबरको लघुवित्त कोष स्थापना गर्ने उल्लेख थियो । सोही व्यवस्थालाई कार्यान्वयन गर्न अर्थ मन्त्रालय कोष सञ्चालन कार्यविध

सम्बन्धित सामग्री

‘सहकारी र लघुवित्तबाट दिइएको ऋण केन्द्रमा थाहै हुँदैन’

काठमाडौँ : साना किसान विकास लघुवित्त वित्तीय संस्थाका अध्यक्ष खेम पाठकले बैंक, वित्तीय संस्था र सहकारीबाट दिइने ऋण सूचना केन्द्रमा थाहा नहुने बताएका छन्।संस्थाका अध्यक्ष पाठकले अहिलेसम्म सहकारी र लघुवित्तबाट हुने कर्जा प्रवाह सूचना केन्द्रमा नआएसम्म ऋण प्रवाहमा समस्या देखिने बताए।उनले सरकारले एकीकृत सूचना केन्द्र बनाए अहिले सहकारी र लघुवित्तले कर्जा प्रवाहमा देखिएको समस्या न्यूनीकरण हुनसक्ने बताए। सहकारी र लघुवित्तबाट ऋण लिनेको कर्जा सूचना केन्द्रमा हेर्न मिल्ने अवस्था नभएको भन्दै सूचना केन्द्रम

किसान नै पाउँदैनन् ऋण अनि कसरी बढ्छ उत्पादन?

सरकारले कृषिलाई आधुनिकीकरण, व्यवसायीकरण गरेर उत्पादन बढाउने घोषणा गरे पनि किसानले मागअनुसार कृषि ऋण पाएका छैनन्। बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएर व्यावसायिक रूपमै खेती गर्न चाहने करिब सवा ९ लाख किसानले कृषि ऋण नपाएको एक सरकारी अध्ययनले देखाएको छ।...

नवलपुरको किसान सहकारीबाट करिब ६ लाख रुपैयाँ चोरी

पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका– १० भेडाबारीमा रहेको किसान बचत तथा ऋण सहकारी संस्थामा चोरी भएको छ। जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार सोमबार राति तीनजनाको समूहले भेडाबारीमा रहेको सहकारीको अफिसको सटर फोरेर...

विपन्नले उद्यम गर्न ८ प्रतिशत भन्दा कम ब्याजदरमा ऋण पाउने

१३ भदौ, काठमाडौं । विपन्न किसान र श्रमिकले उद्यम गर्न बढीमा ८ प्रतिशत ब्याजदरमा सरकारबाट सहुलियत ऋण पाउने भएका छन् । सरकारले राष्ट्रिय लघुवित्त कोष स्थापना गरेर विपन्न किसान तथा मजदुरलाई एक अंकको ब्याजदरमा ऋण उपलब्ध गराउने गरि कार्यविधि तयार पारेको छ । अर्थ मन्त्रालयले तयार पारेको राष्ट्रिय लघुवित्त कोष सञ्चालन कार्यविधिमा ५ खर्ब रुपैयाँको […]

सेञ्चुरी कमर्सियल बैंक र किसान समूहबीच सम्झौता

सेञ्चुरी कमर्सियल बैंक र धनगढीस्थित किसान समूहबीच कृषि उत्पादकत्व बृद्धिका लागि ट्रयाक्टर खरिदमा लगानी गर्ने सम्झौतामा हस्ताक्षर भएको छ ।उक्त सम्झौतामा किसान समूहबाट सिफारिस भएका ग्राहकलाई सेञ्चुरी कमर्सियल बैंकका सबै शाखा कार्यालयबाट सोलिस र सोनालिका ट्रयाक्टर खरिद गर्न विपन्न वर्ग कर्जा अन्तर्गत ऋण प्रदान गर्ने र ती ग्राहकलाई किसान समूहले बाइ ब्याक ग्यारेन्टीको सुविधासमेत उपलब्ध […]

‘किसान क्रेडिट कार्ड’ हालसम्म दुई हजार जनाले पाए

काठमाडौं, कात्तिक २ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७७/०७८ को मौद्रिक नीतिमै किसानलाई ऋणमा समेत सहजीकरण गर्ने गरी सुरु गरेको किसान क्रेडिट कार्ड हालसम्म जम्मा २ हजार जनाले पाएका छन् । लाखौं किसानलाई क्रेडिट कार्ड मार्फत ऋण तथा अनुदानमा सहजीकरण गर्ने, बिउ बिजन, मलखाद, मेसिनरी सामग्री आदीको भुक्तानी गर्न सकिनेछ । बिक्री गर्ने सप्लायर […]

नवलपुरमा ६ करोड लगानीमा किसान मार्ट सञ्चालन

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा रु ६ करोडभन्दा बढी लगानीमा किसान उपभोक्ता सहकारी संस्था लिमिटेडले ‘किसान मार्ट’ सञ्चालनमा ल्याएको छ ।  गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गैँडाकोट–४ स्थित गैँडाकोट एग्रो मार्ट परिसरभित्र सो मार्टको उद्घाटन गरेका छन् ।किसान बचत तथा ऋण सहकारी संस्था लिमिटेडले प्रवद्र्धन गरेको किसान मार्ट किसान उपभोक्ता सहकारी संस्था लिमिटेडले सञ्चालन गर्ने संस्थाका अध्यक्ष तिलकप्रसाद पराजुलीले बताए । ७५ हजारभन्दा बढी सद

उन्‍नत बीउ बिजन कार्यक्रमको ब्याज अनुदानमा ठगिए किसान

४ भदौ, काठमाडौं । किसानका लागि सरकारले अघि सारेको उन्नत बीउ बिजन कार्यक्रमको ब्याज अनुदानमा किसान ठगिएको पाइएको छ । उक्त कार्यक्रममका लागि सरकारले पाँच प्रतिशत ब्याजमा ऋण उपलब्ध गराउने नीति लिए पनि किसानहरु भने ९ प्रतिशत ब्याज तिर्न बाध्य भएको महालेखा परिक्षकको ५८ औं प्रतिवेदनले खुलासा गरेको छ । उक्त प्रयोजनका लागि आर्थिक वर्ष […]

दुग्ध विकास संस्थानले ऋण लिएर तिर्यो किसानको रकम

काठमाडौं। दुग्ध विकास संस्थानले किसानहरुको डेढ महिनाको रकम भुक्तानी गरेको छ। संस्थानले कृषि मन्त्रालयबाट २० करोड रुपैयाँ ऋण लिई किसान बक्यौता रकम भुक्तान गरेको हो। कोभिडका कारण दुध बिक्री नभएपछि किसानको बक्यौता रकम बढेको थियो। दुग्ध विकास संस्थानका अनुसार अझै पनि संस्थाले किसानलाई २५ करोड रुपैयाँ तिर्न बाँकी रहेको छ।

किसान क्रेडिट कार्ड र एप शुभारम्भ

७ माघ, काठमाडौं । नेपाल कृषि विकास बैंकले आजबाट किसान क्रेडिट कार्ड र किसान एप शुभारम्भ गरेको छ । कृषि विकास बैंकको ५४ औं वाषिर्कोत्सवको अवसरमा बुधबार अर्थमन्त्री विष्णु पौडेलले किसान क्रेडिट कार्ड र एपको शुभारम्भ गरेका हुन् । किसान क्रेडिट कार्ड र किसान एप एकअर्कामा अन्तरसम्बन्धित हुन्छन् । किसानले बैंकबाट ऋण स्वीकृत गराएपछि ऋणको […]