किसान नै पाउँदैनन् ऋण अनि कसरी बढ्छ उत्पादन?

सरकारले कृषिलाई आधुनिकीकरण, व्यवसायीकरण गरेर उत्पादन बढाउने घोषणा गरे पनि किसानले मागअनुसार कृषि ऋण पाएका छैनन्। बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएर व्यावसायिक रूपमै खेती गर्न चाहने करिब सवा ९ लाख किसानले कृषि ऋण नपाएको एक सरकारी अध्ययनले देखाएको छ।...

सम्बन्धित सामग्री

‘सहकारी र लघुवित्तबाट दिइएको ऋण केन्द्रमा थाहै हुँदैन’

काठमाडौँ : साना किसान विकास लघुवित्त वित्तीय संस्थाका अध्यक्ष खेम पाठकले बैंक, वित्तीय संस्था र सहकारीबाट दिइने ऋण सूचना केन्द्रमा थाहा नहुने बताएका छन्।संस्थाका अध्यक्ष पाठकले अहिलेसम्म सहकारी र लघुवित्तबाट हुने कर्जा प्रवाह सूचना केन्द्रमा नआएसम्म ऋण प्रवाहमा समस्या देखिने बताए।उनले सरकारले एकीकृत सूचना केन्द्र बनाए अहिले सहकारी र लघुवित्तले कर्जा प्रवाहमा देखिएको समस्या न्यूनीकरण हुनसक्ने बताए। सहकारी र लघुवित्तबाट ऋण लिनेको कर्जा सूचना केन्द्रमा हेर्न मिल्ने अवस्था नभएको भन्दै सूचना केन्द्रम

नवलपुरको किसान सहकारीबाट करिब ६ लाख रुपैयाँ चोरी

पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका– १० भेडाबारीमा रहेको किसान बचत तथा ऋण सहकारी संस्थामा चोरी भएको छ। जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार सोमबार राति तीनजनाको समूहले भेडाबारीमा रहेको सहकारीको अफिसको सटर फोरेर...

विपन्नले उद्यम गर्न ८ प्रतिशत भन्दा कम ब्याजदरमा ऋण पाउने

१३ भदौ, काठमाडौं । विपन्न किसान र श्रमिकले उद्यम गर्न बढीमा ८ प्रतिशत ब्याजदरमा सरकारबाट सहुलियत ऋण पाउने भएका छन् । सरकारले राष्ट्रिय लघुवित्त कोष स्थापना गरेर विपन्न किसान तथा मजदुरलाई एक अंकको ब्याजदरमा ऋण उपलब्ध गराउने गरि कार्यविधि तयार पारेको छ । अर्थ मन्त्रालयले तयार पारेको राष्ट्रिय लघुवित्त कोष सञ्चालन कार्यविधिमा ५ खर्ब रुपैयाँको […]

सेञ्चुरी कमर्सियल बैंक र किसान समूहबीच सम्झौता

सेञ्चुरी कमर्सियल बैंक र धनगढीस्थित किसान समूहबीच कृषि उत्पादकत्व बृद्धिका लागि ट्रयाक्टर खरिदमा लगानी गर्ने सम्झौतामा हस्ताक्षर भएको छ ।उक्त सम्झौतामा किसान समूहबाट सिफारिस भएका ग्राहकलाई सेञ्चुरी कमर्सियल बैंकका सबै शाखा कार्यालयबाट सोलिस र सोनालिका ट्रयाक्टर खरिद गर्न विपन्न वर्ग कर्जा अन्तर्गत ऋण प्रदान गर्ने र ती ग्राहकलाई किसान समूहले बाइ ब्याक ग्यारेन्टीको सुविधासमेत उपलब्ध […]

‘किसान क्रेडिट कार्ड’ हालसम्म दुई हजार जनाले पाए

काठमाडौं, कात्तिक २ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७७/०७८ को मौद्रिक नीतिमै किसानलाई ऋणमा समेत सहजीकरण गर्ने गरी सुरु गरेको किसान क्रेडिट कार्ड हालसम्म जम्मा २ हजार जनाले पाएका छन् । लाखौं किसानलाई क्रेडिट कार्ड मार्फत ऋण तथा अनुदानमा सहजीकरण गर्ने, बिउ बिजन, मलखाद, मेसिनरी सामग्री आदीको भुक्तानी गर्न सकिनेछ । बिक्री गर्ने सप्लायर […]

नवलपुरमा ६ करोड लगानीमा किसान मार्ट सञ्चालन

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा रु ६ करोडभन्दा बढी लगानीमा किसान उपभोक्ता सहकारी संस्था लिमिटेडले ‘किसान मार्ट’ सञ्चालनमा ल्याएको छ ।  गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गैँडाकोट–४ स्थित गैँडाकोट एग्रो मार्ट परिसरभित्र सो मार्टको उद्घाटन गरेका छन् ।किसान बचत तथा ऋण सहकारी संस्था लिमिटेडले प्रवद्र्धन गरेको किसान मार्ट किसान उपभोक्ता सहकारी संस्था लिमिटेडले सञ्चालन गर्ने संस्थाका अध्यक्ष तिलकप्रसाद पराजुलीले बताए । ७५ हजारभन्दा बढी सद

उन्‍नत बीउ बिजन कार्यक्रमको ब्याज अनुदानमा ठगिए किसान

४ भदौ, काठमाडौं । किसानका लागि सरकारले अघि सारेको उन्नत बीउ बिजन कार्यक्रमको ब्याज अनुदानमा किसान ठगिएको पाइएको छ । उक्त कार्यक्रममका लागि सरकारले पाँच प्रतिशत ब्याजमा ऋण उपलब्ध गराउने नीति लिए पनि किसानहरु भने ९ प्रतिशत ब्याज तिर्न बाध्य भएको महालेखा परिक्षकको ५८ औं प्रतिवेदनले खुलासा गरेको छ । उक्त प्रयोजनका लागि आर्थिक वर्ष […]

दुग्ध विकास संस्थानले ऋण लिएर तिर्यो किसानको रकम

काठमाडौं। दुग्ध विकास संस्थानले किसानहरुको डेढ महिनाको रकम भुक्तानी गरेको छ। संस्थानले कृषि मन्त्रालयबाट २० करोड रुपैयाँ ऋण लिई किसान बक्यौता रकम भुक्तान गरेको हो। कोभिडका कारण दुध बिक्री नभएपछि किसानको बक्यौता रकम बढेको थियो। दुग्ध विकास संस्थानका अनुसार अझै पनि संस्थाले किसानलाई २५ करोड रुपैयाँ तिर्न बाँकी रहेको छ।

कपिलवस्तुमा किसान महासंघको महिला विभाग गठन

केरसिंह अदै, कपिलवस्तु । अखिल नेपाल किसान महासंघ (अप्फा) कपिलवस्तुको महिला विभाग गठन भएको छ । बिहीबार सम्पन्न प्रशिक्षण भेलाबाट महिला विभाग गठन गरिएको हो । हरिमाया भण्डारीको संयोजकत्व गठित ७ सदस्यीय समितिमा प्रेमकला खत्री, लक्ष्मी शर्मा, शारदा खनाल, निर्मला श्रेष्ठ, सरस्वती अधिकारी र राधा पौडेल चयन हुनुभएको छ । भेलालाई सम्बोधन गर्दै अखिल नेपाल किसान महासंघका केन्द्रीय अध्यक्ष भैरवराज रेग्मीले वास्तविक किसानहरुलाई पहिचान गरी उत्पादनमा ५० प्रतिशत छुट दिनु पर्ने तथा विदेशी आयातलाई नियन्त्रण गर्नुपर्ने बताउनुभयो । उहाँले किसानलाई ५ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध हुनु पर्ने, सिंचाईमा सतप्रतिशत अनुदान दिनु पर्ने, जमीनलाई जोत्नेको स्वामित्व कायम गरिनु पर्ने, चक्लाबन्दी नीति बनाई सहकारी तथा सामूहिक खेती प्रणाली लागू हुनु पर्ने, कृषिमा विदेशी लगानी बन्द गर्नु पर्ने, स्वदेशी पुँजीलाई प्रोत्साहन दिनुपर्ने लगायतका माग महासंघले उठाएको जानकारी दिनुभयो । भेलामा राष्ट्रिय जनमोर्चा जिल्ला अध्यक्ष दधिराम आचार्य, अखिल नेपाल किसान महासंघका केन्द्रीय उपाध्यक्ष शिव पौडेल, नेकपा (मसाल) का जिल्ला प्रवक्ता छविलाल गैरे, अखिल नेपाल महिला संघकी चन्द्रबदन श्रेष्ठ, अखिल नेपाल बुद्धिजीवी संघका जिल्ला अध्यक्ष शशी सापकोटा, जनजाति सम्मेलनका जिल्ला अध्यक्ष नरबहादुर पुनले बधाई तथा शुभकामना दिनु भएको थियो । अखिल नेपाल किसान महासंघ महिला विभाग कपिलवस्तुकी संयोजक हरिमाया भण्डारीको अध्यक्षतामा सो प्रशिक्षण भेला सम्पन्न भएको हो ।

किसान क्रेडिट कार्ड र एप शुभारम्भ

७ माघ, काठमाडौं । नेपाल कृषि विकास बैंकले आजबाट किसान क्रेडिट कार्ड र किसान एप शुभारम्भ गरेको छ । कृषि विकास बैंकको ५४ औं वाषिर्कोत्सवको अवसरमा बुधबार अर्थमन्त्री विष्णु पौडेलले किसान क्रेडिट कार्ड र एपको शुभारम्भ गरेका हुन् । किसान क्रेडिट कार्ड र किसान एप एकअर्कामा अन्तरसम्बन्धित हुन्छन् । किसानले बैंकबाट ऋण स्वीकृत गराएपछि ऋणको […]