दाङको महेन्द्र बहुमुखी क्याम्पसमा उपप्राध्यापक रहेकी मेनकाकुमारी पोख्रेलले असोज १ गते जागिरबाट राजीनामा दिइन् । त्यसको दुई दिनपछि उनको नाम एमालेले प्रतिनिधिसभाको समानुपातिक सूचीमा १ नम्बरमा राख्यो । निर्वाचन आयोगमा बुझाइएको बन्दसूचीमा उनको नाम खसआर्य (महिला) क्लस्टरमा छ । उनी एमालेकी पुरानै कार्यकर्ता भए पनि राजनीतिमा कमै सक्रिय थिइन् । एमालेमा पोख्रेलभन्दा वरिष्ठ र बढी योगदान गरेका महिला नेता नभएका होइनन् । तर पार्टी महासचिव दाजु शंकर पोख्रेलको सामर्थ्यले उनलाई सहजै संघीय सांसद बन्ने बाटो खुलायो ।