दाङ - दाङको घोराही उपमहानगरपालिकाले फाेहरलाई मोहरमा बदल्न थालेको छ ।
महानगरपालिकाले गल्नेबाट ग्यास र मल बनाउने तयारी अन्तिम चरणमा पुर्याएको छ भने नगल्ने फाेहर खरिद गर्ने अभियान सुरु गरेको हाे ।
घोराही उपमहानगरपालिका-१६ करौटीडाँडाको गरुवागाउँमा खाना पकाउने ग्यास उत्पादनको तयारी थालिएको छ । २०७५ साल मंसिर ५ गते त्रिपक्षीय सम्झौता गरेर आउँदाे असार मसान्तसम्म ग्यास उत्पादन गर्ने गरेर काम तीव्ररुपमा अघि बढेको छ ।
घोराही उपमहानगरपालिका, वैकल्पिक ऊर्जा केन्द्र र नेपाल ऊर्जा विकास कम्पनीबीचको त्रिपक्षीय सहक...