घोराही उपमहानगरपालिका-४ को वडाध्यक्षमा कलाकार मुनाल घिमिरे निर्वाचित

६ जेठ, दाङ । कलाकार तथा फिल्म निर्देशक मुनाल घिमिरे वडाध्यक्षमा निर्वाचित भएका छन् । नेकपा एमालेबाट उम्मेदवार बनेका घिमिरे दाङको घोराही उपमहानगरपालिका-४ को वडाध्यक्षमा विजयी भएका हुन् । घिमिरेले १ हजार ५२५ मत ल्याए भने उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका नारायण जीएमले १ हजार ४३३ मत प्राप्त गरे । पछिल्लो केही वर्ष उनी गृह जिल्ला […]