दाङको घोराही उपमहानगरपालिका : प्रमुख र उपप्रमुखमा एमालेको अग्रता

दाङ : घोराही उपमहानगरपालिकामा नेकपा एमालेका प्रमुख उम्मेदवार नरुलाल चौधरीले अग्रता कायमै राखेका छन्।६२ हजार ८१५ मत गणना गर्दा उनले२५ हजार ६१६ मत प्राप्त गरेका छन् भने नेकपा माओवादी केन्द्रका उम्मेदवार हेमराज शर्मा पोखरेलले २० हजार ८५८ मत पाएका छन्।चार हजार ७५८ मतान्तरले चौधरी अगाडि छन्। उपप्रमुखमा नेकपा एमालेकी हुमा कुमारी डिसीले २४ हजार ५८६ मत प्राप्त गरेकी छिन् भने नेपाली कांग्रेसका भूपबहादुर डाँगी क्षेत्रीले २३ हजार ८५५ मत प्राप्त गरेका छन्।

सम्बन्धित सामग्री

सूर्यास्तको दृश्य

दाङको घोराही उपमहानगरपालिका-१३ स्थित मङ्लेरीबाट शुक्रबार देखिएको सूर्यास्तको दृश्य । तस्बिर : कुलदीप न्यौपाने / रासस

माटोबिना गरिएको भेडेखुर्सानी खेती (तस्वीरहरू)

दाङको घोराही उपमहानगरपालिका–१६ स्थित तेरौटेका स्थानीयले माटोबिना कोकोपिट (नरिवलको जटा)मा हाइड्रोपोनिक्स विधिबाट गरेको खेतीमा लटरम्म फलेको भेडेखुर्सानी

मोबाइल चलाउन छाडेर फुटबल सिक्दै बालबालिका

घोराही – विगतमा घरमै मोबाइल चलाएर बस्ने बालबालिकाको दैनिकी अचेल फेरिएको छ। उनीहरु दाङको घोराही उपमहानगरपालिका–१८ स्थित नवलपुर फुटबल मैदानमा फुटबल सिक्न थालेका छन्। दिनहुँ बालबालिका फुटबल अभ्यासका लागि पुग्ने गरेका छन्। स्थानीय धरम केसी हरेक दिन बिहान फुटबल अभ्यासका लागि नवलपुर पुग्छन्। फुटबलका बारेमा सैद्धान्तिक ज्ञानसँगै अनुशासनबारे पनि थाहा पाएको उनको भनाइ छ। केसीले […]

दाङको सिस्नेखोला किनारमा वृक्षारोपण (तस्बिरसहित)

दाङ – दाङको घोराही उपमहानगरपालिका वडा नं ४ सिस्नेखोलाको किनारमा रहेको खाली जग्गामा वृक्षारोपण गरिएको छ। वर्षौदेखि परम्परागत खुल्ला चरिचरणको रुपमा रहेको नाङ्गो पाखामाआइतबार उपभोक्ताहरुले वृक्षारोपण गरेका हुन्। स्थानीय बसन्तापुर र स्यालापानी सामुदायिक वन क्षेत्रमा पर्ने सिस्नेखोलाको किनारमा रहेको जग्गामा दुई सय बढी उपभोक्ताहरुले बिरुवा लगाएका हुन्। उक्त वृक्षारोपणको संरक्षणका लागि डिभिजन वन कार्यालय दाङले […]

श्रीमतीद्वारा श्रीमान्को हत्या

काठमाडौँ – दाङको घोराही उपमहानगरपालिका–१४ प्रहरीले हत्या अभियोगमा एक महिलालाई पक्राउ गरेको छ। घोराही उपमहानगरपालिका–१४ स्थित कोठा भाडामा बस्दैआएकी भारत बलरामपुरकी ३७ वर्षीया गायत्री नेपालीले अचार पिस्ने लोहोरो प्रहार गरी ३३ वर्षीय श्रीमान पंकज गुप्ताको हत्या गरेकोभन्दै प्रहरीले उनलाई पक्राउ गरेको हो। सोमबार बिहान उनले लोहोरो प्रहार गर्दा गुप्ताको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। […]

घोराही उपमहानगरपालिका-४ को वडाध्यक्षमा कलाकार मुनाल घिमिरे निर्वाचित

६ जेठ, दाङ । कलाकार तथा फिल्म निर्देशक मुनाल घिमिरे वडाध्यक्षमा निर्वाचित भएका छन् । नेकपा एमालेबाट उम्मेदवार बनेका घिमिरे दाङको घोराही उपमहानगरपालिका-४ को वडाध्यक्षमा विजयी भएका हुन् । घिमिरेले १ हजार ५२५ मत ल्याए भने उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका नारायण जीएमले १ हजार ४३३ मत प्राप्त गरे । पछिल्लो केही वर्ष उनी गृह जिल्ला […]

दाङको घोराही उपमहानगरपालिका : प्रमुखमा एमालेका नरुलाल चौधरी दोहोरिए

दाङ : घोराही उपमहानगरपालिकाको प्रमुखमा पुनः एमालेका नरुलाल चौधरी निर्वाचित भएका छन्। चौधरी दोस्रो कार्यकालका लागि मेयरमा विजयी भएका हुन्।उनले गठबन्धनबाट माओवादी केन्द्रका नगरप्रमुखका उम्मेदवार हेमराज शर्मालाई पाँच हजार ३३० मतान्तरले हराएका हुन्।चौधरीले ३१ हजार ७२८ मत प्राप्त गर्दा शर्माले २६ हजार ३६८ मत ल्याए। यस्तै उपप्रमुखमा पनि एमालेकै हुमा डिसी थोरै मतान्तरले विजयी भएकी छन् । डिसीले गठबन्धनबाट काँग्रेसका नगर उपप्रमुखका उम्मेदवार भुपबहादुर डाँगीलाई ४९ मतले हराएकी हुन्।घोराहीमा १९ मध्ये ए

गठबन्धनलाई हराउदै घोराही–१ मा एमाले विजयी

दाङ– दाङको घोराही उपमहानगरपालिका–१ मा गठबन्धनका उम्मेदवारलाई फराकिलो मतान्तरले हराउँदै एमालेका उम्मेदवार विजयी भएका छन । घोराही उपमहानगरपालिका वडा नं. १ मा नेकपा एमालेका राममणी पाण्डेले १५९२ मत प्राप्त गरी विजयी भएका हुन । गठबंधनका उम्मेदवारले जम्मा ४१४ मत प्राप्त गरेका छन ।

घोराही उपमहानगरपालिकाको प्रमुखमा गठबन्धनबाट शर्मा उम्मेदवार

दाङको घोराही उपमहानगरपालिका मेयरमा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य हेमराज शर्मा उम्मेदवार बन्ने भएका छन् । गठबन्धनबाट घोराही उपमहानगरपालिका माओवादीको भागमा परेपछि शर्मा उम्मेदवार बन्ने पक्का भएको हो ।गठबन्धनबाट घोराही मेयरमा शर्मालाई उठाउने निर्णय गर्ने माओवादी केन्द्रका केन्द्रीय सदस्य निर्मल आचार्यले बताएका छन् । शर्मा सो नगरपालिकामा विकास प्रेमी नेताको रुपमा चिनिन्छन् ।

घोराही उपमहानगरपालिका मेयरमा गठबन्धनबाट शर्मा र एमालेबाट चौधरी उठ्ने तयारी

दाङको घोराही उपमहानगरपालिका मेयरमा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य हेमराज शर्मा उठ्ने  तयारी गरेका छन् । सत्ता गठबन्धनबाट घोराही उपमहानगरपालिका माओवादीको भागमा परेपछि शर्मालाई उठाउने तयारी गरिएको हो । उपमेयर काँग्रेस भागबण्डामा परेकाले भुपबहादुर डाँगीलाई उठाउने तयारी गरिएको छ । यद्यपि मेयर र उपमेयरको नाम आधिकारिक रुपमा पार्टीले भने निर्णय गरिसकेका छैनन् ।गठबन्धनबाट घोराही मेयरमा शर्मालाई उठाउने निर्णय गर्ने माओवादी केन्द्रका केन्द्रीय सदस्य निर्मल आचार्यले बताए । &l