दाङको घोराही उपमहानगरपालिका मेयरमा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य हेमराज शर्मा उठ्ने तयारी गरेका छन् । सत्ता गठबन्धनबाट घोराही उपमहानगरपालिका माओवादीको भागमा परेपछि शर्मालाई उठाउने तयारी गरिएको हो । उपमेयर काँग्रेस भागबण्डामा परेकाले भुपबहादुर डाँगीलाई उठाउने तयारी गरिएको छ । यद्यपि मेयर र उपमेयरको नाम आधिकारिक रुपमा पार्टीले भने निर्णय गरिसकेका छैनन् ।गठबन्धनबाट घोराही मेयरमा शर्मालाई उठाउने निर्णय गर्ने माओवादी केन्द्रका केन्द्रीय सदस्य निर्मल आचार्यले बताए । &l