लुम्बिनीसँग जोड्नैपर्ने बौद्ध गन्तव्यहरू

रूपन्देही । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सोमवार लुम्बिनी भ्रमणमा आउँदै छन् । गौतमबुद्धको जन्मस्थल लुम्बिनी आएपछि यतिबेला लुम्बिनीको विषयमा विभिन्न छलफलहरू भइरहेका छन् । यसै सन्दर्भमा संस्कृतविद्हरूले लुम्बिनीसँग जोड्नैपर्ने केही बौद्ध गन्तव्य पनि सुझाएका छन् । लुम्बिनीसँग जोड्नैपर्ने गन्तव्यहरू तलौराकोट, गोटिहवा लगायतका छन्, जसबारे यहाँ संक्षिप्त चर्चा गरिएको छ । तिलौराकोट लुम्बिनीबाट करिब २८ किमीको दूरीमा रहेको तिलौराकोट सिद्धार्थ गौतमले आफ्नो जीवनकालको २९ वर्ष बिताएको स्थान हो । यस क्षेत्रलाई विश्वसम्पदा क्षेत्रमा सूचीकृत गर्ने तयारी छ । त्यसका लागि लुम्बिनी विकास कोषले यही जेठ ३ र ४ गते यहाँ तिलौराकोट सम्मेलन गर्दै छ । सम्मेलनमा नेपाल तथा विभिन्न देशका विज्ञको सहभागिता रहने पुरातत्त्व विभागका निमित्त वरिष्ठ पुरातत्त्व अधिकृत हिमाल उप्रेती बताउँछन् । सो क्षेत्रलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न आवश्यक प्रमाण जुटाउने उद्देश्यले विभागले पटकपटक दुर्हाम विश्वविद्यालय बेलायत, संघीय सरकार र विज्ञको संलग्नतामा लुम्बिनी उत्खनन गरेको थियो । आवश्यक प्रमाण संकलन भइसकेकाले छिट्टै सो क्षेत्र विश्वसम्पदा सूचीमा सूचीकृत हुने उप्रेतीको भनाइ छ । महत्त्वपूर्णस्थल भएर पनि लुम्बिनी आउने अधिकांश पर्यटक सो पवित्र स्थानमा पुगेका हुँदैनन् । यहाँ पर्याप्त पर्यटकीय पूर्वाधार छैनन्, जसले गर्दा त्यहाँ पुग्ने पर्यटक पनि निराश भएर फर्कने गरेका छन् । तिलौराकोट आउने पर्यटक पश्चिमी र पूर्वीद्वार तथा मध्यमा रहेको राजप्रासाद अवलोकन गरी फर्कने गरेका छन् । तिलौराकोट दरबारबाट सात सय मिटरको दूरीमा धमनिहवा स्तूप छ । शुद्धोदन र मायादेवीको समाधिस्थल रहेको सो स्तूपबारे धेरैलाई थाहै छैन । गोटिहवा तिलौराकोटबाट सात किमी दूरीमा रहेको गोटिहवा नेपालमै जन्मेका क्रकुच्छन्द बुद्धको जन्मस्थान हो । सो स्थानमा भाँचिएको अशोकस्तम्भ र प्राचीन स्तूपको भग्नावशेष छ । यहाँ लुम्बिनी प्रदेश सरकारले क्रकुच्छन्दको मूर्ति स्थापना गरे पनि उचित प्रचारप्रसार नहुँदा पर्यटक पुग्ने गरेका छैनन् । यहाँ पुग्न पक्की सडक रहे पनि घुमफिर गरेर समय बिताउने वा आध्यात्मिक गतिविधि गर्ने पूर्वाधार नहुँदा आएका पर्यटक पनि छोटो समयमै फर्किने गरेका छन् । निग्लिहवा नेपालमै जन्मेका अर्का बुद्ध कनकमुनिको जन्मस्थान निग्लिहवा तिलौराकोटदेखि ९ किमी टाढा पर्छ । यहाँ भाँचिएका अशोकस्तम्भका टुक्रा र निग्लिसागर पोखरी छन् । यस स्तम्भमा उत्कीर्ण गरिएको शिलालेखले कनकमुनि बुद्धको जन्म यस स्थलमा भएको तथ्य प्रमाणित गरेको छ । यहाँ लुम्बिनी प्रदेश सरकारले कनकमुनिको मूर्ति स्थापना गर्नेबाहेक कुनै पर्यटकीय गतिविधि हुन सकेका छैनन् । पर्यटन पूर्वाधार नहुँदा यहाँ पर्यटक पुग्ने गरेका छैनन् । निग्लिहवादेखि नजिकै कनकमुनि बुद्धको गृहनगर अरौराकोट पर्छ, जहाँ प्राचीन भग्नावशेष छन् । सगरहवा हजारौं शाक्यहरूको नरसंहार गरिएको भनिएको सगरहवा तिलौराकोटदेखि आठ किमी दूरीमा रहेको यो स्थानमा हाल केही भग्नावशेष र एक पोखरी छन् । डा. ए फुहररले सो स्थलमा सन् १८९७ मा उत्खनन गरी बुद्धकालीन पुरावशेष तथा स्तूप निकालेका थिए । यहाँको पुरातात्त्विकक सम्पदाको संरक्षणका लागि वनको क्षेत्रमा रहेको ५८ बिगाहा जग्गा कोषको स्वामित्वमा ल्याउने काम भएको विभागका निमित्त वरिष्ठ पुरातत्त्व अधिकृत उप्रेती बताउँछन् । यस क्षेत्रमा सुरक्षा पर्खालसमेत लगाइएको छ । निग्रोधाराम सिद्धार्थ बुद्धले ज्ञान प्राप्त गरी पहिलोपटक राजधानी आउँदा आफ्ना पिता शुद्धोधन र अर्की माता प्रजापति गौतमी, पत्नी यशोधरा र छोरा राहुललाई भेटघाट गरेको महत्त्वपूर्ण स्थल निग्रोधाराम हो । यो स्थल लुम्बिनीदेखि २८ किमी दक्षिणपश्चिम तथा तिलौराकोटदेखि ६ किमी दूरीमा पर्छ । यहाँ पुरातात्त्विकक एवं धार्मिक महत्त्वका तीन स्तूप तथा एक पोखरी र एक इनार छन् । देवदह बुद्ध जन्मस्थल लुम्बिनीबाट ५७ किमी उत्तरपूर्वमा रहेको देवदह बुद्धको मावली हो । सो ठाउँ शाक्यमुनि बुद्धका आमा मायादेवी र प्रजापतिका साथै श्रीमती यशोधराको माइती गाउँको रूपमा परिचित छ । बुद्धको बाल्यकालसँग जोडिएको पुरातात्त्विकक महत्त्वको क्षेत्रका रूपमा मानिएको सो स्थल आवश्यक उत्खनन हुन नसक्दा धार्मिक तथा पर्यटकीय दृष्टिले कम प्राथमिकतामा परेको छ । रामग्राम गौतमबुद्धको अस्तु राखिएको महत्त्वपूर्ण क्षेत्र रामग्राम नवलपरासीमा पर्छ । सदरमुकाम परासीदेखि ३ किमी दक्षिणमा पर्ने सो क्षेत्र ऐतिहासिक, पुरातात्त्विकक तथा धार्मिक स्थल हो । करिब ८० फिट चौडाइ, ९० फिट लम्बाइ र ३० फिट उचाइ भएको रामग्राम स्तूपमा गौतम बुद्धको महापरिनिर्वाण (मृत्यु)पछि अस्तु राखिएको छ । बौद्ध ग्रन्थानुसार बुद्ध महापरिनिर्वाण भएपछि अस्तु कसले लैजाने भन्ने विषयमा विवाद भएपछि वरपरका तत्कालीन आठ राज्य मगध, वैशाली, कपिलवस्तु, अल्लकप्प, वैप्दीप, पावा, कुशीनगर र रामग्रामलाई दिइएको थियो । पछि मगधका राजा अशोकले विशाल स्तूप निर्माण गर्ने भनी सबै राज्यको अस्तु संकलन गरे पनि रामग्राममा भने हात्ती र नागले सुरक्षा गरेको मान्यता छ । विकास कोष र रामग्राम नगरपालिकाले भौगर्भिक सर्वेक्षण गरेर रामग्रामको विकासका लागि गुरुयोजना तयार गरे पनि बृहत् पुरातात्त्विकक अनुसन्धान र गुरुयोजनाविना बनाइएकाले कार्यान्वयन हुन नसकेको पुरातत्त्व अधिकृत उप्रेती बताउँछन् । उनका अनुसार स्तूप जसरी गोलो आकारमा गुरुयोजना तयार भएको र त्यसले ११७ बिघा क्षेत्रफल ओगटेको छ । सो ठाउँलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न आवश्यक प्रमाण जुटाउने काम भइरहेको विकास कोषले बताएको छ । बुद्ध जन्मस्थल लुम्बिनीको चर्चा भए पनि बुद्धको जीवनसँग जोडिएका यी महत्त्वपूर्ण क्षेत्रबारे धेरै बौद्धमार्गी र पर्यटक अनभिज्ञ छन् । पुरातात्त्विकक हिसाबले महत्त्वपूर्ण भए पनि कोषले यी क्षेत्रको विकासका लागि अझै योजना बनाउन सकेको छैन । अहिलेसम्म विकास कोष लुम्बिनीको विकास र प्रवर्द्धनमा केन्द्रित रहे पनि अबका दिनमा सबै बौद्ध क्षेत्रको विकासका लागि योजनाबद्ध ढङ्गले काम अघि बढाइने विकास कोषका सदस्य सचिव सानुराजा शाक्य बताउँछन् । लुम्बिनीसँग सम्बन्धित सात बौद्ध गन्तव्यलाई जोडेर काम अघि बढाइने उनको भनाइ छ । रासस

सम्बन्धित सामग्री

लुम्बिनीमा विश्व बौद्ध सम्मेलनको तयारी

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनीमा विश्व बौद्ध सम्मेलन आयोजनाको तयारी सुरु भएको छ। आगामी अक्टोबरमा लुम्बिनीमा विश्व बौद्ध शिखर सम्मेलन आयोजना गर्ने तयारी सुरु भएको लुम्बिनी विकास कोषका सदस्य सचिव शानुराजा शाक्यले जानकारी दिए। विगत केही वर्षदेखि रोकिएको अन्तर्राष्ट्रिय शान्ति पुरस्कार बौद्ध शिखर सम्मेलनकै अवसरमा वितरणका लागि प्रक्रियाअघि बढाउने निर्णय गरेको उनको भनाइ छ। बुद्ध […]

‘मुस्ताङमा बौद्ध परम्परा अध्ययनका लागि अनुसन्धान केन्द्र स्थापना गर्न लागिएको छ’

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा उच्च तहमा बौद्ध शिक्षा अध्ययनका लागि भारतीय दूतावासमा गाउँपालिकाले पत्र पठाएपछि त्यसको चर्चा-परिचर्चा भइरहेको छ । हिमाली क्षेत्रको बौद्ध संस्कृति तथा समग्र बौद्ध दर्शनको अध्ययन, अध्यापनका लागि मुलुकमै लुम्बिनी बौद्ध विश्वविद्यालय स्थापित छ । लुम्बिनी बौद्ध विश्वविद्यालयले लुम्बिनीस्थित केन्द्रीय क्याम्पसमा हिमाली (भोट) बौद्ध अध्ययन गराइरहेको छ । बौद्ध दर्शनसहितका विभिन्न शैक्षिक […]

पाकिस्तानमा भेटियो संसारकै पुरानो बौद्ध मन्दिर

काठमाडौं । संसारमा हजारौं बौद्ध मन्दिरहरु होलान् । तर हालै पाकिस्तानमा भेटिएको बौद्ध मन्दिर भने अहिलेसम्म भेटिएको सबैभन्दा पूरानो बौद्ध मन्दिर हो । उक्त बौद्ध मन्दिर उत्तरी पाकिस्तानको स्वात उपत्यकामा फेला परेको छ । उक्त इलाका प्राचीन गान्धार क्षेत्रको हिस्सा हो जुन क्षेत्रमा सिकन्दरले विजय प्राप्त गरेका थिए । पुरातत्वविद्हरुका अनुसार यो मन्दिर इशापूर्वको दोश्रो […]

थेरवादी बौद्ध भिक्षुबाट भिक्षा ग्रहण

काठमाडौं । पञ्चदान पर्वको अवसरमा थेरवादी बौद्ध भिक्षुहरुबाट भिक्षाटन ग्रहण गर्नुभएको छ । दीप प्रज्वलन समिति, महाबौद्धले आयोजना गरेको भिक्षाटनमा ६० जना थेरवादी बौद्ध भिक्षु र सामणेरहरु सहभागी थिए । काठमाडौंको महाबौद्धबाट स्वयम्भू भगवानपाउ सम्म बौद्ध भिक्षुबाट हिडेर भिक्षाटन ग्रहण भएको हो । स्थानीयहरुले अष्टपरिकार सहितका भिक्षा बौद्ध भिक्षुलाई प्रदान गरेका थिए । सो अवसरमा […]

बौद्ध स्तुपा

बुद्ध जयन्तीको दिन सोमबार देखिएको विश्व सम्पदाको सूचिमा सूचिकृत पर्यटकीय तथा धार्मिक स्थल बौद्ध स्तुपा। तस्बिर :चन्द्रकला क्षेत्री,रासस

डेढ करोड लागतमा बौद्ध स्तुपा

गुल्मीमा डेढ करोडमा लागतमा बौद्ध स्तुपाको निर्माण सुरु गरिएको छ । जिल्लाको सत्यवती गाउँपालिका–८ भार्सेको देउराली डाँडाँमा बौद्ध स्तुपाको निर्माण सुरु गरिएको हो ।समुद्री सतहदेखि २ हजार १ सय ८० मिटर उचाइमा रहेको देउराली डाँडामा लुम्बिनी प्रदेशको दोस्रो ठूलो बौद्ध स्तुपाको निर्माण सुरु गरिएको भार्से स्वयम्भू देउराली बौद्ध स्तुपा निर्माण समितिका अध्यक्ष नरु बुढाथोकीले जानकारी […]

बौद्ध संघ भक्तपुरको स्वर्णजयन्ती

बौद्ध धर्मलाई समयसापेक्ष युवा पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले पाँच दशकअघि स्थापना भएको बौद्ध संघले आगामी दिनमा गर्नुपर्ने कामका विषयमा वक्ताहरुले धारणा राखे ।

बौद्ध चैत्य जिर्णोद्धार गर्न पूजा

भक्तपुर नगरपालिका वडा नं १० कमलबिनायकमा रहेको बौद्ध चैत्य जिर्णोद्धारको लागि सोमबार पूजा गरिएको छ। न्यास पूजा (जिर्णोद्धार पूजा) गरिसकेपछि मात्रै बौद्ध चैत्यको जिर्णाद्धार, मर्मतसम्भार गर्न सकिने जनाइएको छ।...

बौद्ध विश्वविद्यालय दिवसमा त्रियान प्रज्ञा सम्मेलन हुने

लुम्बिनी बौद्ध विश्वविद्यालयले प्रथम त्रियान प्रज्ञा सम्मेलन गर्ने भएको छ । १७ औं विश्वविद्यालय दिवसको अवसरमा बौद्ध संस्कृति र समृद्धि तथा बौद्ध शिक्षा शिक्षण पद्धतिमा केन्द्रीत रहेर त्रियान सम्मेलन गर्न लागिएको विश्वविद्यालयले जनाएको छ । विश्वविद्यालयका रजिष्ट्रार डा.तिलकराम आचार्यले नेपालमा अभ्यास भइरहेका बौद्ध दर्शनका तीन बाटोहरुको संस्कृतिलाई समृद्धिसँग कसरी जोडेर लैजान सकिन्छ भन्ने विषयमा सम्मेलन गर्न लागिएको जानकारी दिए ।त्रियान प्रज्ञा सम्मेलनमा थेरवाद, महायान र बज्रयानको संस्कृति र सृमद्