काठमाडौं १० असार । काठमाडौं–तराई द्रुतमार्ग आयोजनाअन्तर्गतको दोस्रो प्याकेजको सुरुङमार्गसहित पुलको डिजाइन गर्न चिनियाँ टोली नेपालमा आएको छ । दोस्रो प्याकेजअन्तर्गतको धेद्रेखोला–लेनडाँडासम्मको सुरुङमार्ग र त्यसअन्तर्गत पर्ने विशेष पुलको डिजाइन बनाउन चिनियाँ कम्पनी पोली च्याङ्दा इन्जिनीयरिङ कर्पोरेशनका अधिकारी बुधवार नेपालमा आएका हुन् । वैशाख ३१ गते ठेक्का सम्झौता भएअनुसार उक्त कम्पनीका १४ जनाको समूह बुधवार चार्टर […]