रसुवा - रसुवामा निर्माणाधीन माथिल्लो साञ्जेन जलविद्युत् आयोजनामा इलेक्ट्रो मेकानिकलतर्फ मेसिन जडान गर्नका लागि स्थानीय प्राविधिकलाई खटाइने भएकाे छ।
चिनियाँ प्राविधिक तथा कामदार आउन समस्या भएपछि कम्पनीले स्थानीय प्राविधिकलाई खटाउनका लागि छलफल अघि बढाएको छ । सेप्टेम्बरको पहिलो हप्तामा चिनियाँ टोली आउने बताए पनि अहिलेसम्म आएका छैनन् ।
चिनियाँ प्राविधिक तथा कामदार ल्याउनको लागि प्रयास भइरहेको आयोजना प्रमुख सुदनसिंह महतले बताउनुभयो । ‘प्राविधिक तथा कामदार ल्याउने प्रयास भइरहेको छ’, उहाँले भन्नुभयो, &ls...