बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खानलाई नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) का अधिकारीले आर्थर रोड जेल लिएर गएका छन् । ७ अक्टोबर उनले एनसीबीको कार्यालयमा नै बिताए । यसका साथै अन्य ८ आरोपी पनि एनसीबीको कार्यालयमा उपस्थित रहे । आर्यन खानलाई जेल लिएर जाँदै गरेका केही तस्बिर भारतीय सञ्चार माध्यम आजतकले सार्वजनिक गरेको छ ।आर्यन खानको जमानतको केसको सुनुवाई चलिरहेको छ । आर्यन खान र अन्य ८ आरोपी पनि न्यायिक हिरासतमा छन् । त्यसैले उनीहरुलाई एनसीबीद्वारा जेल लगिएको हो । आजको दिन उनका लागि निकै