ढुवानी गर्ने व्यवस्था नहुँदा हुम्ला विमानस्थलमै थन्कियो खाद्यान्न

चैत ३०, हुम्ला । हुम्लाको मध्य भेगमा रहेको सर्केगाड गाउँपालिकाबाट ढुवानी हुँदै आएको चामल सिमकोट विमानस्थलमा थन्किएको छ । विमानस्थलबाट खाद्यान्नको गोदामसम्म ढुवानी गर्ने व्यवस्था हुन नसकेपछि ठूलो परिमाणमा खाद्यान्न विमानस्थलमै थन्किएको हो । खाद्य व्यवस्था तथा व्यापार लिमिटेड शाखा हुम्लाका अनुसार विमानस्थलबाट लिमिटेडको गोदामसम्म ट्र्याक्टरमा ढुवानी गर्ने बाटो बन्द भएको छ । यसअघि टिप्परमार्फत चङ्खेली गाउँपालिकाको सरिसल्ला हुँदै सर्केगाड गाउँपालिकाको सर्केगाड बजारसम्म पुर्‍याइएको खाद्यान्न हेलिकप्टरमार्फत सिमकोटसम्म ढुवानी गरिँदै आएको थियो । यसअघि विमानस्थलबाट ट्र्याक्टरले गोदामसम्म खाद्यान्न ढुवानी गर्ने गरेको थियो । अहिले खाद्यान्न ढुवानी गर्ने सिमकोटस्थित तल्लो बजारको महिला छात्रावास क्षेत्रमा सडक मर्मत भइरहेको हुँदा ढुवानी हुन नसकेको लिमिटेड शाखा हुम्लाले जानकारी दिएको छ ।  सडक नबनेसम्म खाद्यान्न विमानस्थलमै थन्किने छ । हाल सिमकोट विमानस्थलमा ५२९ क्विन्टल खाद्यान्न रोकिएको छ । सडक बन्न अझै एक साता बढी लाग्ने बताइएको छ । रासस

सम्बन्धित सामग्री

निर्धारित हवाई मार्गको खाद्यान्न ढुवानी अन्तिम चरणमा

सिमकोट – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको ढुवानी अनुदानको यस वर्षको निर्धारित कोटाको खाद्यान्न ढुवानी कार्य अन्तिम चरणका पुगेको छ। ढुवानीको जिम्मा पाएको सिम्रिक एयरको हेलिकोप्टरले नियमित रुपमा ढुवानी गरेका कारण चाँडै ढुवानी भएको हो। लिमिटेड हुम्ला शाखाका नायव सुब्बा नविन आचार्यले कुल यस वर्षको निर्धारित कोटाको सात हजार ८२९ दशमलव ५० क्वीन्टल खाद्यान्न […]

लिमिटेडको गोदाममा सात हजार क्वीन्टल खाद्यान्न मौज्दात

सिमकोट – खाद्य व्ययवस्था तथा व्यापार कम्पनी लिमिटेडको ढुवानी अनुदानको खाद्यान्न लिमिटेडको हुम्ला शाखाको गोदाममा सात हजार क्वीन्टल खाद्यान्न मौज्दात रहेको पाइएको छ। ढुवानीको जिल्ला पाएको सिम्रिक एयरको हेलिकोप्टर दुई महिनायता नियमित रुपमा ढुवानी कार्यलाई तिब्रता दिएपछि खोदाममा खाद्यान्न मौज्दात सन्तोसजनक पाइएको हो। लिमिटेड हुम्ला शाखाका प्रमुख कृष्ण प्रसाद अधिकारीका अनुसार फागुन १२ गतेसम्म गोदाममा […]

हेलिकोप्टरबाट १७ सयभन्दा बढी क्विन्टल खाद्यान्न ढुवानी

सिमकोट – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडद्वारा ढुवानी अनुदानमा प्राप्त हुँदै आएको यस वर्षको कोटाको खाद्यान्नमध्ये एक हजार सात सय क्वीन्टलभन्दा बढी खाद्यान्न हेलिकोप्टरले ढुवानी गरेको छ। ढुवानीको जिम्मा पाएको सिम्रिक एयरको हेलिकोप्टरले गत पुस ८ गतेबाट खाद्यान्न ढुवानी सुरु गरेको हो। लिमिटेड हुम्ला शाखाका नायब सुब्बा नवीन आचार्यले बाह्र दिनमा हेलिकोप्टरले एक हजार […]

हुम्लामा हेलिकोप्टरबाट अनुदानको खाद्यान्न ढुवानी सुरु

सिमकोट – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडद्वारा ढुवानी अनुदानमा प्राप्त यसवर्षको खाद्यान्न हेलिकप्टरबाट ढुवानी सुरु भएको छ। लिमिटेड हुम्ला शाखाका प्रमुख कृष्णप्रसाद अधिकारीका अनुसार यसवर्षको निर्धारित कोटाको खाद्यान्न ढुवानी हेलिकोप्टरबाट सुरु भएको छ। आर्थिक वर्ष सुरु भएको पाँच महिना सात दिनपछि खाद्यान्न ढुवानी सुरु भएको हो। खाद्यान्न ढुवानीको जिम्मा पाएको सिम्रिक एयरलाई ताकेता गरेपछि […]

हवाई मार्गभन्दा आधा सस्तोमा केरुङ नाकाबाट खाद्यान्न ढुवानी गरिँदै

सिमकोट – काठमाडौँबाट केरुङ नाका हुँदै तिब्बती मार्गबाट ढुवानी भएर आउने खाद्यान्न हवाई मार्गभन्दा सस्तोमा ल्याइने भएको छ। जिल्लामा खाद्यान्नको समस्या भएका बेला लिमिटेडले चार हजार क्विन्टल खाद्यान्न हुम्ला ल्याउन लागेको हो। काठमाडौँ, केरुङ, तिब्बत र हिल्सा हुँदै सिमकोट पुग्ने खाद्यान्न प्रतिक्विन्टल सात हजार पाँच सय, नाम्खा गाउँपालिकाको याल्वाङसम्म ढुवानी हुने प्रतिक्विन्टल खाद्यान्न चार हजार […]

लिमिटेडद्वारा खाद्यान्न बिक्री सुरु

सिमकोट – चार महिनापछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको शाखा कार्यालयले ढुवानी अनुुदानको खाद्यान्न बिक्री गरेको छ। यस वर्षको कोटाको खाद्यान्न ढुवानी भएर आएपछि बिक्री गर्न मिल्ने गरी मौज्दात हुँदा शाखाले बिक्री सुुरु गरेको हो। लामो समय बिक्री बन्द गरिएको खाद्यान्न आइतबारबाट सुुरु गरिएको लिमिटेड हुम्ला शाखाका प्रमुख कृष्णप्रसाद अधिकारीले बताए। असोजमा दसँैका लागि […]

तुइनबाट खाद्यान्न ढुवानी

सिमकोट- खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको खाद्यान्न तुइनबाट ढुवानी हुँदै आएको छ। कर्णाली नदीमा पुल नभएपछि नयाँ तुइन निर्माण गरेर खाद्यान्न ढुवानी गर्न थालिएको हो। जिल्लाका लागि निर्धारित कोटाको खाद्यान्न चङ्खेली र सर्केगार्ड गाउँपालिकाको सलीसल्लाको कर्णाली नदीमा तुइनबाट खाद्यान्न ढुवानी गरिँदै आएको लिमिटेड हुम्ला शाखाका प्रमुख कृष्णप्रसाद आचार्यले जानकारी दिए। कर्णाली करिडोरको सलीसल्लासम्म नेपालगञ्ज […]

हेलिकप्टरबाट ढुवानी भएको खाद्यान्न विमानस्थलमै थन्कियो

सिमकोट– हेलिकोप्टरबाट ढुवानी भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको खाद्यान्न विमानस्थलमै थन्किएको छ। विमानस्थलबाट खाद्यको गोदामसम्म ढुवानी गर्ने व्यवस्था हुन नसकेपछि ठूलो परिमाणको खाद्यान्न विमानस्थलमै रोकिएको हो। लिमिटेड हुम्ला शाखाका नायब सुब्बा नवीन आचार्यका अनुसार विमानस्थलबाट लिमिटेडको गोदामसम्म ट्याक्टरमा ढुवानी गर्ने बाटो बन्द हुँदा खाद्यान्न एक हप्तायता विमानस्थलमै रोकिएको हो। यसअघि विमानस्थलबाट ट्याक्टरले सिधै […]

हुम्लामा समिट एयरले पनि थाल्यो खाद्यान्न ढुवानी

सिमकोट – हुम्लामा समिट एयरको जहाजले पनि खाद्यान्न ढुवानी थालेको छ। यसअघि सीता एयरले मात्रै हुम्ला खाद्यान्न ढुवानी गर्दै आएको थियो। समिट एयर थपिएपछि नेपालगञ्ज र सुर्खेतबाट खाद्यान्न ढुवानी सहज भएको खाद्यान्न व्यवस्था तथा व्यापार लिमिटेड कम्पनीले जनाएको छ। कम्पनीले खाद्यान्न ढुवानीमा अनुदान दिँदै आएको छ। कम्पनीको हुम्ला शाखाका प्रमुख कृष्णप्रसाद अधिकारीले केही दिनदेखि दुई […]

हुम्लाका लागि खाद्यान्न ढुवानी पुनः सुरु

सिमकोट– खाद्य समस्या हुने हिमाली जिल्ला हुम्लाका लागि खाद्य व्यवस्था तथा व्यापार लिमिटेड कम्पनीको ढुवानी अनुदानको खाद्यन्न ढुवानी पुनः सुरु भएको छ। ढुवानी रोकिएको आठ दिनपछि सीता एयरले नेपालगंजबाट ढुवानी सुरु गरेको हो। लिमिटेडको हुम्ला शाखाका प्रमुख कृष्ण प्रसाद अधिकारीले चालु आर्थिक वर्षका लागि ढुवानीको जिम्मा पाएको सिम्रिक कार्गो एयर प्रालिले सीता एयरलाइन्सबाट ढुवानी सुरु […]