३ अर्ब रुपैयाँ बराबरका धुलो दुध र बटर त्यसै थन्किए

 कोभिड–१९ को प्रभाव गत वर्षदेखि डेरी क्षेत्र पर्दा झण्डै ३ अर्ब रुपैयाँ बराबरको धुलो दुध र बटर त्यसै थन्किन पुगेको नेपाल डेरी एसोसिएसनले बताएको छ । कोभिड–१९ को पहिलो लहर गत वर्ष २०७६ चैत्र ११ गतेदेखि नै मुलुक लकडाउनमा जाँदा प्रभावित हुँदै आएको बजार थप पछिल्लो पटकको दोस्रो लहरले प्रभावित हुँदा यस्तो अवस्था आएको एसोसिएसनले बताएको छ ।यस्तो अवस्थमा अहिले आर्थिक अभावकै कारण किसानहरुले दुध उत्पादन गर्न नसकिरहेको र डेरी उद्योगहरूले समेत चाहेको दुग्ध पदार्थ उत्पादन र बजारीकरणमा समस

सम्बन्धित सामग्री

पाइँदैन डिडिसीको दुग्ध पदार्थ

दुग्ध विकास संस्थान (डिडिसी) ले गत जेठ २८ गते एक सूचना प्रकाशित गरी धुलो दुध र बटर बिक्रीका लागि सिलबन्दी प्रस्ताव आह्वान गर्यो । आह्वान अनुसार धुलो दुध बिक्रीवितरण भए पनि मखन बिक्री भएको छैन ।

दुग्ध पदार्थको तथ्यांकमा लापरबाही

तत्कालीन सरकारले दूधमा आत्मनिर्भर भएको औपचारिक घोषणा गरे पनि मुलुकमा कति दूध उत्पादन हुन्छ भन्ने तथ्यांक सरकारसँग छैन । अन्तरराष्ट्रिय खाद्य संगठनका अनुसार वार्षिक ९२ लिटर दूध प्रतिव्यक्ति उपभोग हुनुपर्छ । तर, नेपालको उत्पादन प्रतिव्यक्ति ८२ लिटर वार्षिक आपूर्ति हुन सक्छ भन्ने मानिन्छ । यस हिसाबले नेपाल दुग्ध पदार्थमा आत्मनिर्भर भइसकेको छैन । उपलब्धि प्रचार गर्ने लोभमा यस्तो घोषणा भएको देखिन्छ । दूधको उत्पादन र उपभोगसम्बन्धमा सरकार र व्यवसायीले दिने तथ्यांकमा ठूलो अन्तर पाइन्छ । सरकारले यसको सही तथ्यांक उपलब्ध गराउन सकेको देखिँदैन । आत्मनिर्भर भनिएको उत्पादनको तथ्यांकमा यस्तो अन्योल देखिँदा सरकारी कार्य नीति सही छैन भन्ने पुष्टि हुन्छ । नेपालमा निजीक्षेत्रका दुग्ध व्यवसायीको भनाइमा ६२ लाख लिटर दूध दैनिक उत्पादन हुन्छ । नेपाल दुग्ध विकास बोर्डले भने दैनिक ७० लाख लिटर उत्पादन हुने बताएको छ । त्यसमा ९ लाख लिटर औपचारिक क्षेत्रले खरीद गर्ने बोर्डको भनाइ छ । दुग्ध व्यवसायीको भनाइमा ३१ लाख लिटर दुध बजारमा आउँछ । बाँकी दूध बजार पहुँच नभएर आपूर्ति शृंखलामा आउन नसकेको बताइन्छ । तथ्यांकको विश्वसनीयता र आधिकारिकतामा प्रश्न उठ्छ भने कुनै पनि नीति तय हुन सक्दैन । दुग्ध पदार्थको उत्पादनमा हाम्रो धरातलीय यथार्थ के हो र आगामी दिनमा कस्तो रणनीति लिने हो भन्ने कुरा यकीन गर्न पनि तथ्यांक सही हुनुपर्छ । हो, तथ्यांक संकलनको स्रोत फरक पर्दा केही तलमाथि पर्न सक्छ । तर, ठूलो अन्तर भने हुँदैन । दुग्ध उत्पादनको मात्रै होइन, यसरी उत्पादित दुग्धजन्य पदार्थले बजार पाएको छ कि छैन भन्ने कुरामा पनि तथ्यांक अस्पष्ट रहेको देखिन्छ । अहिले दूधको आपूर्ति मागभन्दा बढी छ भनिन्छ । आपूर्ति बढी हुँदा दूधलाई धूलो बनाएर भण्डारण गरिन्छ । त्यसरी भण्डारण गरिएको दूध सुख्खा याम अर्थात् दूध कम उत्पादन हुने समयमा प्रयोग गरिन्छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतको राष्ट्रिय दुग्ध विकास बोर्डले आर्थिक मन्दीको कारण दूधको खपत घट्दा गत असोजमा ६ अर्ब रूपैयाँ बराबरको करीब ४ लाख मेट्रिक टन धूलो दूध र बटर मौज्दात रहेको बताएको थियो । त्यसको १ महीना पनि नबित्दै बोर्डले ९ अर्ब ४१ करोड रूपैयाँ बराबरको दुग्ध पदार्थ मौज्दात रहेको बतायो । उद्योगीहरू अहिले ५ अर्ब रूपैयाँको धूलो दूध र बटर मौज्दात रहेको बताइरहेका छन् । यस्तो फरक तथ्यांक आउनुमा सरकार र व्यवसायीको आआफ्नो स्वार्थ गाँसिएको पनि हुन सक्छ । जे भए पनि अहिले दुग्ध पदार्थको विक्री घटेको चाहिँ हो नै भन्ने देखिन्छ । दूधको विक्री घट्नुलाई आर्थिक मन्दीसँग जोडेर हेरिएको छ । यो विश्लेषण आंशिक सही हो भन्न सकिन्छ ।  दूधको खपत बढ्नुमा दूधको मूल्य मात्र होइन, गुणस्तर पनि कारण रहेको देखिन्छ । बढी दूध उत्पादन गर्न गाईभैंसीलाई एन्टीबायोटिक खुवाउने गरिएको छ । त्यस्तै दुग्ध पदार्थमा विभिन्न किसिमका मिसावट पनि गर्ने गरिएको छ । दूध नफाटोस् भनेर तथा दूध बाक्लो देखियोस् भनेर विभिन्न तत्त्व मिसाउने गरिएको छ जसले जनस्वास्थ्यमा गम्भीर असर पार्न सक्छ । यस्तो कुरा उपभोक्तासमक्ष पुगेपछि दूधको उपभोग घट्नु सामान्य हो । बोर्ड वा दुग्ध व्यवसायीले दिने उपभोगको संख्या भनेको शहरी उपभोक्ताको हो । शहरी उपभोक्ताले दूध खान छाड्नुमा स्वास्थ्यसम्बन्धी सचेतना पनि एउटा कारण मानिन्छ । त्यसैले दूध खपत घट्नुको वास्तविक कारण खोजी हुनुपर्छ ।  सरकारले दूधको उत्पादन बढाउन उन्नत जातको नश्ल सुधार कार्यक्रम जारी राखेको छ । यसैका लागि भारतबाट मुर्रा जातको राँगो ल्याइएको छ । यसबाट दूध उत्पादन निकै बढ्ने देखिन्छ । त्यस्तै नश्ल सुधारिएका गाईको संख्या पनि बढ्दो छ भने मानिसहरू स्थानीय जातको गाईको दूध उपभोग गर्न रुचाइरहेका पनि छन् । त्यसैले दुग्ध उत्पादनसम्बन्धीमा सही रणनीति लिन ढिला भइसकेको छ । दूधको तथ्यांक अस्पष्ट हुनुमा किसानलाई दूधको भुक्तानी दिने कुरा पनि गाँसिएको हुन सक्छ । दूध विक्री नभएको भन्दै सरकारी कम्पनीले नै किसानलाई भुक्तानी दिइरहेको छैन । यसले भोलिका दिनमा दुग्ध उत्पादक किसानले गाईबस्तु पाल्न छाड्ने सम्भावना पनि उत्तिकै छ । उखुको भुक्तानीमा समस्या भए पछि किसानले बिस्तारै उखु खेती गर्न छाडेको बताइन्छ । आपूर्ति र उपभोगको शृंखला तोडियो भने त्यसको सीधा असर उत्पादनलाई पर्छ । अहिले ५ अर्बभन्दा बढी रकम किसानलाई भुक्तानी गर्न बाँकी रहेको बताइन्छ । अन्य व्यवसायमा जस्तो कृषि कर्ममा उधारो कारोबार सहज मानिँदैन । उत्पादन बेचेर लागत उठाउनेदेखि आफ्नो दैनिक गर्जो टार्नेसम्मका काम लागि तत्काल नगद आवश्यक हुन्छ । त्यसैले भुक्तानी रोकिनु हुँदैन । दूध बढी भएर खेर गएको भन्ने भनाइ पनि सुनिन्छ । दूध विक्री भएन भने लामो समयसम्म टिक्ने वस्तु दूधबाट तयार पार्न सकिन्छ । घ्यू, चीज वा छुर्पीजस्ता वस्तु बनाउने हो भने यो तत्काल बिग्रँदैन र केही समयसम्म भण्डारण गर्न सकिन्छ । यस्तो उत्पादनमा दुग्ध व्यवसायीको ध्यान जानु आवश्यक छ । त्यसो त धूलो दूध बनाएर बंगलादेशमा निर्यात गर्न पहल नभएको पनि होइन तर समान र गुणस्तरीय आपूर्ति नहुने हो भने यस्तो निर्यातको पहल सार्थक हुँदैन । धूलो दूध, घ्यू र चीजका लागि अन्तरराष्ट्रिय बजार खोज्नुपर्छ । दूध उत्पादन बढाउन दिगो बजार आवश्यक हुन्छ । त्यसैले यसतर्फ काम गर्न आवश्यक छ । यसमा काम गर्न पनि सही तथ्यांक आवश्यक हुन्छ । त्यस्तो तथ्यांक तयार पार्न पनि सरकारी निकायको ध्यान जानु जरुरी देखिन्छ ।

अब सीताराम घ्यु नयाँ प्याकमा बजारमा

सिताराम दूधले विगत २५ वर्षदेखि नेपाली समाजमा गुणस्तरीय दुग्ध र दुग्ध पदार्थ (बटर, पनिर,लस्सी, दही, फ्रेस मिल्क,दुध) विक्री वितरण गर्दै आएको छ । कम्पनीले उत्पादनहरुको प्यकिङ्गमा नयाँपन दिन क्रममा हाल बजारमा बिक्री बितरण गर्दै आइरहेको सीताराम घ्यु नयाँ प्याकिङ्गमा बजारमा आजबाट बिक्री बितरण शुरु गरेको छ । सीताराम गोकुल मिल्क्स काठमाडौंले सिताराम दुध उत्पादन र बिक्री  वितरणको २५ बर्ष पुगेको शुभ अवसरमा बिभिन्न उत्पादनहरु बजारमा ल्याएको छ । सिताराम दुध नेपालको निजी क्षेत्रको सबैभन्दा ठुलो दु

डीडीसीको बटर प्रकरण : अख्तियारले थाल्यो छानबिन

दुध विकास संस्थान (डीडीसी) ले म्याद गुज्रिएको बटरबाट बनाएको घिउ बिक्री वितरण गरेकोबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेको छ । डीडीसीले पोखराको सुजल डेरीबाट ल्याएको म्याद सकिएको ९६ हजार तीनसय केजी बटरलाई घिउ बनाएर बेचेकोबारे अख्तियारले छानबिन थालेको हो । म्याद सकिएको बटरलाई बजारमा बिक्री गरेको तथ्य प्रकाशमा आएपछि अख्तियारले डीडीसीबाट आवश्यक फाइलहरु लगेर छानबिन सुरु गरेको हो ।२०७७ असोजमै विभिन्न नियामक निकायले डीडीसीको भण्डारमा रहेको बटरको म्याद सकिएको र त्यसलाई प्रयोगमा नल्

सिताराम डेरीको पनिर, बटर फ्रेस मिल्क, दही, पनीर र लस्सी बजारमा

सिताराम गोकुलमिल्क्स काठमाडौं प्रालिले सिताराम दुध उत्पादन र बिक्री वितरण गरेको २५ औं वर्ष पुगेको अवसरमा आफ्नो विभिन्न उत्पादनहरु बजारमा ल्याएको छ ।...

पाँच करोड लगानीमा डेरी उद्योग स्थापना

विराटनगर महानगरपालिका–१४ जतुवामा साढे ५ करोड रूपैयाँको लगानीमा डेरी उद्योग स्थापना गरिएको छ । सूर्योदय मिल्क एण्ड वेभरेज इण्डष्ट्री प्रालिको नामबाट सञ्चालनमा आएको उद्योगले दैनिक २० हजार लिटर दुुध प्रशोधन गर्नेछ । आन्तरिक दुध उत्पादनको खपत बढाउने उद्देश्यका साथ स्थापना गरिएको उद्योगमा ३० जनाले प्रत्यक्ष रोजगारी पाएको छन् । डेरी विज्ञ मनोज यादव, अनुज यादव र विनोद राठीले संयुक्त रूपमा लगानी गरी सञ्चालनमा ल्याएको उद्योगको प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरे । प्रशोधित दूधका साथै दही, घ्यू, बटर र पनिर उत्पादन सुरु गरेको छ ।