पाइँदैन डिडिसीको दुग्ध पदार्थ

दुग्ध विकास संस्थान (डिडिसी) ले गत जेठ २८ गते एक सूचना प्रकाशित गरी धुलो दुध र बटर बिक्रीका लागि सिलबन्दी प्रस्ताव आह्वान गर्यो । आह्वान अनुसार धुलो दुध बिक्रीवितरण भए पनि मखन बिक्री भएको छैन ।

सम्बन्धित सामग्री

दुग्ध पदार्थ नबिकेपछि कृषक चिन्तित

दुग्ध पदार्थ नविकेपछि कपिलवस्तुका कृषक चिन्तित बनेका छन्। व्यावसायीक रुपमा पशुपालन गर्दै आइरहेका कपिलवस्तुका किसानको विगत ६ महिनादेखि दुग्ध नविकेपछि चिन्तित बनेका हुन्।

दुग्ध पदार्थ बिक्री नहुँदा कृषकलाई ‘मिल्क होलिडे’ को त्रास

इलाम– सूर्योदय नगरपालिका–११ का गोपाल भट्टराईले प्रतिदिन ६० लिटर दुग्ध बिक्री गर्छन् । ज्योति पुञ्ज गाईफार्म दर्ता गरेर व्यावसायिक दुग्ध उत्पादन गरिरहेका उनले स्थानीय सुप्रभात डेरी उद्योगलाई दुध बिक्री गर्छन् । पछिल्लो समयमा डेरीमा थन्किएको घ्यू र छुर्पी देख्दा उनको मनमा चिसो पस्न थालेको छ । ‘हाम्रो ठाउँमा आशलाग्दो बनेको गाईपालन नै मासिएलाजस्तो छ ।’ […]

९ अर्ब ४१ करोडको दुग्ध पदार्थ मौज्दात

काठमाडौं । खपत घटेपछि दुग्ध पदार्थको मौज्दात झन् झन् बढेको छ । महीना दिनमै करीब साढे ३ अर्ब रुपैयाँको धूलो दूध र बटर मौज्दात थपिएर कुल मौज्दात ९ अर्ब ४१ करोड रुपैयाँभन्दा माथि पुगेको छ । दुग्ध विकास बोर्डले दिएको जानकारीअनुसार महीना दिन अघिसम्म ६ अर्ब रुपैयाँको धूलो दूध र बटर मौज्दात थियो ।  आर्थिक मन्दीका कारण दूधको खपत घट्नुका साथै उत्पादन पनि बढेकाले मौज्दात थपिँदै गएको हो । बोर्डका कार्यवाहक कार्यकारी निर्देशक डा. बालक चौधरीले दुग्ध विकास संस्थान (डीडीसी) सँग ४० करोड, डेरी उद्योग संघसँग ७ अर्ब ६० करोड र नेपाल डेरी एशोसिएशनसँग १ अर्ब ४१ करोड रुपैयाँको धूलो दूध र बटर मौज्दात रहेको जानकारी दिए । एक महीनामै थपियो साढे ३ अर्ब रुपैयाँ बराबरको दुग्ध पदार्थ  उनका अनुसार सामान्यतया भदौ अन्त्यतिरबाट फागुनसम्म दूध उत्पादन बढ्ने सिजन हो । तर, यसवर्ष वैशाखदेखि नै उत्पादन बढेको थियो । यसले धूलो दूध र बटरको मौज्दात बढाएको देखिन्छ । पछिल्लो समय उन्नत नश्लका गाईभैंसीपालनमा किसानको सक्रियता, दूध उत्पादनमा स्थानीय र प्रदेश सरकारले देखाएको तदारुकता र वातावरणमा देखिएको उतारचढावका कारण समयअगावै दूध उत्पादन बढ्ने सिजन शुरू  भएको चौधरी बताउँछन् । ‘दूध उत्पादन बढ्नु राम्रो कुरा हो । तर, जसरी उत्पादनले उचाइ लिएको छ सोही अनुपातमा बजारमा खपत भइरहेको छैन । सामान्य अवस्थामा नेपालमा हरेक दिन करीब ७० लाख लिटर झोल दूध उत्पादन हुने गर्छ । यस वर्ष उत्पादन ४ प्रतिशतसम्मले बढेको देखिन्छ । बजारमा खपत भने १५ प्रतिशतले घटेको छ । यसले गर्दा मौज्दात दिन प्रतिदिन बढ्दो क्रममा छ,’ उनले भने । व्यवसायीहरू बजारमा झोल दूधको विक्री घट्दा पहिलेको मौज्दात धूलो दूध विक्री गर्न नसकेको र हाल किसानसँग किनेको झोल दूधलाई पनि धूलोमा परिणत गर्नुपर्ने अवस्था आउँदा मौज्दातको आकार बढेको बताउँछन् । पाँच महीना अघिसम्म विभिन्न डेरी उद्योगले दूध अभाव भएको भन्दै भारतबाट आयात गर्न दिन माग गरिरहेको अवस्थामा यति चाँडै आन्तरिक उत्पादनसमेत विक्री नहुने अवस्थामा पुग्नु नेपाली डेरी क्षेत्रका लागि चिन्ताको विषय रहेको सरोकारवाला बताउँछन् । अहिले बजारमा सबै वस्तुको मूल्य दिन प्रतिदिन बढ्दै गएको छ । यही बेला उपभोक्ताको आम्दानी स्थिर हुँदा क्रयशक्ति घटेर खपत कम भएको नेपाल डेरी एशोसिएशनका अध्यक्ष प्रह्लाद दाहाल बताउँछन् । उपभोक्ता पहिलेको जस्तो दिल खोलेर उपभोग गर्न सक्ने अवस्थामा नरहेको उनको बुझाइ छ । दूधको मौज्दात बढ्दै जाँदा एशोसिएशनले धूलो दूध र बटर बंगलादेश निर्यात गर्न अध्ययन गरेको थियो । यस क्रममा एशोसिएशनले विज्ञहरूको अध्ययन टोली बंगलादेश पठाएको थियो । हालसम्म बंगलादेशले दूध किन्ने/नकिन्ने विषयमा जवाफ नपठाएको दाहालले बताए ।

दुग्ध पदार्थ बिक्रीका लागि बंगलादेश, श्रीलंका र तिब्बती बजारको खोजी

७ कात्तिक, काठमाडौं । उच्च उत्पादन र बजारमा कमजोर खपतका कारण दुग्ध पदार्थको बिक्री चक्र बिथोलिन थालेपछि सरकारले अन्तर्राष्ट्रिय बजारको खोजी थालेको छ । भारत, बंगलादेश, श्रीलंका र चीनको स्वशाशित क्षेत्र तिब्बतका निजी क्षेत्रसँग छलफल थालिएको दुग्ध विकास संस्थान (डीडीसी) का अधिकारीहरु बताउँछन् । भारतको पटना डेरी, बंगलादेश, श्रीलंका र तिब्बतका दुग्ध व्यवसायीहरुसँग दुग्ध पदार्थ […]

दुग्ध विकास संस्थानद्वारा चाडपर्वका अवसरमा उपभोक्तालाई छुट, घ्यूमा रु ५० छुट

दुग्ध विकास संस्थान लैनचौरले चाडपर्वका अवसरमा उपभोक्तालाई दुग्धजन्य पदार्थमा छुट दिएको छ ।संस्थानले चाडपर्वको समयमा उपभोक्तालाई सहुलियत प्रदान गर्ने नीतिअनुसार देशभर संस्थानका बिक्रीकक्ष रहेका स्थानमा दुग्ध पदार्थ किन्दा विशेष छुटको व्यवस्था गरेको हो ।संस्थानका सूचना अधिकारी एवं प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले दसैँ, तिहार तथा छठपर्वको अवसरमा डिडिसी घ्यूमा रु ५०, पनिरमा रु २०, चिज (सबै)मा रु २० र दहीमा रु १० सहुलियत प्रदान गरिएको  जानकारी दिए ।“उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा

दुग्ध विकास संस्थानद्धारा दुग्धजन्य पदार्थमा छुट

काठमाडौँ– दुग्ध विकास संस्थान लैनचौरले चाडपर्वका अवसरमा उपभोक्तालाई दुग्धजन्य पदार्थमा छुट दिएको छ । संस्थानले चाडपर्वको समयमा उपभोक्तालाई सहुलियत प्रदान गर्ने नीतिअनुसार देशभर संस्थानका बिक्रीकक्ष रहेका स्थानमा दुग्ध पदार्थ किन्दा विशेष छुटको व्यवस्था गरेको हो । संस्थानका सूचना अधिकारी एवं प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले दसैँ, तिहार तथा छठपर्वको अवसरमा डिडिसी घ्यूमा ५०, पनिरमा २०, चिजमा २० र […]

बच्चालाई फलफूल र दुग्ध पदार्थ फाइदाजनक

पछिल्लो समय हाम्रो माझमा शाकाहारी भोजन र मांसाहारी भोजनमा कुन सही भन्ने बहस चल्न थालेको छ। यो बहस नेपालको मात्र होइन संसारकै हो। अझ बच्चाका लागि कस्तो वातावरणमा हुर्काउने र कुन भोजन सही भन्ने विषयमा धेरैको मत फरक हुनसक्छ। यो विषयमा यसै साता बाल रोग विशेषज्ञको जर्नलमा एक रिपोर्ट प्रकाशित भएको छ। रिपोर्ट अनुसार शाकाहारी […]

विराटनगर दुग्ध वितरण आयोजना : दुग्ध पदार्थ विक्री नहुँदा किसानले पाएनन् भुक्तानी

विराटनगर । कोभिड महामारी र निषेधाज्ञाका कारण बजारमा दुग्ध पदार्थको खपत घटेपछि दुग्ध विकास संस्थान अन्तर्गत विराटनगर दुग्ध वितरण आयोजनाले किसानलाई दूधको भुक्तानी गर्न सकेको छैन । आयोजनाले प्रदेश १ र २ का समेत गरी ७ हजार दुग्ध किसानलाई चार महीनादेखिको १० करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ । आयोजनाले संकलित दूधको फागुन, चैत, वैशाख र जेठकोे भुक्तानी किसानलाई दिन बाँकी रहेको हो । निजी कम्पनीभन्दा भरपर्दो ठानेर सरकारी आयोजनालाई दूध बेचेका किसान उसैले भुक्तानी रोक्दा दैनिक गुजारा चलाउनै असहज हुने अवस्थामा पुगेको बताउँछन् इलामका किसान विष्णुप्रसाद दुराल । उनी सम्बद्ध उज्यालो कृषि सहकारीले दैनिक २ सय लिटर दूध दुग्ध वितरण केन्द्र विराटनगरलाई दिँदै आएको छ । उनको सहकारीलाई नै प्रतिलिटर न्यूनतम ४५ रुपैयाँको दरले हिसाब गर्दा पनि केन्द्रले १० लाख ८० हजार रुपैयाँ दिन बाँकी छ । किसानले दूधको रकम समयमा भुक्तानी नपाउदा गाईभैंसीलाई खुवाउने चोकर, दाना, भिटामिन लगायत किन्न सक्दैनन् । दूधको आम्दानीबाटै उनीहरूले घरको समेत खर्च चलाउनुपर्ने अवस्था छ । तर लामो समय भुक्तानी नपाउँदा आफूहरू निकै मर्कामा परेको किसान दुरालले बताए । धनकुटाको छथर जोरपाटीका किसान डिकबहादुर खड्काका २० माउ गाई छन् । उनले दैनिक दैनिक २२० लिटर दूध स्थानीय चिस्यान केन्द्रलाई दिँदै आएका छन् । केन्द्रले दुग्ध वितरण आयोजना विराटनगरलाई दूध विक्री गर्छ । चिस्यान केन्द्रबाट उनले १० लाख रुपैयाँ पाउन बाँकी छ । रकम भुक्तानी नहुँदा गाईलाई खुवाउने पोषिलो दाना खुवाउन नपाएको उनले बताए । यसकारण दूधको दैनिक उत्पादन घटेर ४० लिटरमा झरेको उनले सुनाए । अर्का किसान घमण्डबहादुर थापाले समयमा दूधको रकम भुक्तानी नपाउँदा गाईलाई खुवाउने दानाको समस्या भएको बताए । उनका अनुसार निषेधाज्ञाका कारण ढुवानी नहुँदा पशुआहाराको अभाव छ । अर्काेतिर, किनेर ल्याउन पैसा छैन । ९ माऊ गाई भएका उनले पहिले दैनिक एक सय लिटरसम्म दूध विक्री गर्दै आएका थिए । अहिले दैनिक ७० लिटर मात्र  विक्री गरिरहेका छन् । दुग्ध संकलन केन्द्रहरूबाट दैनिक संकलित दूध प्रशोधन गरी आयोजनाले दूध, घ्यू, दही, पाउडर दूध, पनिर, चीज, मख्खन लगायत बनाएर विक्री गर्दै आएको छ । सोही विक्रीबाट उसले किसानलाई भुक्तानी गर्ने हो । निषेधाज्ञाका कारण विक्री घटेपछि भुक्तानीमा समस्या भएको आयोजनाका विराटनगर प्रमुख गणेश यादवले बताए । आयोजनाले दैनिक संकलन गर्ने २६ हजारदेखि ३० हजार लिटरमध्ये झण्डै २० हजार लिटर दूध इलामबाट मात्रै आउने गरेको छ । यसबाहेक धनकुटा, तेह्रथुम, झापा, मोरङ, सुनसरीका किसानले पनि संस्थान मातहतकै दुग्ध वितरण आयोजनालाई दूध बेच्ने गरेका छन् । निजीक्षेत्रका डेरीले किसानलाई प्रतिलिटर ५० रुपैयाँसम्म मूल्य दिने गरेका छन् । तर, सरकारी संस्थानले प्रतिलिटर ४५ देखि ४६ रुपैयाँसम्म दिने गरेका छन् । आयोजनाका अनुसार दैनिक तीन हजार लिटर दूध मात्रै विक्री हुने गरेको छ । एक हजार लिटर हाराहारी दही र बाँकी पाउडर विक्री हुन्छ । तर, दूध र दही विक्री नभएपछि पाउडर उत्पादन गरी स्टक गरिएको छ । आयोजनासँग अहिले २६० टन पाउडर दूध छ । यस्तै ६० टन मख्खन र ५ टन घ्यू छ । ‘यस्तै अवस्था रहिरहने हो भने मिल्क होलिडे गर्नुको विकल्प हुन्न,’ आयोजना प्रमुख यादवले भने । विवाह, ब्रतबन्ध लगायतका अनुष्ठान र पार्टीहरू नहँुदा उत्पादित दुग्ध पदार्थ गोदाममै थन्क्याउनु परेको उनले बताए ।

निजी डेरीले पनि पाए एम्बुलेन्स सरह सुविधा पाउने ढुवानी लोगो

४ असार,काठमाडौं । दूध तथा दुग्ध पदार्थ ढुवानी गर्ने गाडीमा प्रयोग हुने लोगो निजी क्षेत्रका दुग्ध उत्पादकहरुलाई वितरण गर्न थालिएको छ । दुग्ध पदार्थ ढुवानी गर्ने गाडीमा प्रयोग गरिने त्यस्ता लोगोपछि सवारी साधनले सडकमा एम्बुलेन्ससरह सुविधा पाउने छन् । शुक्रबार राष्ट्रिय दुग्ध विकास बोर्डले काभ्रेको हिमालयन डेरी एण्ड एग्रो भेट रिसर्च सेन्टरलाई यस्तो लोगो प्रदान […]

एयरलाइन्समा नेपालकै दुग्ध उत्पादन प्रयोग गराउन निर्देशन

काठमाडौं, जेठ ९ । एयरलाइन्समा नेपालमै उत्पादित दुग्ध पदार्थ प्रयोग गराउन कृषि तथा पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्यालले निर्देशन दिएकी छिन् । शनिवार राष्ट्रिय दुग्ध संस्थानको बैठकलाई सम्बोधन गर्दै मन्त्री अर्यालले एयरलाइन्सहरूमा नेपालमै उत्पादित बटर, दही, चीज, छुर्पी लगायत दुग्ध पदार्थ प्रयोग गर्ने व्यवस्था मिलाउन निर्देशन दिएकी हुन् । कार्यक्रममा मन्त्री अर्यालले आफूले नेपाल वायुसेवा निगमसँग […]