विराटनगर महानगरपालिका–१४ जतुवामा साढे ५ करोड रूपैयाँको लगानीमा डेरी उद्योग स्थापना गरिएको छ ।
सूर्योदय मिल्क एण्ड वेभरेज इण्डष्ट्री प्रालिको नामबाट सञ्चालनमा आएको उद्योगले दैनिक २० हजार लिटर दुुध प्रशोधन गर्नेछ । आन्तरिक दुध उत्पादनको खपत बढाउने उद्देश्यका साथ स्थापना गरिएको उद्योगमा ३० जनाले प्रत्यक्ष रोजगारी पाएको छन् ।
डेरी विज्ञ मनोज यादव, अनुज यादव र विनोद राठीले संयुक्त रूपमा लगानी गरी सञ्चालनमा ल्याएको उद्योगको प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरे । प्रशोधित दूधका साथै दही, घ्यू, बटर र पनिर उत्पादन सुरु गरेको छ ।