नेपाल पशुपन्छीजन्य उत्पादनमा आत्मनिर्भर भएको घोषणा भएको छ । बिहीबार कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आयोजना गरेको कार्यक्रममा नेपाल कुखुराको मासु, खसीको मासु र अण्डामा पूर्ण आत्मनिर्भर भएको घोषणा भएको हो । प्रधानमन्त्री केपी शर्मा ओली राजधानीमा आज आयाेजित एक कर्यक्रममा साे कुराकाे घाेषणा गर्नु भएकाे हाे । देशको हाल रहेको कुल ग्राहस्थ उत्पादनदर १३.५ प्रतिशतबाट थप वृद्धि हुने पनि मन्त्रालयले जनाएको छ ।