लाइसेन्स छपाइको काम रोकियो

काठमाडौं । खाली कार्ड अभाव भएपछि यातायात व्यवस्था विभागले अत्यावश्यक बाहेकका स्मार्ट सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम रोकेको छ । विभागले मङ्सिरपछि आवेदन दिइएका कार्ड छपाइको काम रोकेको हो ।मङ्सिरसम्मका कार्ड छपाएर यातायात कार्यालयमा पठाइसकेको विभागसँग अब ४० हजार थान मात्र खाली कार्ड बाँकी छन् । कार्ड सकिएपछि अत्यावश्यक बाहेकका कार्ड छपाइको काम रोकिएको विभागका प्रवक्ता लोकनाथ भुसालले जानकारी दिए । ‘पुराना बाँकी रहेका, विदेश जाने लगायत अत्यावश्यक परेका व्यक्तिलाई वितरण गर्ने गरी बा

सम्बन्धित सामग्री

सर्वोच्चको आदेशपछि रोकियो स्टक र कमोडिटी एक्सचेन्जको लाइसेन्स बाँड्ने काम

काठमाडौं। नेपाल धितोपत्र बोर्डले स्टक एक्सचेन्ज र कमोडिटी बजारका लागि आवेदन लिने काम रोकेको छ। बोर्डले मंगलबार सूचना जारी गर्दै

रोकियो चितवनबाट लाइसेन्स वितरण प्रक्रिया

चितवन । चितवन जिल्लाबाट सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरणसम्बन्धी हाल भइरहेका काम तत्कालका लागि रोकिएका छन् । सर्वोच्च अदालतले यही असार २१ गते लाइसेन्स वितरणसम्बन्धी प्रक्रियाका काम तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेपछि सो सम्बन्धी काम रोकिएका हुन् ।

रोकियो चितवनबाट लाइसेन्स वितरण प्रक्रिया

चितवन। चितवन जिल्लाबाट सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरणसम्बन्धी हाल भइरहेका काम तत्कालका लागि रोकिएका छन् । सर्वाेच्च अदालतले यही असार २१ गते लाइसेन्स वितरणसम्बन्धी प्रक्रियाका काम तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेपछि सो सम्बन्धी काम रोकिएका हुन् । न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले जारी गरेको उक्त आदेशमा भनिएको छ, “सवारी चालक प्रशिक्षण केन्द्र निर्देशिका, […]

रोकियो चितवनबाट लाइसेन्स वितरण प्रक्रिया

काठमाडौँ,२४ असार । चितवन जिल्लाबाट सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरणसम्बन्धी हाल भइरहेका काम तत्कालका लागि रोकिएका छन् । सर्वोच्च अदालतले यही असार २१ गते लाइसेन्स वितरणसम्बन्धी प्रक्रियाका काम तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेपछि सो सम्बन्धी काम रोकिएका हुन् । न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले जारी गरेको उक्त आदेशमा भनिएको छ, “सवारी चालक प्रशिक्षण […]

चितवनबाट लाइसेन्स वितरण प्रक्रिया रोकियो

काठमाडौँ– चितवन जिल्लाबाट सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरणसम्बन्धी हाल भइरहेका काम तत्कालका लागि रोकिएका छन् । सर्वोच्च अदालतले यही असार २१ गते लाइसेन्स वितरणसम्बन्धी प्रक्रियाका काम तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेपछि सो सम्बन्धी काम रोकिएका हुन् । न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले जारी गरेको उक्त आदेशमा भनिएको छ, ‘सवारी चालक प्रशिक्षण केन्द्र निर्देशिका, […]

सर्वोच्चको अन्तरिम आदेशपछि रोकियो चितवनमा लाइसेन्सको ‘ट्रायल’ दिने प्रक्रिया

काठमाडौं : चितवनबाट सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरणसम्बन्धि हाल भइरहेका काम तत्कालका लागि रोकिएका छन्। सर्वोच्च अदालतले यही असार २१ गते लाइसेन्स वितरणसम्बन्धि प्रक्रियाका काम तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेपछि सो सम्बन्धि काम रोकिएका हुन्। न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले जारी गरेको उक्त आदेशमा भनिएको छ, ‘सवारी चालक…

रोकियो चितवनबाट लाइसेन्स वितरण प्रक्रिया

काठमाडौँ । चितवन जिल्लाबाट सवारी चालक अनुमति पत्र (लाइसेन्स) वितरणसम्बन्धी हाल भइरहेका काम तत्कालका लागि रोकिएका छन् । सर्वोच्च अदालतले यही असार २१ गते लाइसेन्स वितरणसम्बन्धी प्रक्रियाका काम तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेपछि सो सम्बन्धी काम रोकिएका हुन् । न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले जारी गरेको उक्त आदेशमा भनिएको छ, ‘सवारी चालक प्रशिक्षण […]

विद्युत् व्यापारमा निजीक्षेत्र : अनुमति दिने प्रक्रिया नै रोकियो

काठमाडौं । निजीक्षेत्रलाई विद्युत् व्यापार गर्न अनुमति दिने प्रक्रिया रोकिएको छ । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले यस सम्बन्धमा प्रचलित ऐनमा कुनै प्रावधान नभएको भन्दै उक्त प्रक्रिया रोकिदिएको हो ।  ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले यस सम्बन्धमा निर्देशिका र कार्यविधि बनाएर कानून र अर्थ मन्त्रालयमा पेश गरेको थियो । त्यस क्रममा कानून मन्त्रालयले निजीक्षेत्रलाई विद्युत् व्यापार गर्न दिन कानूनी व्यवस्था नभएको भन्दै ऊर्जाको फाइल फिर्ता पठाएको हो । यससँगै निजीक्षेत्रलाई विद्युत् व्यापारको अनुमति दिने प्रक्रिया तत्काललाई रोकिएको छ ।  प्रचलित ऐनमै नभएको व्यवस्था कार्यविधि बनाएर लागू गर्न नपाइने भन्दै कानून मन्त्रालयले जवाफ पठाएको ऊर्जा मन्त्रालयको भनाइ छ । सोही कारण तत्काल निजीक्षेत्रलाई विद्युत् व्यापारको लाइसेन्स दिने प्रक्रिया रोकिएको ऊर्जा मन्त्रालयका प्रवक्ता मधुप्रसाद भेटुवालले बताए ।  ‘हामीले जुन हिसाबले यो काम गर्न खोजेका थियौं, त्यसअनुसार नहुने भयो,’ उनले भने, ‘यसमा अब कुनै वैकल्पिक उपाय खोज्नेछौं ।’ प्रचलित ऐनमा निजीक्षेत्रलाई विद्युत् व्यापार गर्न दिने व्यवस्था छैन । तर, निजीक्षेत्रले पहिलेदेखि नै विद्युत् व्यापारको अनुमति माग्दै आएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले विद्युत् व्यापार गर्न नेपाल पावर एक्सचेन्ज लिमिटेड नामक कम्पनी स्थापना गरिसकेको छ । त्यो कम्पनीले भारतीय विद्युत् व्यापार कम्पनी मणिकरणसँग आगामी वर्ष ५०० मेगावाट विद्युत् उपलब्ध गराउने सम्झौतासमेत गरिसकेको छ ।  यिनै विषयलाई दृष्टिगत गरी ऊर्जा मन्त्रालयले कार्यविधि बनाएर निजीक्षेत्रलाई विद्युत् व्यापारको अनुमति दिने तयारी गरेको थियो । तर, कानून मन्त्रालयले रोक लगाएपछि यो विषय अन्योलमा परेको छ ।  यसैबीच, ऊर्जामन्त्री पम्फा भुसालले अध्यादेश ल्याएर भए पनि निजीक्षेत्रलाई विद्युत् व्यापारको अनुमति दिने बताइन् । सोमवार काठमाडौंमा सम्पन्न हाइड्रो एक्स्पोलाई सम्बोधन गर्दै उनले त्यस्तो भनेकी हुन् ।  संसद्मा विचाराधीन विद्युत् ऐनमा भने निजीक्षेत्रलाई विद्युत् व्यापार गर्न दिने व्यवस्था छ । तर, संसद्मा देखिएको अस्थिरताका कारण त्यो तत्काल पारित हुने सम्भावना छैन । कानून मन्त्रालयले प्रचलिन ऐनमा व्यवस्था नभएको भन्दै फाइल नै फिर्ता पठाएको छ । यस्तो स्थितिमा अध्यादेश ल्याएर भए पनि निजीक्षेत्रलाई विद्युत् व्यापारको लाइसेन्स दिने मन्त्री भुसालको भनाइ छ ।  ‘हामी निजीक्षेत्रलाई विद्युत् व्यापारको अनुमति दिन सकारात्मक छौं । तर, कानून अभावका कारण तत्काललाई केही समस्या भयो,’ उनले भनिन्, ‘प्रस्तावित विद्युत् ऐनमा यससम्बन्धी व्यवस्था गरे पनि त्यो तत्काल संसद्बाट पारित हुने सम्भावना कम छ । तसर्थ, अध्यादेश ल्याएर भए पनि लाइसेन्स दिन्छौं, ढुक्क हुनुस् ।’ लाइसेन्स पाए पनि निजीक्षेत्रले किनबेच गर्ने विद्युत् भने तत्काल नभएको उनको भनाइ छ । ‘सञ्चालनमा रहेका आयोजनाले विद्युत् प्राधिकरणसँग पीपीए गरिसकेका छन् । त्योअनुसार निजीक्षेत्रले लाइसेन्स पाए पनि तत्काल विद्युत् नपाउने जस्तो देखियो,’ उनले भनिन्, ‘प्राधिकरणले पनि विद्युत् दिने कुरा भएन । त्यो अवस्थामा तपाईंहरू (निजीक्षेत्र) के गर्नुहुन्छ ? अहिले नै स्पष्ट हुनुहोला ।’ इप्पानका अध्यक्ष कृष्णप्रसाद आचार्य भने यस विषयमा चिन्तन गर्न आवश्यक नभएको बताउँछन् । ‘ऊर्जामन्त्रीले उठाउनुभएको विषय गम्भीर छ । तर, हाम्रा लागि त्योभन्दा पनि लाइसेन्स नै महत्त्वपूर्ण विषयमा हो,’ उनले भने, ‘लाइसेन्स पाएपछि हामी आफै विद्युत् आयोजनासँग पीपीए गर्छौं र व्यापार गर्छौं । यो विषयमा अल्झिन आवश्यक छैन ।’ अहिले नेपाल विद्युत् प्राधिकरणले नदी प्रवाहमा आधारित आयोजनाको पीपीए रोकेको छ । अहिले ९ हजार मेगावाटका २१५ नदी प्रवाही आयोजनाको पीपीए रोकिएको छ । सरकारबाट लाइसेन्स पाए ती आयोजनाहरूको पीपीए गर्न सकिने निजीक्षेत्रका ऊर्जा व्यवसायीको भनाइ छ ।

खाली कार्ड अभाव भएपछि लाइसेन्स छपाइको काम रोकियो

काठमाडौं । खाली कार्ड अभाव भएपछि यातायात व्यवस्था विभागले अत्यावश्यक बाहेकका स्मार्ट सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम रोकेको छ ।