रोकियो फास्ट ट्रयाकको सुरुङ खन्ने काम

काठमाडौं, जेठ २२ । निर्माणाधीन काठमाडौँ–तराई-मधेश द्रुत मार्ग (फास्ट ट्रयाक)को सुरुङ खन्ने काम रोकिएको छ । दुई खण्डमा खनिँदै आएको काम ठेक्का सम्झौताअनुरूप नदेखिएकाले नेपाली सेनाले ठेकेदारलाई काम रोक्न निर्देशन दिएको हो । चिनियाँ ठेकेदारले सुरुङ खन्नका लागि सम्झौताअनुसारको ‘थ्री आम्र्स जम्बो’ मेसिन नल्याई सामान्य रूपमा खन्न थालेकाले कामको गुणस्तर पनि कमजोर रहेको पाइएपछि तत्काल […]

सम्बन्धित सामग्री

दरबाङ–म्याग्दीखोला जलविद्युत आयोजनाको निर्माण रोकियो

म्याग्दी- म्याग्दीको मालिका गाउँपालिकामा निर्माणधीन दरबाङ–म्याग्दीखोला जलविद्युत् आयोजनाको निर्माण कार्य बन्द भएको छ । धौलागिरि कालिका हाइड्रो लिमिटेडले गैरआवासीय नेपालीको लगानीमा निर्माण गर्न सुरु गरेको २५ मेगावाट क्षमताको सो आयोजनाको सुरुङ खन्ने काम तीन महिनादेखि रोकिएको हो । विसं २०७५ देखि पूर्वाधार निर्माण सुरु भएको यस आयोजनाको पहिलो अडिटको सुरुङमार्ग खन्न थालिएको मालिका– ६ गोचाखोला […]

पहिरो खसेर टनेल बोरिङ मेसिन थिचिएपछि सुरुङ निर्माण कार्य रोकियो

सुरुङभित्रै पहिरो खसेर टनेल बोरिङ मेसिन थिचिएपछि सुनकोसी मरिण डाइभर्सन आयोजनाको सुरुङ निर्माण कार्य रोकिएको छ। सुरुङनिर्माण गर्ने क्रममादुई सय घनमिटर माटो मेसिनमाथिझरेपछि करिब तीन साता देखि सुरुङ निर्माणको काम रोकिएको सुनकोसी मरिण डाइभर्सन आयोजनाको कार्या...

नागढुङ्गामा सुरुङ खन्न किन रोकियो ?

काठमाडौँ । सुरुङ खन्ने क्रममा आएको कमसल माटोले उपकरण बिग्रिदा नागढुङ्गा सुरुङमार्ग आयोजनामा खन्ने काम रोकिएको छ । यो समस्या देखिएको २० दिन भएको नागढुङ्गा सुरुङमार्ग आयोजनाले जनाएको छ । पहिले दैनिक तीनदेखि चार मिटर खन्ने गरेकामा अहिले रोकिएको आयोजनाका प्रमुख नवीनमान श्रेष्ठले जानकारी दिए । अरु काम चलेपनि सुरुङ खन्ने प्रगति कम रहेको छ । त्यहाँको भूवनोट कमजोर रहेको र काम गर्दा उपकरणमा विग्रने समस्या आइरहेको छ ।

उपकरण बिग्रिँदा नागढुङ्गामा सुरुङ खन्न रोकियो

काठमाडौँ– सुरुङ खन्ने क्रममा आएको कमसल माटोले उपकरण बिग्रिँदा नागढुङ्गा सुरुङमार्ग आयोजनामा खन्ने काम रोकिएको छ । यो समस्या देखिएको २० दिन भएको नागढुङ्गा सुरुङमार्ग आयोजनाले जनाएको छ । पहिले दैनिक तीनदेखि चार मिटर खन्ने गरेकामा अहिले रोकिएको आयोजनाका प्रमुख नवीनमान श्रेष्ठले जानकारी दिए । अरु काम चलेपनि सुरुङ खन्ने प्रगति कम रहेको छ । […]

फास्ट ट्रयाकको सुरुङ खन्ने काम रोकियो

निर्माणाधीन काठमाडौँ–तराई-मधेश द्रुत मार्ग (फास्ट ट्रयाक)को सुरुङ खन्ने काम रोकिएको छ । दुई खण्डमा खनिँदै आएको काम ठेक्का सम्झौताअनुरूप नदेखिएकाले नेपाली सेनाले ठेकेदारलाई काम रोक्न निर्देशन दिएको हो । चिनियाँ ठेकेदारले सुरुङ खन्नका लागि सम्झौताअनुसारको ‘थ्री आम्र्स जम्बो’ मेसिन नल्याई सामान्य रूपमा खन्न थालेकाले कामको गुणस्तर पनि कमजोर रहेको पाइएपछि तत्काल काम रोक्न निर्देशन दिइएको हो ।  नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले निर्माण कम्पनीबाट अहिलेसम्म भएका सुरुङसँग

लुलाङ–गुर्जा सुरुङमार्गको प्रारम्भिक सर्वे रोकियो

गलेश्वर । लागत खर्च जुटाउन नसकेपछि म्याग्दीको अति विकट गुर्जा जोड्न प्रस्ताव गरिएको लुलाङ–गुर्जा सुरुङ मार्गको प्रारम्भिक सर्वेको काम रोकिएको छ । लुलाङको ओढादेखि गुर्जाको लट्टेवानसम्मको २.६ किलोमिटर सुरुङ मार्गका लागि रु दुई अर्ब छ करोड लाग्ने र सो रकम जुटाउन सक्ने अवस्था नभएपछि प्रारम्भिक सर्वेको काम नै रोकिएको धवलागिरि गाउँपालिका–१ गुर्जाका वडाध्यक्ष भकबहादुर छन्त्यालले […]

आर्थिक अभावका कारण लुलाङ–गुर्जा सुरुङ मार्गको प्रारम्भिक सर्वे नै रोकियो

म्याग्दी । म्याग्दी जिल्लाको अत्ति विकट गुर्जा जोड्न प्रस्ताव गरिएको लुलाङ–गुर्जा सुरुङ मार्गको प्रारम्भिक सर्वेको काम आर्थिक अभावका कारण रोकिएको छ । लुलाङको जओढादेखि गुर्जाको लट्टेवानसम्मको २.६ किलोमिटर सुरुङ मार्गको लागि २ अर्ब ६ करोड रुपैयाँ लाग्ने भएको छ । तर सो रकम जुटाउन सक्ने अवस्था नभएपछि प्रारम्भिक सर्वेको काम नै रोकिएको धवलागिरि गाउँपालिका–१ गुर्जाका […]

रोकियो तामाखानी अध्ययनको काम

असोज १८, बागलुङ । दुई वर्षअघि बागलुङ नगरपालिका–९ तित्याङमा शुरु भएको तामाखानीको अध्ययनको काम रोकिएको छ ।  कोरोना महामारीका कारण खानी अध्ययनका लागि बनाइएको सुरुङमा काम गरिरहेका चिनियाँ र नेपाली प्राविधिक तथा मजदूर घर हिँडेपछि खानी अध्ययनको काम रोकिएको हो । एक वर्षदेखि रोकिएको काम कोरोनाको त्रास कम भएपछि पनि वर्षाका कारण शुरु गर्न नसकिएको अध्ययन गरिरहेको कम्पनीले जानकारी दिएको छ । चीनको जोम्बिङ माइनिङ कम्पनीको प्राविधिक सहयोगमा शुभम् ग्रुपले २०७६ मंसिर महीनादेखि तित्याङमा खानी अध्ययनको काम गरिरहेको थियो ।  एक वर्षअघि खानीको अध्ययन भइरहेको क्षेत्रका सर्वसाधारणमा समेत संक्रमण देखिन थालेपछि चिनियाँ प्राविधिक समूह काम छोडेर हिँडेको शुभम् ग्रुपका अध्यक्ष श्याम अधिकारीले बताए । ‘विदेशी प्राविधिकको सुरक्षाका लागि हामीले काम रोक्न बाध्य भयौं, अब बाँकी काम केही समयमा शुरु हुन्छ’ अधिकारीले भने ‘कोभिड कम भएको छ, दशैँ, तिहार जस्ता पर्व सकिएपछि पुनः काम थाल्छौं ।’ तामाको परीक्षणका लागि तित्याङको अड्डाँडामा ७० मिटर लामो र बाह्रमुरेमा १०० मिटर लामो सुरुङ तयार भइसकेको छ । सुरुङमार्फत जमिनको भित्री भागको ढुंगा माटो संकलन गरी प्रयोगशलामा परीक्षण गर्ने काम भइरहेको अधिकारीले बताए । ‘हामीले अबको ६ महीनामा सबै अध्ययनको काम सक्छौं’, उनले भने ‘जमिनभित्र धातुको मात्रा हेर्ने काम बाँकी छ, पहिलो चरणको ९० प्रतिशत काम सकेका छौं, वातावरणीय अध्ययन र विस्तृत परियोजना प्रतिवेदनको काम पनि सकिन्छ ।’  तामाको अध्ययनका लागि नेपाल सरकारको अनुमतिमा यहाँ आएको कम्पनीले परीक्षण प्रतिवेदन तयार भएपछि खानी सञ्चालनको तयारीमा लाग्ने बताएको छ । ‘यहाँ प्लान्ट बस्छ, मात्रै कत्रो बनाउने भन्ने हो’ अधिकारी भन्छन् ‘अध्ययनको अन्तिम रिपोर्टका आधारमा बाँकी काम अघि बढ्छ ।’ पहिलो चरणको परीक्षणमा मात्रै झण्डै रू. चार करोड खर्च गरेको कम्पनीले खानी सञ्चालनका लागि एक अर्बको हाराहारीमा लगानी हुने जानकारी दिएको छ । खानी अध्ययनको काम रोकिएकाले स्थानीयवासीमा आशंका उब्जिएको छ । ठूला ठूला सुरुङ बनेर यत्तिकै छोडिँदा बाढीपहिराको त्रास हुने र जमिन कमजोर भएकाले आसपासका बस्तीको व्यवस्थापन गरिनुपर्ने स्थानीयवासीको माग छ ।  स्थानीयवासी रवीन खत्रीले भने, ‘रोजगारी सिर्जना होला, सडक, पानी र बिजुली बन्लान् भन्ने छ, खानी त चल्नैपछ्र्र्र ।’ खानीका कारण भएको क्षतिपूर्तिका लागि पनि खानी सञ्चालन भएमा मात्रै सम्भव हुने उनले बताए । पुराना खानी र त्यहाँ देखिने धाउको संकेतका आधारमा बागलुङ नगरपालिकाले खानी सञ्चालनको पहल थालेको थियो । पहिलो नगरसभाबाट तित्याङमा खानी सञ्चालनका लागि अध्ययन गर्ने निर्णय गरेको नगरपालिकाले खानी विभाग र सरोकारवाला सबै मन्त्रालयसँग पहल गरेर झण्डै दुई वर्षपछि अध्ययनको काम भएको थियो । खानी अध्ययन गरिरहेको कम्पनीले परीक्षणको प्रतिवेदन खानी विभागलाई बुझाउने छ । स्थानीय सरकारको तर्फबाट गर्नुपर्ने कुनैपनि काममा बाधा अवरोध नआउने गरी काम भएकाले अध्ययनको बाँकी काम पुनः शुरु हुने बानपा–९ तित्याङका वडाध्यक्ष गणेश थापाले बताए । परीक्षण भइरहेका दुई खानीमा १६ स्थानीय कामदार, चार कम्पनीका प्रतिनिधि, पाँच चिनियाँ प्राविधिक र पाँच इञ्जीनीयरले काम गरिरहेका थिए । रासस

सडकअवरुद्ध भएकाले जलविद्युतको सुरुङ खन्ने काम रोकियो

जाजरकोट :  बाढी पहिरोका कारण सडक भत्किएपछि नलगाड जलविद्युत आयोजनाको सुरुङ खन्ने काम रोकिएको छ। एक महिनादेखि आयोजनाको काम अवरुद्ध भएको हो। आयोजनाको सुरुङ निर्माणका लागि आवश्यक पर्ने विस्फोटक पदार्थ  आयोजनाको सुरुङ निर्माण स्थलमा लिने सडक नहुँदा काम रोकिएको छ। ३३२ मिटर लामो सुरुङ&...