काठमाडौं : दोस्रो चक्रपथ कलंकी–महाराजगञ्ज–धोबीखोला खण्ड सडक रेखांकनको काम निषेधाज्ञाले प्रभावित बनेको छ। रुख कटानको काम सकिए पनि बिजुलीका पोलहरु हटाउन नसकिएको काठमाडौं चक्रपथ सुधार योजनाका इन्जिनियर सुमित्रा अधिकारीले बताइन्।कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञाले भनेजस्तै काम हुन नसकेको उनले बताइन्। ‘सानातिना मात्रै काम भएको छ,अरु काम हुन सकेको छैन,बिजुलीको नयाँ पोल हालेर पुराना पोलको तार सार्नुपर्ने थियो,त्यो काम रोकियो,सामग्रीहरु ढुवानी गर्न पाइएन