उत्तरी नाका बन्द हुँदा व्यवसायी मर्कामा परे : कोइराला

विरगञ्ज । नेपाली कांग्रेसका सांसद सुजाता कोइरालाले उत्तरी नाका लामो समयदेखि बन्द हुँदा व्यापार व्यवसाय प्रभावित भएको भन्दै कूटनीतिक संवादमार्फत समस्याको समाधान गर्न आग्रह गरेकी छन् । प्रतिनिधिसभाको आजको बैठकमा सभामुखसँग समय लिएर बोल्दै उनले लामो समयसम्म सीमा नाकामा चाडपर्वका लागि भनेर आयात गरिएका सामान रोकिँदा व्यवसायी मर्कामा परेकाले समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराइन् […]

सम्बन्धित सामग्री

केरुङ प्रवेशको परिचयपत्र सहज पारिदिन आग्रह

रसुवा : नेपाल–चीन बीचको उत्तरी नाका रसुवागढीबाट केरुङ जान पाउने परिचयपत्र सहजरूपले उपलब्ध गरिदिन व्यवसायीले आग्रह गरेका छन्। एकातिर व्यवसायी केरुङ जान नपाउँदा अर्काको भरमा सवारी साधन पठाउन बाध्य र अर्काेतर्फ टिमुरेदेखि केरुङसम्म २४ किमी दूरीको चर्को ज्याला तिर्न बाध्य भएको भन्दै केरुङ जान पाउने सीमापास सहजरूपले उपलब्ध हुन व्यवसायीले माग गरेका हुन्।गृह मन्त्रालयअन्तर्गतको अध्यागमन विभागले तय गरेको चीन प्रवेश सम्बन्धी कार्यविधि २०७६ बमोजिम रसुवागढी नाकाबाट चालक, कामदार एवं व्यापारी तथा

उत्तरी नाका बन्द हुँदा व्यवसायी मर्कामा परेः कोइराला

काठमाडौँ,२१ भदौ । नेपाली कांग्रेसका सांसद सुजाता कोइरालाले उत्तरी नाका लामो समयदेखि बन्द हुँदा व्यापार व्यवसाय प्रभावित भएको भन्दै कूटनीतिक संवादमार्फत समस्याको समाधान गर्न आग्रह गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सभामुखसँग समय लिएर बोल्दै उनले लामो समयसम्म सीमा नाकामा चाडपर्वका लागि भनेर आयात गरिएका सामान रोकिँदा व्यवसायी मर्कामा परेकाले समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण […]

उत्तरी नाका बन्द हुँदा व्यवसायी मर्कामा परे

काठमाडौँ- नेपाली कांग्रेसका सांसद सुजाता कोइरालाले उत्तरी नाका लामो समयदेखि बन्द हुँदा व्यापार व्यवसाय प्रभावित भएको भन्दै कूटनीतिक संवादमार्फत समस्याको समाधान गर्न आग्रह गरेकी छिन् ।  प्रतिनिधिसभाको आजको बैठकमा सभामुखसँग समय लिएर बोल्दै उनले लामो समयसम्म सीमा नाकामा चाडपर्वका लागि भनेर आयात गरिएका सामान रोकिँदा व्यवसायी मर्कामा परेकाले समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराए । […]

उत्तरी नाका बन्द हुँदा व्यवसायी मर्कामा परेः कोइराला

काठमाडौँ । नेपाली कांग्रेसका सांसद सुजाता कोइरालाले उत्तरी नाका लामो समयदेखि बन्द हुँदा व्यापार व्यवसाय प्रभावित भएको भन्दै कूटनीतिक संवादमार्फत समस्याको समाधान गर्न आग्रह गरेकी छन् ।

उत्तरी नाका बन्द हुँदा व्यवसायी मर्कामा परेः सुजाता कोइराला

प्रतिनिधिसभाको आजको बैठकमा सभामुखसँग समय लिएर बोल्दै उनले लामो समयसम्म सीमा नाकामा चाडपर्वका लागि भनेर आयात गरिएका सामान रोकिँदा व्यवसायी मर्कामा परेकाले समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराइन्।...

रसुवागढी नाकाबाट सवारीसाधनको आयात बढ्दै

रसुवा । उत्तरी नाका रसुवागढीबाट चीनमा निर्मित सवारीसाधनको आयात बढ्न थालेको छ । चालू आर्थिक वर्षको साउनदेखि हालसम्म ट्रक ३५, मिनी बस ६, माइक्रोबस १६, कंक्रिट मिक्स्चर लरी तीन, डेलिभरी भ्यान दुई, ठूलो क्रेन एक, विद्युतीय कार चार, टिल्लर ५८, विद्युतीय स्कुटर चार, र साइकल ३६ ओटा आयात भएको रसुवा भन्सार कार्यालयले जानकारी दिएको छ । गत आथिक वर्षमा रसुवागढी नाकाबाट साना ठूला गरी ५६८ सवारीसाधन स्वदेश भित्रिएका थिए । यस वर्ष सवारीसाधनको आयात ठूलो संख्यामा बढ्ने संकेत देखिएको छ । कोभिडको संक्रमण बढेसँगै चिनियाँ सवारीसाधन रसुवागढीको मितेरी पुलसम्म चिनियाँ चालकले ल्याउने गरेको र भन्सार जाँचपास भएपछि नेपाली चालकले आफ्नो गन्तव्यतर्फ लाने गरेको कार्यालयका प्रवक्ता नरेन्द्र चौधरीले बताएका छन् । निर्माणाधीन विभिन्न जलविद्युत् आयोजनाका लागि आवश्यक पर्ने उपकरणसमेत रसुवागढी नाकाबाट आयात भइरहेको कार्यालयले बताएको छ । आयात हुने अन्य सामग्रीमा तयारी पोशाक, मोबाइल फोन, जुत्ता, चप्पल, कम्प्युटरका पाटर््स, विद्युतीय पार्टपुर्जा, स्याउ, ओखर, लसुन, थर्मसलगायत छन् । यस्तै दशैं नजिकिँदै व्यवसायीले स्याउ आयात बढाएका छन् । यही असोज १ देखि ७ गतेसम्ममा २४ कन्टेनर अर्थात् २४० टनभन्दा बढी परिमाणको स्याउ आयात भइसकेको छ । व्यवसायी धर्म पौडेलका अनुसार नेपाली बजारको माग आपूर्ति सहज पार्न फलफूलका साथै सबै प्रकारका सामग्री आयातको व्यवस्थापनमा व्यापारी व्यवसायी व्यस्त छन् । उत्पादक कम्पनीसँग सामान माग गरेपछि छिटो छरितो तवरले चिनियाँँ टान्सपोर्ट कम्पनीले रसुवागढीसम्म ढुवानी गर्ने गरेको छ । चालू आवको साउनदेखि हालसम्म चीनबाट आयात भएका सामग्रीबाट १ अर्ब ५९ लाख ९ हजार रुपैयाँ राजस्व असुली भएको भन्सार कार्यालयले बताएको छ । इन्टरनेट तथा विद्युत्को अवरोध भइरहँदा आयात भएका सामग्रीको जाँचपासका कठिन भएको छ । रसुवामा प्राय सबै प्रकारका प्रविधि भित्रिए पनि दिगो र भरपर्दाे हुन सकेको छैन । इन्टरनेटकै अभावमा भन्सार राजस्व असुलीमा बाधा पुगिरहेको भन्सार कार्यालयले बताएको छ । कार्य सञ्चालन गर्न विद्युत्का लागि जेनेटर प्रयोग गर्ने गरिएको र इन्टरनेट सञ्चालनका लागि नेपाल टेलिकमसँग अनुरोध भइरहेको प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले जानकारी दिए । अधिकांश समय स्याफ्रुबेँसीदेखि रसुवागढीसम्मको राजमार्ग अवरूद्ध भइरहँदा जाँचपास भएका मालवाहक सवारीसाधन पार गराउन तीन दिनसम्म लाग्ने समस्या छ । रासस

चीनको अघोषित नाकाबन्दीः नेपाली व्यवसायीका १ हजार कन्टेनर रोकिए

चिनियाँ कठोर नीतिका कारण नेपाली व्यवसायी समस्यामा परेका छन् । नेपाली व्यवसायीले दशैँ तथा तिहारका लागि चीनबाट झिकाएका सामान बोकेका कन्टेनरहरु सीमापारी नै रोकिएपछि नेपाली व्यवसायी मर्कामा परेका हुन् । १ हजारभन्दा धेरै कन्टेनरहरु चिनियाँ नाकामा रोकिएका छन् । तर, चिनियाँ पक्षले भने दिनको बढीमा १० वटा कन्टेनर मात्रै पठाउँदै आएको छ । जसका कारण अर्बौ लगानी गरेर व्यवसायीले मगाएका मालबस्तु अब दशैँमा बिक्रि नहुने पक्का भएको हो ।तातोपानी नाकाबाट दैनिक १० कन्टेनर सामान आयात हुँदै आएको छ । यो अत्यन्त न्यून हो । रसुवाबाट त झन दैनिक ९ कन्टेनर बढी आयात हुनै सकेको छैन । तातोपानी र रसुवागढी नाकामा नेपालीको आवतजावतमा अघोषित प्रतिबन्धका कारण पनि नेपाली व्यवसायीहरु हरेक वर्ष समस्यामा पर्दै आएका छन् । सधैं समस्यामा व्यापारीकोभिड–१९ को कारण देखाएर नेपाल आयात हुने कन्टेनरको संख्या दैनिक १० भन्दा बढी गर्न चीन तयार छैन । चीनको यो कठोर नीति पुनरावलोकनका लागि नेपाल सरकारले स्पष्ट मागसहित वार्तामा बस्न नसक्दा समस्या सिर्जना भएको हिमालय सीमापार वाणिज्य संघका पदाधिकारीहरु बताउँछन् ।सीमित कन्टेनरबाट मात्रै आयात हुँदा दशैँका लागि झिकाईएका सामाना काठमाडौँ आईपुग्दा मंसिर लाग्ने भएकाले आफूहरुको उत्तरी नाका प्रतिको विश्वास गुम्दै गएको व्यवसायीहरुको गुनासो छ । चीनतर्फ निर्यात गर्ने नेपाली व्यवसायीहरु अहिले पलायन भएका छन् । आयात गर्ने व्यवसायीहरु पनि चिनियाँ नाका छोडेर भारतीय नाकातर्फ ‘डाइभर्ट’ हुनु परेको छ ।नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष अशोककुमार श्रेष्ठ पनि आवागमन सहज बनाउन पहल गरिदिन आग्रह गर्दै आफूहरु ज्ञापनपत्र बोकेर प्रधानमन्त्री कार्यालय, पराराष्ट्र मन्त्रालयको कार्यालय, उद्योग मन्त्रालयको ढोकाढोका धाउन थालेको महिनौँ भएपनि कतैबाट कुनै पहल नभएको बताउँछन् ।‘सदनमा ८ वटा १० वटा कन्टेनर छाडेर कति दिनमा काठमाडौँ सामान आइपुग्छ ? यता व्यवसायीहरु बैंकको ब्याज, गोदाम भाडा र कर्मचारी तलब तिर्दा तिर्दा कंगाल भएर पलायन भईसके, सामान अझै उतै छ’ उनी भन्छन् ।

चीनसँगको व्यापारमा समस्या

चीनमा कोरोना भाइरस शुरू भएपछि २०७६ फागुनबाट असहज बन्दै आएको उत्तरी नाका अझै पूर्ण सञ्चालनमा आएको छैन । चीनस“गको व्यापारमा आयातमा भन्दा निर्यातमा बढी समस्या देखिएको छ । अहिले चीनमा कोरोना संक्रमण नियन्त्रणमा आएको छ । तर, उसले उत्तरी नाका सहज रूपमा खुलाएका छैन । तैपनि रसुवागढी नाकाबाट गत आव २०७७/७८ मा १८ अर्बभन्दा बढीको मालवस्तु आयात भएको छ र सरकारले साढे ३ अर्बभन्दा बढी राजस्व प्राप्त गरेको छ । नेपालले आफ्नो प्रमुख व्यापारिक साझेदारहरूसँग आफूले भोग्नु परेका समस्या स्पष्ट रूपमा राखेर निर्यात वृद्धिका लागि पहल गर्नुपर्ने देखिन्छ । दैनिक ५० भन्दा मालवाहक कन्टेनरहरू पार हुने सीमामा अहिले १५ ओटा कन्टेनरमात्र आयात भइरहेको छ । यो पनि पछिल्लो समय केही बढेको देखिन्छ । नत्र चाँडै कुहिने फलफूललगायत वस्तुलाई प्राथमिकतामा राखेर दैनिक ४/५ ओटा मात्रै कन्टेनर छाड्ने गरिएको थियो । २ वर्षदेखि उत्तरी नाकामा रोकिएका कन्टेनरहरू अझै त्यहाँबाट नेपाल आउन नसकेको व्यापारीहरूको भनाइ छ । उत्तरी नाका असहज हुँदा व्यापारीहरूले बढी भाडा तिरेर जहाज र समुद्री मार्गबाट सामान आयात गर्नु परिरहेको छ । आर्थिक वर्ष २०७६/७७ को ११ महीनामा चीनतर्फ हुने निर्यात ४२ दशमलव १ प्रतिशतले घटेको थियो भने गत आवको सोही अवधिमा १७ दशमलव ४ प्रतिशतले घटेको छ । त्यस्तै अघिल्लो वर्षमा आयात ९ प्रतिशत घटेकामा गत आवमा २४ प्रतिशतले वृद्धि भएको छ । यसले चीनसँगको व्यापार अझै सहज हुन नसकेको तथ्यलाई देखाउँछ । व्यापारीहरूले चीनबाट सामान आयात गर्न असहज भएपछि मलेशिया आदि देशबाट सामान आयात गर्नुका साथै वैकल्पिक मार्गबाट पनि सामान ल्याएका थिए । त्यसैको परिणाम अहिले बजारमा विद्युतीय सामग्रीहरूको मूल्य बढेको छ । चीनसँगको व्यापारघाटा बढ्दो छ । चीनले नेपाललाई हजारौं वस्तुमा भन्सार सहुलियत दिएको छ । तर, त्यो नेपालको निर्यातयोग्य वस्तुमा छैन । निर्यातयोग्य वस्तु पनि चीन निर्यातमा सहज छैन । अहिले कोरोना कालमा त नेपाली निर्यातकर्ताले सामान निर्यात नै गर्न नसकेको व्यवसायीको भनाइ छ । चिनियाँ लगानी तथा चिनियाँहरू संलग्न व्यवसायका उत्पादनमात्रै निर्यात सहज भएको व्यवसायीहरूको भनाइ छ । नेपालको विशेष भौगोलिक अवस्थितिका कारण चीन नेपालमा अहिले पहिलाभन्दा निकै ध्यान दिन थालेको पाइन्छ । तर, व्यापार सहजीकरणमा भने उसले पर्याप्त साथ दिएको देखिँदैन । अहिले तिब्बतसम्म चीनको मुख्य भागबाट रेल सञ्चालन हुन थालेको छ । त्यसबाट नेपाली आयातकर्ताहरू लाभान्वित हुन सक्ने देखिन्छ । तर, नेपालीहरूलाई अहिले चीन जान सहज छैन । नेपालीहरूले चिनियाँ एजेन्टसँग सम्पर्क गरेर मात्रै सामान आयात गरिरहेको अवस्था छ । यस्तोमा नेपालीहरूलाई चीन जान तथा उत्तरी नाकाबाट सामान आयात गर्न सरकारले चीनलाई आग्रह गर्नुपर्ने देखिन्छ । चीनले आफ्नो देशको भ्याक्सिन लगाउनेलाई चीन प्रवेशमा सहज नीति लिएको छ । नेपालमा चीनमा उत्पादित भेरो सेल खोप सबैभन्दा बढी लगाइएको छ । थप खोप पनि चीनबाट नै खरीद हुँदै छ । यस्तोमा नेपाली व्यवसायी, ड्राइभर आदिलाई उत्तरी सीमाबाट चीन प्रवेश सहज गरिदिनुपर्छ । नेपालबाट निर्यात हुने वस्तुहरू पनि उत्तरी नाकाबाट निर्यात गर्न सहज बनाउन सरकारले पहल गर्नुपर्ने देखिन्छ । चिनियाँ राष्ट्रपति सी चिन फिङको नेपाल भ्रमणका बखतमा अम्लीय फलफूलको निर्यातका लागि सम्झौता भएको थियो । तर, त्यसको प्रक्रिया अगाडि बढ्न सकेको छैन । नेपालले निर्यात व्यापार बढाउन नसक्नुको यो एउटा उदाहरण हो । नेपालको प्रमुख व्यापारिक साझेदार भारत र चीनसँग मात्र होइन, विगतमा व्यापारघाटा नभएमा बंगलादेश र भुटानजस्ता देशसँग पनि व्यापारघाटा हुन थालेको छ । यो नेपालको निर्यात व्यापारको कमजोरीको सूचक हो । त्यसैले नेपालले आफ्नो प्रमुख व्यापारिक साझेदारहरूसँग आफूले भोग्नु परेका समस्या स्पष्ट रूपमा राखेर निर्यात वृद्धिका लागि पहल गर्नुपर्ने देखिन्छ ।

उत्तरी नाका छाड्दै व्यवसायी

व्यवसायी नारायण घिमिरेले चीनसँग जोडिएको तातोपानी र रसुवागढी नाका छाडेर भारतको कोलकाता बन्दरगाहबाट सामान आयात गर्न थालेको पाँच वर्ष बितेको छ ।