रसुवा : नेपाल–चीन बीचको उत्तरी नाका रसुवागढीबाट केरुङ जान पाउने परिचयपत्र सहजरूपले उपलब्ध गरिदिन व्यवसायीले आग्रह गरेका छन्। एकातिर व्यवसायी केरुङ जान नपाउँदा अर्काको भरमा सवारी साधन पठाउन बाध्य र अर्काेतर्फ टिमुरेदेखि केरुङसम्म २४ किमी दूरीको चर्को ज्याला तिर्न बाध्य भएको भन्दै केरुङ जान पाउने सीमापास सहजरूपले उपलब्ध हुन व्यवसायीले माग गरेका हुन्।गृह मन्त्रालयअन्तर्गतको अध्यागमन विभागले तय गरेको चीन प्रवेश सम्बन्धी कार्यविधि २०७६ बमोजिम रसुवागढी नाकाबाट चालक, कामदार एवं व्यापारी तथा