नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग्दै आज पनि प्रदर्शन गर्दा सर्वोच्च अगाडि मुठभेड भएको छ। बारले आज प्रधानन्यायाधीश जबरालाई कार्यकक्षमा प्रवेश गर्न नदिने तयारी गरेपछि सर्वोच्च परिसरमा कानुन व्यवसायी र केही महिलाहरुबीच मुठभेड भएको हो।
सर्वोच्च परिसर बाहिर प्रधानन्यायाधीश जबराको पक्षमा नाराबाजी गरेका महिलाहरुले बारका पदाधिकारी तथा…