काठमाण्डाै – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले वैदेशिक रोजगारीमा रहेका आप्रवासी श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याइने बताउनुभएको छ ।
गैरआवासीय नेपाली सङ्घले आज काठमाण्डाैमा आयोजना गरेको ‘वैदेशिक रोजगार, सामाजिक सुरक्षा, लगानी तथा वैदेशिक मुद्रा निक्षेप कार्यशाला’लाई सम्बोधन गर्दै उहाँले नेपालले वैदेशिक रोजगारीका गएका श्रमिकलाई सामाजिक सुरक्षामा आवद्ध गराउन नयाँ व्यवस्था गरिने बताउनुभयो । वैदेशिक रोजगारीबाट पठाएको रकम विलासिताका सामान आयात गर्न खर्च ...