काठमाडौं : बैदेशिक रोजगारीमा जानेहरुबाट अत्यधिक रकम लगि नक्कली पिसिआर रिपोर्ट बनाउने आठ जनालाई प्रहरीले पक्राउ गरेको छ। सिनामंगलमा रहेको सुरिया हेल्थकेयर प्रा.लि. र मेरिट मल्टी केयर मेडिकल सेन्टर प्रा.लि.का संचालक र कर्मचारी गरी आठ जनालाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो। सुरिया हेल्थकेयर प्रा.लि.का संचालक डा.सि.पी. श्रीकुमार र मेरिट मल्टी केयरका संचालक प्रकाश रायमाझी भन्ने चित्र रायमाझीले बैदेशिक रोजगारीमा जाने व्यक्तिहरुका लागि आवश्यक पर्ने पिसिआर रिपोर्ट नेपाल स