काठमाडौं । कोभिड–१९ परिक्षणको अनुमती लिएको काठमाडौंको सिनामंगल स्थित ‘सुरिया हेल्थ केयर प्रा.लि’ले स्वाव नै नलिइकन पिसिआर रिपोर्ट दिने गरेको थाहा भएको छ । महानगरीय अपराध महाशाखाको टोलीले मंगलबार छापा मारेपछि सो ल्याबको कर्तुत बाहिर आयो । डिएसपी दुर्गा रेग्मी नेतृत्वको टोलीले नक्कली पिसिआर रिपोर्ट बनाउने चिकित्सक सहित ८ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुरिया ल्याबका व्यवस्थापन प्रमुख समेत रहेका डा. खेलानन्द प्रसाद सिंह, सिनामंगलमा मेडिकल संचालन गरेर बस्ने चित्र