सामुदायिक वनमा फँडानी

पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकामा सामुदायिक वनले संरक्षणको नाममा व्यापक वन फँडानी गरेको छ । मध्यविन्दु नगरपालिका– १५ मा रहेको नवदुर्गा सामुदायिक वनले वन संरक्षणका लागि तारबार गर्ने बहानामा व्यापक वन फँडानी...

सम्बन्धित सामग्री

पर्सा र बारामा गाँजाखेती फँडानी तथा नष्ट

वीरगञ्ज- प्रहरीले पर्सा र बारा जिल्लामा लगाइएको गाँजाखेती फँडानी तथा नष्ट गरेको छ। प्रहरीले दुवै जिल्लामा गरी एक बिगाहा दुई कट्ठा क्षेत्रफलमा लगाइएको गाँजाखेती नष्ट गरेको हो। बाराको सिम्राैनगढ नगरपालिकाको वडा नम्बर २ र ७ खजानीमा लगाइएको प्रतिबन्धित गाँजा नष्ट गरिएकाे छ। इलाका प्रहरी कार्यालय, सिम्रौनगढबाट खटिएको प्रहरी टोलीले २० स्थानमा १२ कट्ठा क्षेत्रफलमा लगाइएको […]

वन फँडानी आरोपमा वडाध्यक्षसहित चार जना पक्राउ

रुकुमपश्चिम–  रुकुमपश्चिममा वनको रुख फँडानी गरेको आरोपमा चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा एक वडाध्यक्ष छन् ।  अवैध रूपमा सामुदायिक वन क्षेत्रका रूख फँडानी गरेको आरोपमा चौरजहारी नगरपालिका–११ का वडाध्यक्ष तुल्से ओलीसहित चार जनालाई डिभिजन वन कार्यालयले पक्राउ गरेको हो । पक्राउ पर्नेमा वडाध्यक्ष ओलीसहित ५१ वर्षीय कुले नेपाली, २६ वर्षीय विशाल केसी र […]

वन फँडानी प्रकरणः ११ वर्षपछि १ सय ८६ जनालाई सर्वोच्चले दियो सफाइ

काठमाडौं । सर्वोच्च अदालतले सामुदायिक वन फँडानी गरी भ्रष्टाचार गरेको आरोप लागेको एक मुद्दामा १ सय ८६ जनाले सफाइ पाएका छन् । डडेल्धुराका विभिन्न सामुदायिक वनका कर्मचारी, उपभोक्तासहित १ सय ८६ जनाले ११ वर्षपछि भ्रष्टाचारको आरोपबाट सफाइ पाएका हुन् । सर्वोच्चले सोमबार अन्तिम फैसला सुनाउँदै अभियोग दाबी नपुग्ने फैसला सुनाएको हो । न्यायाधीशद्वय अनिलकुमार सिन्हा […] The post वन फँडानी प्रकरणः ११ वर्षपछि १ सय ८६ जनालाई सर्वोच्चले दियो सफाइ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

न्यायाधीश घिमिरेविरुद्ध वन फँडानी अभियोग

काठमाडौं । काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेविरुद्ध वन मुद्दामा रिट दर्ता नगर्ने निर्णय महान्यायाधिवक्ता कार्यालयमा पुगेको छ । शिवपुरी राष्ट्रिय निकुञ्ज क्षेत्रको रूख काट्ने अनुमति नलिई फँडानी गरेको तथ्य भेटिएपछि न्यायाधीश घिमिरेलाई जिल्ला वन कार्यालयले एक वर्ष कैद सजाय माग गर्दै अनुसन्धानको फाइल जिल्ला सरकारी वकिल कार्यालयमा पुगेको थियो । वन कार्यालयको अभियोगपत्र अनुसार […] The post न्यायाधीश घिमिरेविरुद्ध वन फँडानी अभियोग appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

ब्राजिलको अमेजन वन फँडानी दर एक वर्षमा झण्डै १२ प्रतिशतले घट्यो

ब्राजिलको अमेजनमा एक वर्षमा वन फँडानी दर झण्डै १२ प्रतिशतले घटेको पाइएको छ । सन् २०२१ को अगष्टदेखि सन् २०२२ को जुलाईसम्म वन फँडानी दर ११ दशमलव २७ प्रतिशतले घटेको हो । नेसनल इन्स्टिच्युट फर स्पेस रिसर्चले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार पछिल्लो १२ महिनामा ११ हजार ५६८ वर्ग किलोमिटर वन विनाश भएको छ भने अघिल्लो १२ महिनामा १३ हजार ३८ वर्ग किलोमिटर वन विनाश भएको थियो । अमेजनको वन फँडानी दर विगत दुई दशक अर्थात् सन् २००४ देखि उच्च बिन्दुमा पुगेको थियो । यो अवधिमा अमेजनको २७ हजार ७०० वर्ग किलोमिटर जङ्गल नष्ट भएक...

वन फँडानी अभियोगमा नासा हाइड्रोलाई २६ लाख जरिवाना

नासा हाइड्रोपावरले निर्माण सुरु गरेको दोलखाको बिगु गाउँपालिका–१ स्थित लप्चे खोला जलविद्युत् आयोजनालाई वन फँडानी अभियोगमा २६ लाख जरिवाना गरिएको छ ।   आयोजना प्रवेश गर्ने सडक निर्माण गर्दा ३६३ रूख कटान...

चुरे क्षेत्रमा वन फँडानी अझै रोकिए

सिरहा । चुरे क्षेत्रमा भएको वन फँडानी अझै रोकिएको छैन । वन फँडानी र तस्करीमा सिरहाका वन कर्मचारीको मिलेमतो भएको बताइएको छ । वन कर्मचारीसँग सेटिङ मिलाएर समिल सञ्चालकहरूले काठ तस्करी गरिरहेको आरोप लगाइएको छ । सिरहा र उदयपुरको चुरे तथा समुदायिक वनमा तीव्र रुपमा वन फँडानी भइरहेको छ । वनकर्मीको सेटिङमा चुरे फेदका सहर […]

अनावश्यक वन फँडानी रोकिनुपर्नेमा मन्त्री थापाको जोड

गण्डकी, १ फागुन: गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाले अनावश्यक वन फँडानी रोकिनुपर्ने बताएका छन् । प्रजातान्त्रिक वन प्राविधक सङ्घ नेपाल गण्डकी प्रदेशको प्रथम अधिवेशनको आज पोखरामा उद्घाटन गर्दै उनले नेपालमा अनावश्यक रुपमा वन फँडानी भइरहेको र यसको संरक्षणमा लाग्नुपर्ने आवश्यकता औँल्याए । “अनावश्यक रुपमा वन फँडानी हुँदा प्राकृतिक विपत्ति जस्ता समस्या […]

विमानस्थलको झाडी फँडानी गरियो

नेपालगञ्ज विमानस्थल आसपासको ९० बिघामा फैलिएको झाडी फँडानी गरिएको छ । झाडी फँडानी गर्ने काम चलिरहेको छ । विमानस्थल आसपासमा ठूलो झाडी हुँदा त्यहाँ रहेका जंगली जनावर धावन मार्गमा आएर जहाज सँग ठोकिने गरेपछि विमानस्थल कार्यालयले झाडी फँडानी गरेको हो ।

गाँजा फँडानी गर्दै प्रहरी

मान्म, २४ साउन: समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत जिल्ला प्रहरी कार्यालय कालीकोटको आयोजनामा खाँडाचक्र नगरपालिका–१ मान्ममा प्राकृतिक रुपमा उम्रिएका गाँजा नष्ट गरिँदै । तस्वीरः मिमबहादुर रावल-रासस