गाँजा फँडानी गर्दै प्रहरी

मान्म, २४ साउन: समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत जिल्ला प्रहरी कार्यालय कालीकोटको आयोजनामा खाँडाचक्र नगरपालिका–१ मान्ममा प्राकृतिक रुपमा उम्रिएका गाँजा नष्ट गरिँदै । तस्वीरः मिमबहादुर रावल-रासस

सम्बन्धित सामग्री

पाँच कठ्ठा खेतमा लगाइएको गाँजाको बोट फडानी गरी नष्ट

प्रहरीले सिरहाको धनगढीमाई नगरपालिका ८ चियाबारीमा अवैध रुपले लगाइएको करिब पाँच कठ्ठा खेतको गाँजा फडानी गरी नष्ट गरेको छ ।  जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार मंगलबार धनगढीमाई नगरपालिका ८ चियाबारी...

नष्ट गरियो कोशी क्षेत्रमा लगाइएको गाँजा

मोरङ – कोशी प्रदेशका विभिन्न जिल्लाभित्र साढे ३ हजार क्षेत्रमा लगाइएको गाँजा प्रहरीले नष्ट गरेको छ। विराटनगरस्थित कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार ०८०/८१ को कात्तिकसम्म उदयपुर, धनकुटा, खोटाङ र भोजपुरमा लगाइएको ३ हजार ५ सय ५४ रोपनी क्षेत्रफलमा खेती गरिएको लागुऔषध गाँजाको बोट फँडानी गरेको हो। यस क्रममा प्रहरीले १८ लाख ३० हजार ८ सय […]

पर्सा र बारामा गाँजाखेती फँडानी तथा नष्ट

वीरगञ्ज- प्रहरीले पर्सा र बारा जिल्लामा लगाइएको गाँजाखेती फँडानी तथा नष्ट गरेको छ। प्रहरीले दुवै जिल्लामा गरी एक बिगाहा दुई कट्ठा क्षेत्रफलमा लगाइएको गाँजाखेती नष्ट गरेको हो। बाराको सिम्राैनगढ नगरपालिकाको वडा नम्बर २ र ७ खजानीमा लगाइएको प्रतिबन्धित गाँजा नष्ट गरिएकाे छ। इलाका प्रहरी कार्यालय, सिम्रौनगढबाट खटिएको प्रहरी टोलीले २० स्थानमा १२ कट्ठा क्षेत्रफलमा लगाइएको […]

गाँजा फाँड्न खटाइएका प्रहरी तुरुन्त फिर्ता बोलाउः सांसद राई

खोटाङ । खोटाङका प्रतिनिधिसभा सदस्य रामकुमार राई पासाङले गाँजा फाँड्न खटाइएका प्रहरीलाई फिर्ता बोलाउन माग गरेका छन् । बुधबार सामाजिक सञ्जालमार्फत प्रतिनिधिसभा सदस्य राईले उदयपुर र खोटाङमा गाँजा फाँड्न परिचालन भएका प्रहरी टोलीलाई फिर्ता बोलाउन गृह–मन्त्रालयको ध्यानकार्षण गराएका छन् । प्रहरीले गाँजा फँडानी गरिरहेको बेला प्रतिनिधिसभा सदस्य राईको यस्तो धारणा आएको हो । सांसद राईले […] The post गाँजा फाँड्न खटाइएका प्रहरी तुरुन्त फिर्ता बोलाउः सांसद राई appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

गाँजा नष्ट अभियान

कर्णाली प्रदेशका विभिन्न क्षेत्रमा प्राकृतिक रूपमा रहेका गाँजाका बोट फँडानी सुरु गरिएको छ। नागरिक समाज, स्थानीय प्रहरीको सहभागितामा अभियानकै रूपमा गाँजा फँडानी थालिएको हो। हुम्ला समाचारदाताका अनुसार जिल्ला प्रहरी कार्यालयले सदरमुकाम सिमकोट क्षेत्रको गाँजाका बोटहरू नष्ट गरेको छ। समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत प्रहरीले गाँजाका बोटहरू फँडानी गरेको हो। प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले हुम्लामा गाँजा प्रशस्त उत्पादन हुने र त्यसलाई प्रहरीले अभियानकै रूपमा नष्ट गर्न लागेको जानकारी दिनुभयो। उहाँले प्रहरीले दुई दिनमै १९ हजारभन्दा बढी गाँजाका बोट नष्ट गरेको जानकारी दिनुभयो। सदरमुकाममा सिमकोट विमानस्थल, कालासिल्सा, मानसरोवर माध्यमिक विद्यालय, शिव मन्दिरलगायतका क्षेत्रमा नियमित रूपमा प्रहरीले गाँजा नष्ट गरिरहेको बताइएको छ। यस कार्यका लागि ३० जना प्रहरी खटिएको जनाइएको छ।

राक्सिराङका लागि अभिशाप बन्दै ‘गाँजा’

हेटौंडा : राक्सिराङ गाउँपालिका सीमान्तकृत चेपाङ समुदायको बाहुल्य भएको र शिक्षा, स्वास्थ्य, रोजगारीसँगै विकासका आयामबाट टाढा रहेको ठाउँ। जसलाई मकवानपुरको कर्णाली भनेर पनि चिनिन्छ।उसो त राक्सिराङ गाउँपालिका गाँजा उत्पादन हुने ठाउँको रूपमा पनि नचिनिएको होइन।राक्सिराङमा गाँजा उत्पादन मात्रै हुँदैन, प्रहरीले दैनिकजसो गाँजासहित लागुऔषध ओसारपसार गर्नेलाई पक्रने ठाउँ पनि हो।वर्षेनि सयौं प्रहरी परिचालन गरेर गाँजा फँडानी गर्दै आए पनि राक्सिराङमा न त उत्पादन रोकिएको छ न ओसारपसार गर्ने क्रममा पक्र

चुरे क्षेत्रमा गाँजा फडानी

सिराहाको उत्तरी क्षेत्रमा पर्ने लहान नगरपालिका १६ तरेगना गोविन्दपुरको चुरे जंगल क्षेत्र नजिकै प्रहरीले मंगलबार बिहान करिब आठ सय बोट गाँजाको बोट फडानी गरी नष्ट गरेको छ ।  इलाका प्रहरी कार्यालय...

प्रदेश २ मा ११ विगहा अवैध गाँजा खेती नष्ट

पर्सा ।  सशस्त्र प्रहरीले सर्लाही र महोत्तरीमा ठूलो मात्रामा अवैध गाँजा खेती नष्ट गरेको छ ।सशस्त्र प्रहरी प्रदेश नम्बर २ का प्रमुख डीआईजी गणेश ठाडा मगर नेतृत्वको टोलीले आइतबार ८ विगहा क्षेत्रफलमा लगाएको गाँजा खेती फँडानी गरी नष्ट गरेको हो । एकडाँरा गाउँपालिका ५ गोनाहा बथनाहा, वडा नम्बर ३ अजम्वरपट्टी, वडा नम्बर ४ रानिरतुवा लगायतको […]

सर्लाहीको नारायण खोलामा ६ विघाको गाँजाखेती फँडानी

प्रहरीले सर्लाहीको लालबन्दी नगरपालिका–१४, नारायण खोलामा ६ बिघा जमिनमा गरिएको गाँजा खेती फँडानी गरेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले नारायण खोलास्थित कामिटार, मोटरदोभान, तोरी बारी, हात्तीसुँढे र ब्रह्मस्थानमा लगाइएको गाँजा खेती नष्ट गरेको हो ।