ब्राजिलको अमेजनमा एक वर्षमा वन फँडानी दर झण्डै १२ प्रतिशतले घटेको पाइएको छ । सन् २०२१ को अगष्टदेखि सन् २०२२ को जुलाईसम्म वन फँडानी दर ११ दशमलव २७ प्रतिशतले घटेको हो ।
नेसनल इन्स्टिच्युट फर स्पेस रिसर्चले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार पछिल्लो १२ महिनामा ११ हजार ५६८ वर्ग किलोमिटर वन विनाश भएको छ भने अघिल्लो १२ महिनामा १३ हजार ३८ वर्ग किलोमिटर वन विनाश भएको थियो । अमेजनको वन फँडानी दर विगत दुई दशक अर्थात् सन् २००४ देखि उच्च बिन्दुमा पुगेको थियो ।
यो अवधिमा अमेजनको २७ हजार ७०० वर्ग किलोमिटर जङ्गल नष्ट भएक...