कोरोना महामारीबीच यार्सा सङ्कलन शुरु

सुदूरपश्चिमका उच्च हिमाली क्षेत्रका बासिन्दाको मुख्य आम्दानीको स्रोत रहेको यार्सागुम्बा तथा जडिबुटी संकलका लागि यस वर्ष कोरोना संक्रमणको कहरले छोएन । यार्सा सङ्कलनको याम शुरु भएसँगै कोरोना महामारीबीच यार्सा सङ्कलन गर्न लेकतिर जानेको घुइँचो लाग्न थालेको छ । बझाङको साइपाल, तलकोट, सुर्मा, मष्टा, छबीस पाथीभेरा गाउँपालिका र बुङ्गल नगरपालिका बासिन्दा लेकतिर जान थालेका हुन् । …

सम्बन्धित सामग्री

यार्सा खोज्न विद्यार्थी लेकतिर लागेपछि एक महिना विद्यालय बन्द

साइपाल, जेठ १। बझाङको साइपाल गाउँपालिकाभित्रका विद्यालय भोलिदेखि एक महिनासम्मका लागि बन्द गरिने भएको छ । अभिभावकसँगै विद्यालय जाने उमेरका बालबालिका यार्सा सङ्कलन गर्न लेकतिर जाने भएपछि विद्यालय बन्द गरिएका हुन् । उत्तरी भेगका काँडा मावि, धलौन माविलगायतका विद्यालय बन्द हुनेछन् । अधिकांश विद्यार्थी यार्सा सङ्कलन गर्न लेकतिर हिँडेपछि विद्यालय बन्द गर्नुपरेको धलौन माविका सहायक […]

यार्सा सङ्कलन गर्न भीड

काठमाडौँ,१८ जेठ । यार्सा सङ्कलनका लागि जुम्लाको पाटन क्षेत्रमा भीडभाड हुन थालेको छ । जिल्लामा आर्थिक स्रोतको रुपमा यार्सागुम्बा सङ्कलनलाई लिइने गरिन्छ । यार्सा सङ्कलनका लागि पाटनतिर लागेका कारण जिल्लाका अधिकांश ग्रामीण बस्ती सुनसान बनेको जनाइएको छ । गाउँघरबाट पाटन जानेको लर्को लागेको गुठीचौर गाउँपालिकाका स्थानीय व्यापारी दीपक बोहोराले जानकारी दिए । यार्सागुम्बा सङ्लनको लागि […]

यार्सा सङ्कलन गर्न भीड

खलङ्गा । यार्सा सङ्कलनका लागि जुम्लाको पाटन क्षेत्रमा भिडभाड हुन थालेको छ । जिल्लामा आर्थिक स्रोतको रुपमा यार्सागुम्बा सङ्कलनलाई लिइने गरिन्छ । यार्सा सङ्कलनका लागि पाटनतिर लागेका कारण जिल्लाका अधिकांश ग्रामीण बस्ती सुनसान बनेको जनाइएको छ । गाउँघरबाट पाटन जानेको लर्को लागेको गुठीचौर गाउँपालिकाका स्थानीय व्यापारी दीपक बोहोराले जानकारी दिए । यार्सागुम्बा सङ्लनको लागि तातोपानी, […]

डोल्पामा जेठ ११ गतेदेखि यार्सा सङ्कलन खुला गरिने

डोल्पा जिल्लामा यार्सागुम्बा सङ्कलनका लागि यही जेठ ११ गतेदेखि खुला गरिने भएको छ । शनिबार सदरमुकाम दुनैमा जिल्ला समन्वय समिति डोल्पाका प्रमुख शेरबहादुर बुढाको अध्यक्षतामा जिल्लाका विभिन्न निकायका प्रमुख प्रतिनिधिको सहभागितामा बसेको बैठकले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जभित्र र विभिन्न सामुदायिक वनमा रहेका यार्सा पाटन आगामी असार १० गतेसम्म  सङ्कलन गर्न पाउने निर्णय गरेको हो । स्थानीयवासी यार्सागुम्बा सङ्कलनबाट आम्दानीले लिन गर्दछन् । कोभिड–१९ सङ्क्रमणका कारण लामो समयसम्म सर्व

यार्सा सङ्कलन हत्याकाण्डका कैदीबन्दीको कैद मिनाहा

मनाङ- विसं २०६६ असार २६ मा यार्सागुम्बा सङ्कलनमा आएका सात गोर्खाली युवाको हत्या गरी कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका कैदीबन्दीको कैद मिनाहा गरिएको छ । संविधान दिवसको अवसरमा कर्तव्य ज्यान मुद्दामा सामूहिक हत्यामा संलग्न भई जिल्ला कारागार मनाङमा कैद सजाय भुक्तान गरिरहेका पाँच कैदीबन्दीको कैद मिनाहा गरिएको हो । कर्तव्य ज्यान मुद्दाका पाँच जनाको […]

बझाङ : हिउँ परेपछि यार्सा सङ्कलन गर्न गएकाहरू गाउँ फर्कन थाले

बझाङ – बझाङमा यार्सा सङ्कलन गर्ने ठाउँमा हिउँ परेपछि यार्सा सङ्कलकहरू गाँउ फर्कन थालेका छन् । वैशाखको पहिलो हप्ता यार्सा सङ्कलन गर्न लेक पुगेका स्थानीयवासी घर फर्कने क्रम बढेको त्यहाँका दिनेशबहादुर बोहराले बताउनुभयो ।  सुर्मा गाउँपालिकाको धाना, वारीकुण्ड चुवाबन, विरुओडार, पल्लो खोला, डाँडा, लेकी, धानसेरी, बुंगल नगरपालिकाको यार्सा सङ्कलन गर्ने सबै ठाँउमा हिमपातका कारण यार्सा सङ्कलन गर्न गएकाहरू घर फर्कन थालेका हुन् ।  तीन–चार दिन घर बसेर फेरि उनीहरू हिउँ पग्लन थालेपछि यार्सा सङ्कलन गर्न लेकतिर ज...

यार्सा सङ्कलन क्षेत्रमा निःशुल्क उपचार तथा औषधि वितरण

बझाङको साइपाल गाउँपलिकाका यार्सा सङ्कलन क्षेत्रमा गएका व्यक्तिहरुको निःशुल्क स्वास्थ्य सेवा तथा औषधि वितरण गरिएको छ । साइपाल गाउँपालिकाको स्वास्थ्य शाखाले यार्सा सङ्कलन क्षेत्र राइढुङ्गी, माँझा, औलागाडलगायतका ठाउँमा रहेका यार्सा सङ्कलक, अस्थायी होटल व्यवसायी तथा भेडाबाख्रा व्यवसायीलाई निःशुल्क स्वास्थ्योेपचार तथा औषधि वितरण गरिएको काँडा स्वास्थ्य चौकीले जनाएको छ ।  स्वास्थ्य चौकीका अहेव लोकेन्द्र जेठाराले स्वास्थ्यकर्मीको टोलीले यार्सा सङ्कलन क्षेत्रमा रहेका प्रत्येक पालमा गएर स्वास्थ्य उपचारका साथै निःशुल्क औषधी समेत वितरण गरेको ...

महामारीको बेला यार्सा सङ्कलन गर्न लेकतिर लर्को

बझाङ – देशका अरु ठाउँमा जस्तै बझाङमा पनि कोरोनाको संक्रमण बढिरहेको छ । गएको वर्ष भारतबाट आउनेहरुलाई पालिकाहरुले क्वरेण्टीन बनाएर सुरक्षित ठाउँमा राख्ने गरेका थिए । यस वर्ष भने कुनै पनि पालिकाले यस्तो नगरी सोझै होम क्वरेण्टीनमा बस्न आग्रह गर्दै घर पठाउने गरेका छन् । तर यसरी भारतबाट आउनेहरु होम क्वरेण्टीन बस्नुको साटो गाउँघरमा घुलमिल हुने गरेका कारण झन् जोखिम बढेको छ ।  यहीबेला यार्सा संकलनको सिजन पनि भएका कारण भारतबाट आउनेहरु यार्सा संकलन गर्न लेकतिर जान थालेका छन् ।  जिल्लामा निषेधाज्ञा लगाइएको भए ...

यार्सा सङ्कलन घट्दै, मूल्य बढ्दै

वर्षैपिच्छे बहुमूल्य जडीबुटी यार्सागुम्बाको सङ्कलन घट्दो क्रममा छ भने यसको मूल्य बढ्दो क्रममा छ। बुकी पाटनमा पाइने यार्सागुम्बा वर्षैपिच्छे कम हुँदै गएपछि मूल्य बढ्दै गएको हो। जिल्लाको पुथाउत्तरगङ्गा गाउँपालिका–१, २ र ३ का बुकी पाटनमा यार्सा पाइन्छ। यस वर्ष यार्सा खोज्न गएकाहरूले विगतमा भन्दा राम्रो मूल्य पाएको बताएका छन्। वैशाखको दोस्रो हप्ताबाट सुरु भएको यार्सा सङ्कलन कार्य असार २५ गते सकिएको छ।