बझाङ – बझाङमा यार्सा सङ्कलन गर्ने ठाउँमा हिउँ परेपछि यार्सा सङ्कलकहरू गाँउ फर्कन थालेका छन् । वैशाखको पहिलो हप्ता यार्सा सङ्कलन गर्न लेक पुगेका स्थानीयवासी घर फर्कने क्रम बढेको त्यहाँका दिनेशबहादुर बोहराले बताउनुभयो ।
सुर्मा गाउँपालिकाको धाना, वारीकुण्ड चुवाबन, विरुओडार, पल्लो खोला, डाँडा, लेकी, धानसेरी, बुंगल नगरपालिकाको यार्सा सङ्कलन गर्ने सबै ठाँउमा हिमपातका कारण यार्सा सङ्कलन गर्न गएकाहरू घर फर्कन थालेका हुन् ।
तीन–चार दिन घर बसेर फेरि उनीहरू हिउँ पग्लन थालेपछि यार्सा सङ्कलन गर्न लेकतिर ज...