बझाङ – बहुमूल्य जडीबुटी यार्सागुम्बाले मूल्य नपाउँदा बझाङका यार्सा सङ्कलक समस्यामा परेका छन् । पछिल्ला केही वर्षयता यार्साको मूल्य घट्दै जानथालेको छ । यार्सा सङ्कलकहरू वैशाख दोस्रो हप्तादेखि दुई महिनाका लागि गाँसबासका आवश्यक सामानसहित सङ्कलन गर्ने क्षेत्र जाने गर्दछन् । उनीहरू तीन महिना यार्सा सङ्कलन क्षेत्रमै त्रिपाल टाँगेर बस्छन् ।
एकातिर यार्सा सङ्कलनमा कमी आएको र अर्काेतिर बजार मूल्य नपाउँदा मार्कामा परेको साईपाल गाउँपालिका १ का मिलन धामीले बताउनुभयो । ‘पोहोर साल यार्सा सङ्कलन गर्न सकिएन । दुई वर्षअघि...