बझाङ – देशका अरु ठाउँमा जस्तै बझाङमा पनि कोरोनाको संक्रमण बढिरहेको छ । गएको वर्ष भारतबाट आउनेहरुलाई पालिकाहरुले क्वरेण्टीन बनाएर सुरक्षित ठाउँमा राख्ने गरेका थिए । यस वर्ष भने कुनै पनि पालिकाले यस्तो नगरी सोझै होम क्वरेण्टीनमा बस्न आग्रह गर्दै घर पठाउने गरेका छन् । तर यसरी भारतबाट आउनेहरु होम क्वरेण्टीन बस्नुको साटो गाउँघरमा घुलमिल हुने गरेका कारण झन् जोखिम बढेको छ ।
यहीबेला यार्सा संकलनको सिजन पनि भएका कारण भारतबाट आउनेहरु यार्सा संकलन गर्न लेकतिर जान थालेका छन् । जिल्लामा निषेधाज्ञा लगाइएको भए ...