काठमाडौं : जिरोनाले रियाल मड्रिडलाई पछि पार्दै ला लिगा तालिकाको शीर्ष स्थानमा फर्कने अवसर गुमाएको छ। गएराति भएको खेलमा एथ्लेटिक बिल्बाओसंग एक–एक गोलको बराबरीमा रोकिएपछि जिरोना दुई अंकको अग्रता लिनबाट चुकेको हो।घरेलु टोली जिरोना र बिल्बाओबीच खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दुवैले पाएका अवसरको सदुपयोग गर्न सकेनन्। दोस्रो हाफको ५५ औं मिनेटमा भिक्टर सियान्कोभले आफ्नो टिमका लागि गोल गरेका थिए। तर जिरोनाले आफ्नो अग्रता जोगाउन सकेन। ६७ औं मिनेटमा बिल्बाओका इयान्