ओमान सरकारले ओमानमा कागजातविहीन भएर बसेका नेपाली आप्रवासी श्रमिकलाई बिनाजरिवाना स्वदेश फर्किने मौका दिएको छ ।
ओमानस्थित नेपाली दूतावासले सूचनामार्फत ओमानको श्रम मन्त्रालयको स्वीकृति लिएर डिसेम्बर ३१ सम्म ओमान छोड्ने अवसर दिएकाले कागजविहीन भएर बसेका नेपालीलाई अवसर लिन आग्रह गरेको हो ।
दूतावासका अनुसार यो अवसर सदुपयोग गर्दै स्वदेश फर्किएमा श्रम र भिसासम्बन्धी कुनै पनि जरिवाना लाग्नेछैन ।