दश वर्षपछि सञ्चालनमा आयो कमला पुल

सिन्धुलीको दुधौली नगरपालिका–२ रतनपुर निवासी शम्भु माझी पुल बन्नु अघि कमला नदीले बर्सेनि बगाएका मानिस अझै झल्झली सम्झिनु हुन्छ । ‘बर्षादको मौसममा कमला नदी वारपार गर्ने क्रममा कम्तीमा पनि चार÷पाँच जनाले ज्यान नगुमाएको वर्ष हुदैनथ्यो,’ उहाँले भन्नुभयो, ‘कमला नदीमा पुल बनेर सञ्चालनम आएसँगै ती सबै एकादेशको कथा बनेका छन् ।’

सम्बन्धित सामग्री

कमला नदीको झोलुंगे पुलमा आवतजावत खुला

जनकपुरधाम। धनुषा र सिरहा जोड्ने कमला नदीमा झोलुंगे पुलको निर्माण सम्पन्न भएसँगै आवतजावतका लागि खुला गरिएको छ । पुल संघीय सरकारको २८ करोड रुपैयाँ लागतमा निर्माण भएको हो । सिरहाको सिरहा नगरपालिका–१३ मलहनिया र धनुषाको जनक नन्दिनी गाउँपालिका–६ कठाललाई जोड्ने उक्त झोलुंगे पुल १ हजार ५ सय १ मिटर लामो र चार फिट चौडाई रहेको बताइएको छ । निर्माण कम्पनी थानी निर्माण सेवा काठमाडौंका इन्जिनियर विनोद कुमार मण्डलले कमला नदीमा निर्माण भएको यो झोलुगें पुल देशकै सबैभन्दा लामो भएको दाबी गरे । २०७९ असोज १ गते ठेक्का सम्झौता भएर निर्माण शुरू भएको पुलको ठेक्का अवधि आगामी असार मसान्तसम्म भएपनि ६ महीना अगावै निर्माण सम्पन्न भएको हो । पुल सञ्चालनमा आएसँगै जनकपुरधाम–सिरहा आवतजावतमा स्थानीयले भोग्दै आएको समस्या हटेको स्थानीय सन्तोष यादवको भनाइ छ । पुलबाट दैनिक करीब ४ हजार जना ओहोरदोहोर गर्दै आएको उनको भनाइ छ । पुल नहुँदा सिरहाबाट ३५ किलोमिटरको दुरीमा रहेको जनकपुरधाम पुग्न पूर्वपश्चिम राजमार्ग तथा भारतको बाटो भएर पुग्नु पर्ने बाध्यता थियो ।  हुलाकी राजमार्गअन्तर्गत कमला नदीमा निर्माण भएको कमला पुल उद्घाटनअघि नै भत्किएपछि आवतजावतमासमस्या भएको बेला झोलुंगे पुलको निर्माणले स्थानीयलाई राहात मिलेको स्थानीय धर्मेन्द्र शर्माको भनाइ छ ।

जोखिमपूर्ण बन्दै कमला नदीको काठे पुल

सिरहा । दैनिक हजारभन्दा बढी मोटरसाइकल आवतजावत हुँदै आएको हुलाकी सडकअन्तर्गत धनुषा–सिरहा जोड्ने कमला नदीमा सञ्चालनमा आएको काठको पुल जीर्ण बन्दै गएको छ । वर्षायाम शुरु भएसँगै गत असारदेखि नदीमा पानीका बहाव बढेपछि सिरहा नगरपालिकाले तत्कालका लागि बाँस प्रयोग गरी अस्थायी प्रकृतिको काठको पुल बनाएको थियो ।  १२ वर्षदेखि निर्माणाधीन कमलाको पक्की पुल समयमा सम्पन्न नहुँदा यात्रु अस्थायी पुलमा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । बर्खायाममा हुलाकी मार्गका यात्रु तथा नदी वारिपारिका दुवै जिल्लाका स्थानीयवासीलाई आवतजावत गर्न सास्ती पर्ने गरेको छ ।  ‘नजिकैको बजार पनि यतै छ, नातेदार पनि यतै छन्,’ पुल तरेर सिरहा बजार आएका धनुषाको कमला नगरपालिका निवासी अन्सारुल राइनले भने, ‘बिहानसम्म आवतजावत सहज थियो । तर, अहिले दिउँसो पुलमाथिका काठ भाँचिन लागेछन् । स्थानीय युवाले काठका फलेकमा काँटी ठोकेर मर्मत गरेकाले जसोतसो पुल पार गरियो ।’ नगरपालिकाले यही काठको पुल पनि मर्मतसम्भारमा ध्यान नदिएको उनले गुनासो गरे ।   यात्रुलाई नदी वारपार गर्नलाई नजिकैको अर्को कुनै विकल्प नभएको सिरहा नगरपालिका—६ का वडा सदस्य उमेश यादव बताउँछन् । ‘यहाँको दुर्गति भनेकै यो पक्की पुल निर्माणमा ढिलाइ गर्नु हो । विकल्पको रूपमा आवतजावत गर्नलाई कि त पूर्व–पश्चिम महेन्द्र राजमार्ग मिर्चैया—कर्जना भएर वा सीमावर्ती भारतीय बजार जयनगर पुगेर करीब दुई घण्टा लामो यात्रा गर्नुपर्छ,’ यादवले भने, ‘निर्माणाधीन पक्की पुल बन्छ र सहज यात्रा होला भनेर आशामै बसेको पनि एक दशकभन्दा बढी भइसक्यो । खोइ कहिले सम्पन्न हुने हो कुनै निश्चित छैन ।’ हुलाकी सडकअन्तर्गत धनुषा–सिरहा जोड्ने कमला पुल निर्माण सम्झौता भएको १२ वर्षपछि सञ्चालन नहुँदै दुई वर्षअघि भाँसिएको थियो । विसं २०६८ मा तीन वर्षभित्र पुल निर्माण गरिसक्ने सम्झौता भएको थियो तर पटक पटक म्याद थपेर करीब १० वर्ष लाग्यो ।  निर्माण कम्पनीले ९५ प्रतिशतभन्दा बढी काम सम्पन्न भई उद्घाटनको तयारी गरिरहेकै बेला विसं २०७८ असार र कात्तिकमा आएको बाढीले पुल भाँसिएपछि पुनःनिर्माणको काम तत्काललाई अनिश्चित भयो । निर्माण कम्पनी लुम्बिनी विल्डर्स कन्सट्रक्सनले आगामी चैत मसान्तसम्म भाँसिएको पुल पुनःनिर्माण गर्ने गरी काम शुरु गरेको थियो । तर, कमला नदीमा बढेको पानीको बहावका कारण पुनःनिर्माणको काम असार नलाग्दै रोकियो । निर्माण कम्पनीका अनुसार तिहार तथा छठ पर्वपछिबाट रोकिएको पुल निर्माणको काम पुनः सञ्चालन हुनेछ। रासस

उद्घाटन नहुँदै भासिएको पुलको स्ल्याप पनि झर्‍यो

हुलाकी सडक संघर्ष समितिका संयोजक रामरिजन यादवले हुलाकी सडक अन्तर्गतको कमला पुल सञ्चालनमा नआउँदै भत्किएपछि आइतबारदेखि फेरि संघर्ष थाल्ने जानकारी दिए । आइतबार सिरहा सदरमुकाममा प्रदर्शन गर्ने र पुल निर्माणको टुंगो नलागेसम्म चरणबद्ध रुपमा संघर्षलाई निरन्तरता दिने यादवले बताए

१० वर्ष लगाएर बनाइँदै गरेको कमला पुल सञ्चालनमा नआउँदै भासियो

जनकपुरधाम : सिरहा–धनुषा जोड्ने कमला नदीको पुल सञ्चालनमा नआउँदै भासिएको छ। आज बिहानको बाढीले पुलको एउटा पिलर भासिएको हो।सञ्चालनको तयारी भइरहेको बेला पुलको एउटा पिलर भासिएको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीप कँडेलले जानकारी दिए। उनका अनुसार पुलमा १२ स्पान (पिलर) रहेको छ। जसमध्ये एउटा एक फिट भासियो। पुलको निर्माण डिजाइनअनुसार काम नभएको वा डिजाइन नै गलत भएकाले भासिएको हुन सक्ने प्रजिअ कँडेल बताउँछन्। ४७० मिटर लामो पुल मात्र ४२ महिनामा बनाउने सम्झौता पप्पु कन्स्ट्रक्सनले

धनुषा–सिरहा जोड्ने निर्माणाधीन कमला पुल भासियो

धनुषा–सिरहाको सिमावर्ती क्षेत्रस्थित हुलाकी राजमार्गमा निर्माणाधीन कमला पुल भासिएको छ ।  ०७८ साल असार १३ गते हस्तान्तर गरी सञ्चालनमा ल्याउने भन्दै सम्झौता भएको उक्त पुल सञ्चालनमा नआउँदै भासिएको हो ।सिरहाको बसपिट्टा घाटस्थित निर्माणाधीन उक्त पुलको स्पान भासिएपछि तत्काल सञ्चालन हुने सम्भावना टरेको छ । धनुषा र सिरहा जिल्लालाई जोड्ने पुलको १२ वटा स्पानमध्ये पूर्व–पश्चिमतर्फको दोस्रो स्पान भासिएको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले जानकारी दिए । कँडेलले भने– &lsquo

विकासको दुर्गतीः २४ करोडको पुल संचालनमा नआउँदै भासियो

सिरहाको बसपिट्टा घाटस्थित निर्माणाधीन धनुषा र सिरहा जोडने कमला पुल भाँसिएको छ। हुलाकी राजमार्ग अन्तर्गत पर्ने यो पुल सञ्चालनमा नआउँदै भासिएको हो । पुलको १२ वटा स्पानमध्ये पूर्वबाट पश्चिमतर्फको दोस्रो स्पान भासिएको ...

कमला पुल सञ्चालन गर्ने प्रतिबद्धता

धनुषा र सिरहालाई जोड्ने हुलाकी सडकअन्तर्गतको कमला पुल आगामी एक वर्षभित्र सञ्चालनमा आउने सरोकारवालाले दाबी गरेका छन् । हुलाकी सडक सङ्घर्ष समितिले ‘कमला पुलको दुर्दशा र हुलाकी सडकको अवस्था’ अन्तरक्रियामा सरोकारवालाले यस्तो दाबी गरेका हुन् ।