बर्डफ्लूको उच्च जोखिमका कारण भारतबाट कुखुरा र पक्षीजन्य वस्तु आयातमा प्रतिबन्धपछि मासु बनाएर नेपालगन्ज तस्करी हुने गरेको पाइएको छ । आइतबार भारतको दिल्लीबाट नेपालगन्ज ल्याउँदै गरेको ठूलो परिणामको कुखुराको मासु भन्सारमा बरामद भएपछि तस्करीको नयाँ तरिका सार्वजनिक भएको हो ।