बडा दसैँ घर आँगनमै आइसकेको छ । परापूर्व कालदेखि नै दसैँमा हरेक घरमा खसी, राँगा, बँदेल वा कुखुरा काटेर मासुका परिकार खाने र टीका थाप्न आउने इस्टमित्रलाई खुवाउने चलन छ । आफ्नो गच्छेअनुसार हरेक घरले पशुपक्षी काट्ने हुँदा अन्य समयको तुलनामा धेरै मासु राखेर लामो समयसम्म खाने गरिन्छ । मासु स्वस्थको लागि फाइदाजनक भएता पनि उपयुक्त तरिकाले तयारी, भण्डारण र सेवन नगर्दा चाडको समयमा मानिसहरू बिरामी पर्नेदेखि ज्यानै जाने जोखिम हुन्छ । त्यसैले दसैँको समयमा मासुको उपभोगबाट आइपर्ने समस्याबाट बच्