कुखुरा बोक्ने खोरमा मासु ढुवानी : अनुगमन टोलीबाट बिक्रीमा रोक

जिउँदो कुखुरा बोक्न खोर बनाइएको गाडीमा कुखुराको मासु ढुवानी हुने गरेको पाइएको छ । आज काठमाडौँ महानगरको अनुगमन टोलीले वडा नं. ६ चुच्चेपाटीमा ढुवानीकै क्रममा गाडी भेटेको हो । प्र.३— ०१, ०२३ च २३८७ नंं को दोलखाली कोल्ड स्टोरको गाडीमा २ सयवटा भुत्ला फालिएका सिङ्गै कुखुरा थिए ।चालक भुवन गुरुङकाअनुसार गाडीमा मासुबाहेक २५ किलो कुखुराको टाउको, १० किलो कलेजो र ७ केजी पाङ्ग्रा थिए । टाउको, पाङ्ग्रा र कलेजो क्यारेटमा राखिएको थियो । मासुजन्य खाद्य वस्तुका रुपमा प्रयोग हुने यी मासुजन्य खाद्यवस्तु खुल्ल