नेकपा माओवादी केन्द्र निकट युवा संगठन योङ कम्युनिष्ट लिग (वाइसिएल)ले दार्चुला घटनाका सम्बन्धमा भारतीय राजदूतावाससँग स्पष्टीकरण लिन सरकारसँग माग गरेको छ । शनिबार सो संगठनले एक विज्ञप्ति जारी गरी नेपाल सरकारका तर्फबाट भारतीय दूतावासलाई घटना स्पष्टीकरण लिन माग गरेको हो ।संगठनले भारतीय सुरक्षा फौजबाट गरिएको ज्यादतीको यथार्थ छानविन गरी कुटनीतिक स्तरबाट देशको स्वाभिमान र नागरिक जीवनको सुरक्षा एवम् मृतक र तुइन काण्डबाट पीडित नागरिकको अभिभावकत्व र यथोचित क्षतिपूर्ति उपलव्ध गराउन समेत माग गरेको छ ।सो घटन