घोराही–तुलसीपुर चार लेन सडकका पेटी ठेकेदार अनुप पाण्डेले आफूले ठगी नगरेको स्पष्टीकरण दिएका छन् । मंगलबार एक विज्ञप्ति पठाउँदै पेटी ठेकेदार पाण्डेले आफूले ठगी नगरेको र लेनदेनमा आफ्नो व्यक्तिगत सम्बन्ध नरहेको बताएका हुन् । मंगलबार जारी गरिएको लामो विज्ञप्तिमा आफू भारतीय ठेकेदार कम्पनी तथ्य इन्जिनियरिङको कर्मचारी मात्रै भएको भन्दै कम्पनीले गरेको सम्झौताको भागीदार आफू बन्न नसक्ने बताएका हुन् ।पाण्डेले विज्ञप्तिमा भनेका छन्, ‘तथ्य इन्जिनियरिङ कम्पनी निर्माणसम्बन्धी काम गर्ने भारतीय कम्पनी