संखुवासभाका वडाध्यक्षमाथि ढुंगा प्रहार

संखुवासभा ।  संखुवासभाको चिचिला गाउँपालिका–२ का वडाध्यक्ष मिरबहादुर राईमाथि अज्ञात समूहले ढुंगा प्रहार गरेको छ । मंगलबार साँझ वडाध्यक्ष राई माथि ढुङ्गा प्रहार भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक शुभेष अधिकारीले जानकारी दिए । ढुंगा प्रहारबाट वडाध्यक्ष राई सामान्य घाइते भएका छन् । मोटरसाइकलमा घर जाँदै गर्दा अज्ञात समूहले वडाध्यक्ष राई माथि ढुङ्गा प्रहार भएको […]

सम्बन्धित सामग्री

इन्द्र बानियाँ चढेको गाडीमा ढुंगा प्रहार

काठमाडौं, २ मंसिर । नेपाली कांग्रेस बाग्मती प्रदेश सभापति इन्द्र बानियाँ चढेको गाडीमा ढुंगा प्रहार भएको छ । मकवानपुर–२ प्रदेशसभा क्षेत्र–२ का गठबन्धनका साझा उम्मेदवार बानियाँको गाडी हेटौडाँ–१९ दालिमटारमा तोडफोड भएको हो । ढुंगाले लागेर बानियाँको गाडीको अगाडीको सिसा फुटेको छ । घटनाको जिम्मेवारी विप्लव नेतृत्वको नेकपाले जिम्मा लिएको छ ।

ढुंगा प्रहार गरी पर्सामा २३ वर्षीय युवकको हत्या, एक जना पक्राउ

‍वीरगञ्ज – पर्साको ठोरी गाउँपालिकामा २३ वर्षीय युवकलाई ढुंगा प्रहार गरी हत्या गरेको अभियोगमा १७ वर्षीय एक किशोरलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले हत्याको अनुसन्धानको क्रममा एक किशोरलाई पक्राउ गरेको हो। जेठ ६ गते ठोरी गाउँपालिका–५ ठूलो बाघमोर्चा बस्ने २३ वर्षीय प्रविण पाखरिनलाई अज्ञात व्यक्तिहरुले ढुंगाले टाउको र अनुहारमा प्रहार गरी घाइते भएको अवस्था छाडेर […]

ढुंगा प्रहार गरी आफ्नै श्रीमतीको हत्या

बागलुङ, ४ चैत्र । आफ्नै श्रीमतीलाई ढुंगा प्रहार गरी हत्या गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । श्रीमती ४२ वर्षीया तिला नेपालीको हत्या गरेको अभियोगमा बागलुङ नगरपालिका–१४ नमुनागाउँ बस्ने ५५ वर्षीय रत्न बहादुर नेपालीलाई बुधबार प्रहरीले पक्राउ गरेको हो । रत्न बहादुरले ढुंगा प्रहार गर्दा श्रीमती गम्भीर घाइते भएको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय […]

पूर्वप्रधानमन्त्रीको गाडीमा ढुंगा प्रहार घटनाको छानबिन गर्दै गृह मन्त्रालय

काठमाडौँ– सरकारले पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीको गाडीमा ढुंगा प्रहार भएको घटनाको छानबिन भइरहेको जनाएको छ । आइतबार एमसीसीविरुद्ध भएको प्रदर्शनका क्रममा काठमाडौँको नयाँ बानेश्वरमा पूर्वप्रधानमन्त्री ओलीको गाडीमा ढुंगा प्रहार भएको थियो । गृह मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गरी ढुंगा प्रहार घटनामा संलग्न व्यक्तिहरू छानबिनको क्रममा रहेको जनाएको छ । मन्त्रालयले हिंसात्मक कार्यको […]

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष सवार गाडीमा ढुंगा प्रहार

काठमाडौं, १३ माघ । चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा.श्रीकृष्ण गिरी सवार गाडीमा बिहीबार बिहान ११ बजे अज्ञात समूहले ढुंगा प्रहार गरेको छ । काँडाघारीको उकालोमा गिरी चढेको ००२ झ ४९१५ नम्बरको सरकारी गाडीमा ढुंगा प्रहार गर्दै भौतिक आक्रमणको प्रयास भएको आयोगले जनाएको छ । गिरीले निवासबाट कार्यालयमा जाँदै गर्दा उनीमाथि आक्रमण भएको थियो । प्रहरीमा […]

वडाअध्यक्षमाथि ढुंगा प्रहार, आक्रमणकारीको खोजी गरिँदै

संखुवासभाको चिचिला गाउँपालिका–२ का वडाध्यक्ष मिरबहादुर राईमाथि अज्ञात समूहले ढुंगा प्रहार गरेको छ । मंगलबार साँझ वडाध्यक्ष राई माथि ढुङ्गा प्रहार भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक शुभेष अधिकारीले जानकारी दिए ।ढुंगा प्रहारबाट वडाध्यक्ष राई सामान्य घाइते भएका छन् । मोटरसाइकलमा घर जाँदै गर्दा अज्ञात समूहले वडाध्यक्ष राई माथि ढुङ्गा प्रहार भएको हो ।  अज्ञात समूहको ढुंगा प्रहारबाट सामान्य घाइते टाउको,ढाड र हातमा सामान्य चोट लागेको वडाध्यक्षले राईले बताए । वडाध्यक्ष रा

मधेश प्रदेशका मुख्यमन्त्रीको घरमा ढुंगा प्रहार गर्ने पक्राउ

वीरगञ्ज महानगरपालिका-१३, तेजारथ टोलमा रहेको मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको निजी निवासमा ढुंगा प्रहार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।  प्रहरीका अनुसार वीरगञ्ज–१ का २६ वर्षीय सुमन पटेललाई पक्राउ गरिएको हो ।  वीरगञ्ज महानगरपालिका-८, घण्टाघरबाट प्रदेश २ को नाम मधेश प्रदेश र राजधानी जनकपुर निर्णय भएको विरोधस्वरुप निस्केको मोटरसाइकल र्‍यालीले नगर परिक्रमा गर्ने क्रममा र्‍यालीसँगै मोटरसाइकलमा आएका पटेलले मुख्यमन्त्रीको निजी निवासमा ढुंगा प्रहार गरेको प्रहरीले जनाएको छ । ...

मधेश प्रदेशका मुख्यमन्त्रीको घरमा ढुंगा प्रहार

मधेश प्रदेशको राजधानी जनकपुर तोकिएपछि वीरगञ्जमा आन्दोलन शुरू भएको छ ।  आन्दोलनकारीले मुख्यमन्त्री लालबाबु राउतको घरमा ढुंगा प्रहार गरेका छन् । प्रदर्शनकारीले प्रहार गरेको ढुंगा लागेर घरको सिसा फुटेको प्रहरीले जनाएको छ ।  वीरगञ्जलाई राजधानी नतोकिएको भन्दै विरोधस्वरुप मंगलवार मोटरसाइकल र्‍याली आयोजना गरिएको थियो । त्यही क्रममा एक युवकले ढुंगा प्रहार गरेको र उनलाई नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ ।  यसअघि मुख्यमन्त्रीको पुत्ला पनि जलाइएको थियो ।