मधेश प्रदेशका मुख्यमन्त्रीको घरमा ढुंगा प्रहार

मधेश प्रदेशको राजधानी जनकपुर तोकिएपछि वीरगञ्जमा आन्दोलन शुरू भएको छ ।  आन्दोलनकारीले मुख्यमन्त्री लालबाबु राउतको घरमा ढुंगा प्रहार गरेका छन् । प्रदर्शनकारीले प्रहार गरेको ढुंगा लागेर घरको सिसा फुटेको प्रहरीले जनाएको छ ।  वीरगञ्जलाई राजधानी नतोकिएको भन्दै विरोधस्वरुप मंगलवार मोटरसाइकल र्‍याली आयोजना गरिएको थियो । त्यही क्रममा एक युवकले ढुंगा प्रहार गरेको र उनलाई नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ ।  यसअघि मुख्यमन्त्रीको पुत्ला पनि जलाइएको थियो । 

सम्बन्धित सामग्री

मधेश प्रदेशका मुख्यमन्त्रीको घरमा ढुंगा प्रहार गर्ने पक्राउ

वीरगञ्ज महानगरपालिका-१३, तेजारथ टोलमा रहेको मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको निजी निवासमा ढुंगा प्रहार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।  प्रहरीका अनुसार वीरगञ्ज–१ का २६ वर्षीय सुमन पटेललाई पक्राउ गरिएको हो ।  वीरगञ्ज महानगरपालिका-८, घण्टाघरबाट प्रदेश २ को नाम मधेश प्रदेश र राजधानी जनकपुर निर्णय भएको विरोधस्वरुप निस्केको मोटरसाइकल र्‍यालीले नगर परिक्रमा गर्ने क्रममा र्‍यालीसँगै मोटरसाइकलमा आएका पटेलले मुख्यमन्त्रीको निजी निवासमा ढुंगा प्रहार गरेको प्रहरीले जनाएको छ । ...