काठमाडौँ– सरकारले पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीको गाडीमा ढुंगा प्रहार भएको घटनाको छानबिन भइरहेको जनाएको छ । आइतबार एमसीसीविरुद्ध भएको प्रदर्शनका क्रममा काठमाडौँको नयाँ बानेश्वरमा पूर्वप्रधानमन्त्री ओलीको गाडीमा ढुंगा प्रहार भएको थियो । गृह मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गरी ढुंगा प्रहार घटनामा संलग्न व्यक्तिहरू छानबिनको क्रममा रहेको जनाएको छ । मन्त्रालयले हिंसात्मक कार्यको […]