दुई जना क्यानेडियालीलाई चीनको जेलबाट मुक्त गरिएसँगै हुवावेका प्रमुख आर्थिक व्यवस्थापक मेङ वाङझाउलाई शनिबार वैंकूवरबाट घरतर्फ जान दिइएको छ । यससँगै तीन वर्षदेखि सम्बन्धलाई विषाक्त बनाउँदै आएको तीतो कूटनीतिक लडाईको अन्त्य भएको मानिएको छ । मेङ र भूतपूर्व कुटनीतिज्ञ माइकल कोभ्रिग र व्यवसायी माइकल स्पावर पक्राउ परेको तीन वर्षपछि आफ्नो देश फर्कने अनुमति पाएका छन् । आलोचकहरूले उनीहरूको सुरक्षा नियन्त्रणलाई ‘बन्धक कूटनीति’ भनेका छन् । चीनको विशाल दूरसञ्चार कम्पनी हुवावेका अरबपति सं