उपत्यका प्रशासनले निषेधाज्ञा खुकुलो बनाएसँगै रात्रीकालीन व्यवसाय सञ्चालनमा आएका छन् । कोरोना भाइरस संक्रमणको जोखिम कम भएको निष्कर्षसहित बिहीबारदेखि लागू हुने गरी निषेधाज्ञा खुकुलो बनाइएको हो । निषेधाज्ञा खुकुलो पारिएसँगै शुक्रबार रात्रीकालीन व्यवसायहरु डान्सबार, दोहोरी साँझ, क्लबहरु खुलेका छन् ।