यस्तो छ आयोगद्वारा स्वीकृत निर्वाचन कार्यतालिका

निर्वाचन आयोगले मंसिर ४ गते हुने संघीय तथा प्रदेश सभा सदस्य  निर्वाचनको कार्यतालिका स्वीकृत गरेको छ । जसअनुसार असोज ११ गते निर्वाचन अधिकृत नियुक्ति गरिनेछ भने असोज २१ गते कार्यालय स्थापना र असोज २३ गते मनोनयन गर्दाको कार्यक्रम तय गरिएको छ । आयोगको कार्यतालिका अनुसार दसैंको पूर्णिमाको दिन उम्मेदवारी दर्ता हुने भएको छ । अन्तिम नामावली प्रकाशन असोज २६ गते प्रकाशन हुने प्रमुख आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए । समानुपातिक तर्फको बन्द सूची पेस गर्ने कार्यतालिका भने असोज २ र ३ गतेक

सम्बन्धित सामग्री

निर्वाचन आयोगद्वारा निर्वाचन कार्यतालिका रद्द

काठमाडौं । निर्वाचन आयोगले सर्वोच्च अदालतबाट यही असार २८ भएको आदेशानुसार प्रतिनिधिसभा निर्वाचनका लागि स्वीकृत कार्यतालिका रद्द गरेको छ । अदालतको आदेशानुसार आगामी कात्तिक २६ र मङ्सिर ३ गते हुने प्रतिनिधिसभाका लागि आयोगबाट असार २१ गते स्वीकृत निर्वाचन कार्यतालिका रद्द भएको आयोग प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । अघिल्लो सरकारले प्रतिनिधिसभा विघटन गरी दुई चरणमा […]

प्रतिनिधिसभा सदस्य निर्वाचन कार्यतालिका रद्द

काठमाडौं। निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन कार्यतालिका रद्द गरेको छ। “सर्वोच्च अदालतबाट असार २८ मा भएको आदेश बमोजिम २०७८ कार्तिक २६ गते पहिलो चरणमा र २०७८ मङ्सिर ३ गते दोस्रो चरणमा सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचन, २०७८ को लागि आयोगबाट असार २१ मा स्वीकृत भएको निर्वाचन कार्यतालिका रद्द गर्ने निर्णय गरेको छ”, आयोगद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ।

आयोगद्वारा निर्वाचन कार्यतालिका रद्द

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन तालिका रद्द गरेको छ । सर्वोच्च अदालतको फैसलाअनुसार निर्वाचन कार्यतालिका रद्द गरिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । ‘सम्मानित सर्वोच्च अदालतबाट मिति असार २८ मा भएको आदेश बमोजिम कात्तिक २६ गते शुक्रबारका दिन पहिलो चरणमा र मंसिर ३ गते शुक्रबारका दिन दोस्रो चरणमा सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचन, २०७८ को लागि आयोगबाट असार २१ मा स्वीकृत भएको निर्वाचन कार्यतालिका रद्द गर्ने निर्णय भएको छ,’

आयोगद्वारा निर्वाचन कार्यतालिका स्‍वीकृत (सूचीसहित)

काठमाडौं : निर्वाचन आयोगले आगामी कार्तिक र मंसिरमा दुई चरणमा हुने प्रतिनिधि सभाको मध्यावधि निर्वाचनको कार्य तालिका स्‍वीकृत गरेको छ । विपक्षी दलहरूले प्रतिनिधि सभा पुनर्स्थापनालगायत माग राखेर सर्वोच्च अदालतमा दायर रिटको सुनुवाइ जारी भए पनि आयोगले भने सरकारको निर्देशन अनुसार भन्दै निर्वाचन कार्यतालिका सार्वजनिक गरेको …

राष्ट्रिय सभा सदस्य उपनिर्वाचन : आयोगद्वारा निर्वाचन कार्यतालिका स्वीकृत

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाको स्थानमा रिक्त रहेको राष्ट्रिय सभा सदस्यको पदको उपनिर्वाचनका लागि निर्वाचनले आयोगले तयारी थालेको छ । आयोगले बागमती प्रदेशको अन्य समूह तर्पmबाट राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने सदस्यको रिक्त रहेको पदको लागि जेठ ६ गते बिहीबारका लागि उपनिर्वाचन तय गरेको हो ।उपनिर्वाचनको तयारीका आयोगको शुक्रबार बसेको बैठकले निर्वाचनलाई व्यवस्थित रूपमा सम्पन्न गर्न निर्वाचनपूर्व, निर्वाचनको समयमा र निर्वाचनपश्चात् गर्नुपर्ने क्रियाकलापहरू समेटिएको निर्वाचन कार्यतालिका स्वीकृत ग